logo
२०८१ फाल्गुन २० मंगलवार



उपचारका क्रममा चरीबाघको मृत्यु

प्रदेश |


उपचारका क्रममा चरीबाघको मृत्यु
सांकेतिक तस्बिर


दमौली, पुस २८ गते । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सबडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।

शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिए पनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरीबाघ भेटिएको हो । “तनहुँमा पनि चरीबाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरीबाघ छ भन्ने थाहा थिएन”, उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?