logo
२०८१ जेष्ठ २ बुधवार



दाहसंस्कार गरेको तीन दिन पछि कोरोना पोजेटिभ

प्रदेश |


दाहसंस्कार गरेको तीन दिन पछि कोरोना पोजेटिभ


जयकृष्ण यादव 

इनरुवा, असोज ८ गते । सुनसरीको दुहवी नगरपालिकामा दाहसंस्कार गरिएको एक महिलाको कोरोना पोजेटिभ रिर्पोट आएको छ । दुहवीमा मृत्यु भएको ६२ वर्षिया महिलाको मृत्युको तीन दिन पछि रिर्पोट कोरोना पोजेटिभ भएको आएकाले मलामीहरु त्नावमा परेका छन् । करिव ५० जना मलामी गएको र रिर्पोट पोजेटिभको खवरले तनाव भएको एक पुरुषले बताएका छन् ।

कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएपनि मृतकलाई र उनका आफन्तलाई तीन दिन सम्म थाहा नभएको बताइएको छ । कोशी अस्पतालका डा. ललित नायारायण चौधरीले महिलाको असोज ५ गते मृत्यु भएपछि स्वाव लिएको र परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जानकारी दिनुभयो । यता दुहवी नगरपालिकाको स्वास्थ्य शाखाले भने यस विषयमा बेखबर रहेको प्रतिकृया दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?