logo
२०८१ बैशाख ३० आईतवार



कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

प्रदेश |


कोरोनाबाट बाँकेमा थप एकको मृत्यु


सिराज खान

नेपालगञ्ज, असोज ९ गते । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । उनिसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनीका ५२ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रबार विहान २ः२५ बजे मृत्यु भएको हो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले दुवैतिरको फोक्सोमा निमोनिया भएको र उच्च रक्तचापको समस्या समेत रहेका ती संक्रमितलाई जोगाउन उपचारका सबै विधि अपनाईएपनि जोगाउन नसकिएको बताउनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई मंगलवार नेपालगञ्ज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । बुधवार उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार रातीनै कोहलपुरस्थित शिक्षण अस्पतालमा पुर्याएर रेमडिसिभिर औषधि समेत दिइएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको र उच्च रक्तचापको समेत समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

पछिल्लो समयमा आएर लक्षण सहितका संक्रमितहरु भेटिने क्रम बढेको जनाउँदै ती मध्ये अधिकांशलाई निमोनिया देखिने गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?