logo
२०८१ माघ २५ शुक्रवार



अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा

प्रदेश |


अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा
सांकेतिक तस्बिर


लाहान, जेठ २७ गते । अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ । चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपछि प्रहरीले सक्रियता बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?