logo
२०८१ जेष्ठ २ बुधवार



बाजुराः दुई महिनापछि काेल्टि खाद्य डिपाेमा चामल पुग्याे

प्रदेश |


बाजुराः दुई महिनापछि काेल्टि खाद्य डिपाेमा चामल पुग्याे


शेरबहादुर सार्की

बाजुरा, असोज ८ गते । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका –२ मा रहेको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड डिपो कार्यालय कोल्टीले आजबाट खाद्यान्न वितरण सुरु गरेको छ ।

यो वर्ष बाजुरामा लगातर परेको अविरल वर्षादका कारण सडक अवरुद्ध बनेपछि कोल्टी डिपोमा झण्डै दुई महिनादेखि खाद्यान अभाव हुँदै आएको थियो । अहिले खच्चर मार्फत ढुवानी गरेर कार्यालयमा चामल पुगे लगत्तै आजबाट बिक्रि वितरण गर्न सुरु गरेको खाद्य संस्थान कार्यालय कोल्टी डिपोले जनाएको छ ।

बूढीनन्नदा नगरपालिका –३ का स्थानीय सरिता नेपालीले भन्नुभयो, घरमा खाद्यान अभाव भएको धेरै दिन भयो, दुइ महिना पछि भएपनि खाद्यानबाट थोरै भएपनि चामल लिन पाउँदा निकै खुःसी लाग्यो ।

उहाँले भन्नुभयो, यो चामलले केही दिनका लागि भएपनि बालबच्चालाई छाक टार्न धेरै सहज हुने भयो । खाद्यान्न अभावका कारण लामो समय देखि बिक्रि वितरण वन्द भएकोे कोल्टी डिपोबाट आज मात्र १५ किलोका दरले ७५ क्वीन्टल चामल वितरण भएको संस्थान प्रमुख नबीन प्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, खाद्यान्न डिपो कार्यालय वर्दियाको राजापुर र जिल्ला सदरमुकाम मार्तडीबाट खच्चर मार्फत चामल ढुवानी गरेर वितरण गरीएको हो ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड मुख्य शाखा कार्यालय राजापुरबाट कोेल्टी डिपोका लागि एक हजार क्वीन्टल चामलको माग भए पनि सो अनुसारको चामल पुग्न नसकेको आचार्यले भन्नुभयो, “डिपोका लागि एक हजार क्वीन्टल चामल चलानी भए पनि लगातार परेको पानीका कारण पहिरो गएर सडक अवरुद्ध भएपछि खच्चर मार्फत ढुवानी गर्नुपर्ने भएकाले अहिले सबै चामल ढुवानी हुन नसकेको हो” ।

संस्थान प्रमुख आर्चायले भन्नुभयो,हाल सम्म संस्थानमा ४ सय १५ क्वीन्टल चामल पुगि सकेको र बाँकी रहेको ५ सय ८५ क्वीन्टल चामल ढुवानीको प्रक्रियामा छ । उहाँले भन्नुभयो,शाखा कार्यालय मार्तडीबाट प्राप्त भएको १ सय ३१ क्वीन्टल खाद्यान्न मध्य १ सय २० क्वीन्टल बिक्रि वितरण भइसकेको छ । कार्यालयमा केही चामल ढुवानी भइसकेको र केही हुन बाँकि रहेको भए पनि स्थानीयको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गर्न सुरु गरेकोे आर्चायले बताउनुभयो ।

डिपोमा चामल पुगेपछि लिन आउनेको अत्याधिक भिडभाड भएको र एउटै घर परिवारका दुइ तीन जना भन्दाबढि आउने गरेका कारण आईतवार सम्मका लागि बिक्रि वितरण स्थगित गरीने डिपो प्रमुख आचार्यले बताउनुभयो ।

भिडभाडले एका तिर कोरोना सङ्क्रमणको जोखिम वढ्न सक्ने डर र अर्को चामल अभावको समयमा कसैलाई प्रसस्त हुने र कसैलाई नपुग्ने समस्याले स्थगित गरीएको हो एक घरको एक जना मात्र चामल ल्याउने आउने गरी व्यवस्था मिलाएर वितरण गर्ने उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?