logo
२०८१ जेष्ठ २ बुधवार



पूर्वी नवलपरासीमा एकैपटक ८२ जनाले जिते कोरोना

एकैपटक ५६

प्रदेश |


पूर्वी नवलपरासीमा एकैपटक ८२ जनाले जिते कोरोना
सांकेतिक तस्बिर


होमराज रानाभाट

कावासोती असोज ८ गते । पूर्वी नवलपरासीमा आज ८२ जनाले एकैपटक कोरोना जितेर घर फर्किएका छन । पूर्वी नवलपरासीमा कोरोनाका कारण हालसम्म छ जनाको ज्यान गएको छ । पूर्वी नवलपरासीबाट आज ८२ जना कोरोना संक्रमितहरु देबचुलीको रजहरमा रहेको कोरोना अस्थायी अस्पतालबाट डिस्चार्ज भएका जिलला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पूर्वी नवलपरासीको देबचुली रजहरमा रहेको आईसोलेशनमा उपचार गराईरहेका ५९९ मध्ये अहिले सम्म ५३४ निको भएर डिस्चार्ज भएका छन् भने अब कोरोना अस्थायी अस्पतालमा ६५ जना संक्रमितहरु मात्र रहेका अस्पतालका निर्देशक डा. बिनोद पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?