logo
२०८१ बैशाख २५ मंगलवार



दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली

प्रदेश |


दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली


जाजरकोट, भदौ ३० गते । दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए÷नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताउनुभयो ।

जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उहाँले बताउनुभयो । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझने क्रम सुरु गरिएको उहाँले बताउनुभयो । हप्ता दिनअघि मात्र रावतगाउँका दुई बालबालिकाको नमुना सङ्कलन गरी नेपालगञ्ज पठाइएकामा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो ।

त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?