logo
२०८१ बैशाख २९ शनिवार



जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र गाउँपालिका शिल

प्रदेश |


जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र गाउँपालिका शिल


प्रतिक शर्मा

सल्यान, असोज १४ गते । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र गाउँपालिका शिल गरिएको छ । छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र जिल्ला अस्पताल सल्यानमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सहित तीन जना, छत्रेश्वरी गाउँपालिकामा कर्मचारी सहित १५ जना, शारदा नगरपालिकामा १ र सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।
योसँगै सल्यानमा कोरोना संक्रमित संख्या ३ सय ९८ पुगेको छ। ३ सय ४ जना भने निको भएर घर फर्किसकेका छन्।

त्रिवेणी गाउँपालिका सिल यस्तै जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका सिल गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ। त्रिवेणी गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावलले मंगलबार साँझ ५ बजेबाट असोज २० गते राति १२ बजेसम्म गाउँपालिका कार्यालय, सबै वडा कार्यालय र लुहाम बजार क्षेत्रलाई सिल गरिएको बताउनुभयो ।

यस अघि समुदाय स्तरमा दुई जनामा कोरोना भाईरस पोजिटीभ नतिजा आएपछि शारदा नगरपालिका २ डाडाँगाउलाई शिल गरिएको छ । यहाँका दुई जनामा कोरोना भाईसर संक्रमण पोजिटिभ देखिएको छ ।
यसैबीच सल्यान अस्पताल सल्यानले अर्को सूचना जारी नभए सम्मका लागि आकस्मिक वाहेका सवै सेवा अनिश्चितका लागि बन्द गरेको जनाएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त सेवा ब्यवस्थापक भिमकान्त जैसीले कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएकाले अनिश्चित कालका लागि सेवा रोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?