logo
२०८१ बैशाख २८ शुक्रवार



बाँकेमा बिहिबार थप २९ जना कोरोना संक्रमित निकाे भए

प्रदेश |


बाँकेमा बिहिबार थप २९ जना कोरोना संक्रमित निकाे भए


सिराज खान
नेपालगञ्ज, असोज २२ गते । बाँकेका होम आइसोलेसन लगायत विभिन्न आईसोलेसन सेन्टरमा रहेका १३ महिलासहित २९ जना संक्रमित निको भई बिहिबार घर फर्किनु भएको छ ।
असोज ८ गते कोरोना संक्रमित देखिएका उहाँहरुले १४ दिन पुरा गरेर विहिबार डिस्चार्ज भई घर फर्किनु भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यसअघि बुधवार पनि बाँकेका विभिन्न आइसोलेसनहरुबाट ३६ जना संक्रमणमुक्त भएर घर फर्किएका थिए । पछिल्लो समयमा संक्रमित हुने र निको हुनेहरु बराबरीको हाराहारीमा रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बाँके जिल्लामा २ हजार २३८ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७३८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४७४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत अहिले अलिकति घटेर ७६.३६ रहेको छ भने बिरामी मृत्यु दर ०.९८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३७ प्रतिशत मात्र रहेको बताउनुभयो ।
यसअघि ६ महिलासहित बाँकेमा २२ जनाको मृत्यु भईसकेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?