logo
२०८१ फाल्गुन १३ मंगलवार



महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

प्रदेश |


महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला
सांकेतिक तस्बिर


जलेश्वर, फागुन २० गते । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जनभन्दा बढी नीलगाई फेला परेका छन् ।

सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका नीलगाई नगरपालिकाको वनक्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका– २ का वडाध्यक्ष विनोदकुमार सिंहले बताउनुभयो ।

दर्जनाैंको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वनक्षेत्रको खर र झाडीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वनक्षेत्रमा नीलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेका छन् ।

गर्मीयामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र (जङ्गल)मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?