logo
२०८१ बैशाख ४ मंगलवार



जीप दुर्घटनामा चालकको मृत्यु

प्रदेश |


जीप दुर्घटनामा चालकको मृत्यु



बझाङ, चैत ३० गते । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छबिसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नं को जीपमाथि भीरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो । चालक छबिसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदैछ । जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?