logo
२०८१ बैशाख ७ शुक्रवार



‘होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ’

प्रदेश |


‘होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ’


कर्णाली, चैत ३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताउनुभएको छ ।

फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पु¥याउने बताउनुभएको हो । खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पु¥याउने उहाँको विश्वास छ ।

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भन्नुभएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्पे्ररित गरिरहोस् भन्ने कामना गर्दछु ।” यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि ९शुक्रबार० मनाइँदैछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?