logo
२०८१ बैशाख २८ शुक्रवार



कैलालीमा थपिए ५४ जना कोरोना सङ्क्रमित

प्रदेश |


कैलालीमा थपिए ५४ जना कोरोना सङ्क्रमित


अविनाश चौधरी
धनगढी, असोज २१ गते । कैलालीमा बुधबार ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यो जिल्लाका ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४९६ स्वाब नमूना परीक्षण गरिएको थियो । जसमध्ये ६९ स्वाबको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । सङ्क्रमण पुष्टि भएका कैलालीबाहेक १५ जना कञ्चनपुरका व्यक्ति रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनगढी उपमहानगरपालिकामा ४१, टीकापुर नगरपालिकामा १०, भजनी नगरपालिकामा एक र गोदावरी नगरपालिकामा दुई जना सङ्क्रमित थपिएका छन् । यसैगरी, कञ्चनपुरको भीमदत्तनगरपालिकामा छ, पुनर्वास नगरपालिकामा आठ र बेलौरी नगरपालिकामा एक जना सङ्क्रमित थपिएका छन् ।
बुधबार थपिएका जम्मा सङ्क्रमितमध्ये सात जना महिला र ६२ जना पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?