logo
२०८१ बैशाख २९ शनिवार



सिद्धार्थनगरका एक वडा सदस्यको काेराेना सङ्क्रमणबाट मृत्यु

प्रदेश |


सिद्धार्थनगरका एक वडा सदस्यको काेराेना सङ्क्रमणबाट मृत्यु


लक्ष्मण पौडेल
भैरहवा, असोज २२ गते । कोरोना सङ्क्रमित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुबाेध तुलाचनको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना पोजिटिभ भई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोनाको कारण थला परी घरमै बेहोस भएको अवस्थामा रहनुभका तुलाचनलाई असोज १४ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको बुधबार राति १० बजे निधन भएको थियो ।
उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँलाई प्लाज्मा थेरापीबाट पनि उपचार सुरु गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले जानकारी दिनुभयो । अस्पताल पुग्दा उहाँमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णतया खराब अवस्थामा पुगेको प्रमुख केसीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?