logo
२०८१ जेष्ठ १ मंगलवार



बाँकेमा थप १९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

प्रदेश |


बाँकेमा थप १९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए


सिराज खान

नेपालगञ्ज, असोज ८ गते । बाँकेमा बिहिबार नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहित १९ जना कोरोनामुक्त भइ निको भएर घर फर्किनु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार बिहिबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दुई प्रहरी जवान लगायत ४ महिला र १५ पुरुष गरी १९ जना रहेका छन ।

जिल्लाका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले कोरोना नियन्त्रणमा दिनरात खटिनु भएका नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दसहित १९ जनालाई भदौ २५ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको बताउनुभयो ।

उहाँले ती सबैलाई १४ दिनसम्म कुनैपनि प्रकारको स्वास्थ्य समस्या नभएपछि उनिहरुलाई स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम घर फिर्ता गरिएको बताउनुभयो । बिहिबार निको भएर घर फर्किएका १९ जनासङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ५ जना समेत गरी अझैपनि ३४० जना संक्रमितलाई उपचारका लागि राखिएको छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७०२ पुगेको छ भने ती मध्ये ११ जनाको उपचारकै क्रममा कोरोनाका कारण मृत्यु भईसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?