logo
२०८१ बैशाख २८ शुक्रवार



सप्तरीमा जनस्वास्थ्य निरीक्षकसहित २२ जनामा कोरोना संक्रमण

प्रदेश |


सप्तरीमा जनस्वास्थ्य निरीक्षकसहित २२ जनामा कोरोना संक्रमण


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २१ गते । सप्तरीमा एक स्वास्थ्य निरीक्षक र सात महिलासहित थप २२ जनामा कोरोना संक्रमण भेटिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपककुमार मण्डललाई कोरोना पुष्टि भएको छ । मण्डलले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत संक्रमणबारे सार्वजनिक गर्नु भएको छ । करिब सात महिनादेखि कोरोना भाइरस (कोभिड १९)को क्षेत्रमा काम गर्दै गर्दा कोरोना पोजेटिभ भएको भन्दै उहाँले पछिल्लो सात दिनभित्र आफुसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा पीसीआर परीक्षण गराउन आग्रह गर्नु भएको छ । उहाँ राष्ट्रिय स्वास्थ्यकर्मी संघका सदस्य पनि हुनुहुन्छ ।
त्यस्तै राजविराज नगरपालिकामा सात महिला र १२ पुरुष, रुपनी गाउँपालिकामा दुई पुरुष र तिलाठी कोइलाडी गाउँपालिकामा एक पुरुष (जनस्वास्थ्य निरीक्षक मण्डल) लाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कूल संक्रमितको संख्या एक हजार ३४४ पुगेको छ । तीमध्ये १७ जनाको मृत्यु भएको छ भने एक हजार ८६ जना निको भएका छन् ।
जिल्लामा हाल ३५८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?