logo
२०८१ माघ २२ मंगलवार



जोखिममा रहेका बालबालिका तथा परिवारलाई खाद्य सामग्री   

प्रदेश |


जोखिममा रहेका बालबालिका तथा परिवारलाई खाद्य सामग्री   
सांकेतिक


बझाङ, असार २८  गते । जिल्लामा सञ्चालित वल्र्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा तिनका परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । जयपृथ्वी नगरपालिकाका पाँच र केदारस्युँ गाउँपालिकाका चार वडाका कोभिड –१९ प्रभावित घरधुरीलाई सामग्री वितरण गरिएको हो ।

 भिजन र समाजले स्थानीय तहसँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठूलो मात्रामा स्वास्थ्य सामग्री वितरणलगायत विद्यालय तथा शैक्षिक संस्था बन्द रहेका अवस्थामा हरेक शनिबार पढाइ शिविर, वडामा खानेपानीका ट्यांकी निर्माण, विद्यालयमा घेरबार, बसाइ व्यवस्थापन जस्ता कामसमेत गर्दै आएको समाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?