logo
२०८१ बैशाख ३१ सोमवार



बाँकेमा कोरोनाबाट थप एकको मुत्यु

प्रदेश |


बाँकेमा कोरोनाबाट थप एकको मुत्यु


सिराज खान

नेपालगञ्ज, असोज ४ गते । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण शनिबार राती साढे ११ बजे मृत्यु भएको हो ।

सो कार्यालयले योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको जनाएको छ । यसअघि ५ पुरुष र ४ महिला गरि ९ जनाको मृत्यु भैसकेको थियो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएका ति पुरुषमा भदौ २१ गते कोरोना संक्रमण देखिएको थियो ।

उहाँले कोरोना संक्रमण पुष्टि भएसंगै उनको अवस्था बिग्रदै गएपछि उनको उपचारमा प्लाज्मा थेरापीविधि पनि अपनाईएकोमा अवस्थामा सुधार नआएपछि भदौ २५ गतेदेखि रेम्डिसिभर औषधीसमेत चलाईएको बताउनुभयो ।

भदौ ३ गते साँझ साढे ५ बजे उनको अवस्था निकै गम्भरि बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै अवस्थामा उनको शनिवार राती साढे ११ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
मृतक पुरुषको दुबै फोक्सोमा कडा खाले निमोनिया देखिएको पनि सो अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?