logo
२०८१ बैशाख २८ शुक्रवार



प्यूठानमा कोरोनाका २१ जना संक्रमित थपिए

प्रदेश |


प्यूठानमा कोरोनाका २१ जना संक्रमित थपिए


सलिममिया अन्सारी

बिजुवार,भदौ ३१ गते । प्यूठानमा बुधबार थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसरी थपिएका संक्रमितहरुमध्ये प्युठान नगपालिकाका ९, स्वर्गद्धारी नगरपालिकाका १,झिमरुक गाउँपालिकाका ७ र सरुमारानी गाउँपालिकाका ४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १४ देखि ६४ वर्ष सम्मका २१ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये ५ महिला र अन्य पुरुष छन् ।

हालसम्म प्यूठानमा ४ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ४ सय ५२ जनाले भने कोरोना जितेर घर फर्किएका छन् । त्यसमध्ये सकृय सङ्क्रमितको संख्या कुल ४२ छ । स्वास्थ्य कार्यालय प्यूठानले यसअघि दुई जनाको कोरोनाका कारण मृत्यु भईसकेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?