logo
२०८१ बैशाख २३ आईतवार



बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

प्रदेश |


बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता
सांकेतिक तस्बिर


बर्दिया, असोज १९ गते । बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा जुटेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?