logo
२०८१ बैशाख ७ शुक्रवार



बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

प्रदेश |


बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने


मार्तडी, चैत १७ गते । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ ।

अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताउनुभयो ।

अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउनुहुन्छ । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताउनुभयो । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?