logo
२०८१ माघ २६ शनिवार



सिन्धुपाल्चोकमा निषेधाज्ञामा पनि विकासका काम चल्दै

प्रदेश |


सिन्धुपाल्चोकमा निषेधाज्ञामा पनि विकासका काम चल्दै


चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २१ गते । कोरोना भाइरस नयाँ भेरियन्ट सङ्क्रमणका कारण निषेधाज्ञाका समयमा पनि १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा विकास निमार्णका काम सञ्चालन भईरहेको छ ।
कोरोना भाइरस सङ्क्रमणबारे उच्च सर्तकता अफ्नाउँदै विकास निमार्णका काम चलिरहेको छ । विशेष गरि सडक स्त्तरोन्नति, बिभिन्न भवन निमार्ण, जलविद्युत आयोजनाका काम, सिँचाइ निर्माणका काम लगायतका   कार्य चलिरहेको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मा अहिले बलेफी फलाटे चौहतर किलो सडक स्त्तरोन्नति र ढलान गर्ने काम धमाधम भइरहेको छ । सो वडाका अध्यक्ष बिकास श्रेष्ठले कोरोना भाइरस संक्रमण बाट बच्दै निरन्तर बिकासका काम भइरहेको जानकारी दिनु भयो । आर्थिक बर्ष २०७७/०७८ मा सो सडकलाई एक करोड रुपियाँ बजेट विनियोजन भई स्त्तरोन्नतिका काम भईरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ५ मा अन्य विकास निर्माण चलिरहेको बताउनुभएको छ ।
सोही वडाको बिञ्ज्याल मुलाबारी हुदैँ बन्र्दर्पा जोडने कृषि सडकको नयाँ ट्रयाक पनि खोल्ने काम तिब्र रुपमा चलेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।
त्यस्तै जुगल गाउँपालिका २ को खुन्र्दुका गोल्चे सडक स्त्तरोन्नतिका काम भइरहेको छ । सोही गाउँपालिका ५ को ढाँडे राम्चे बराम्ची ग्रामीण सडकमा धमाधम कालोपत्रे भईरहेको छ । उक्त सडकहरुमा चौडा गर्ने, ग्याबिन भर्ने, नाला निमार्ण सबबेस गर्ने, कालोपत्रे गर्ने लगायतका काम भइरहेको प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर बिकले जानकारी दिनुभएको छ ।
उक्त कामहरु उदाहरण मात्रै हुन्, सिन्धुपाल्चोकमा अहिले निषेधाज्ञामा पनि विकास निर्माण, प्रशासनिक कार्य निरन्तर चल्दै आएको छ । कोरोना भाइरस सङ्क्रमण हुन नदिन बिभिन्न सर्तकता अफ्नाएर उक्त कामहरु सञ्चालनमा रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?