logo
२०८१ बैशाख १७ सोमवार



अण्डाको पौष्टिक गुण

शनिवार |


अण्डाको पौष्टिक गुण


 प्रा.डा. गङ्गाप्रसाद खरेल

आमरूपमा अण्डा भन्नाले कुनै चराचुरुङ्गी, जल वा स्थलचर प्राणीले पार्ने फूललाई बुझिन्छ । तर यहा“ व्यापारिक र उपभोक्ताको हिसाबले बजारमा यत्रतत्र पाइने र उपभोग गरिने लेयर कुखुराको अण्डाको बारेमा मात्रै कुरा उठाइएको हो ।

अण्डा : शाकाहारी कि मांसाहारी
अण्डा शाकाहारी हो कि मांसाहारी ? यसलाई दुवै समूहका व्यक्तिले सेवन गर्दछन् । प्राकृतिकरूपले हेर्दा अण्डा प्राणीबाट उत्पत्ति भएकाले नेपाल र भारत लगायतका हिन्दूले यसलाई प्रायशः मांसाहारी खानाका रूपमा लिन्छन् तर अन्य देशकाले भने शाकाहारी खानाका रूपमा लिने गर्दछन् । हिन्दू धर्ममा अण्डालाई तामसिक खानाको रूपमा वर्गीकरण गरिएको छ । हिन्दू, जैन र बुद्ध धर्मावलम्बीले अण्डा नखानुको मुख्य कारण ‘हिंसा गर्नु पाप हो’ भन्ने मान्यतास“ग सम्बन्धित भएको हुनुपर्दछ । व्यापारिक दृष्टिले अण्डा उत्पादन गर्ने व्यवसायमा कुखुरालाई अप्राकृतिक रूपले सानो पिँजरा (केज) भित्र राखेर पालिने र अन्त्यमा ती कुखुरा पनि मासुको रूपमा उपभोग गरिने भएकाले अण्डा उत्पादन गर्ने प्रक्रिया अप्रत्यक्ष रूपमा हिंसास“ग जोडिएको हुन्छ ।
अर्कोतर्पm, अण्डा खाने शाकाहारीको आफ्नै तर्क छ । दूधमा बरु गाईका लाखौँ कोषहरू होलान् तर लेयर अण्डा केवल एउटा डिम्ब र बा“की पोषक वस्तुको घोलले बनेको हुन्छ । यो भालेबाट निषेचन नभएकाले चल्ला बन्ने सम्भावना हु“दैन । त्यसैले यस्तो अण्डा खा“दा न हिंसा हुन्छ, न यो प्राप्त गर्दा कुखुरालाई कुनै कष्ट नै हुन्छ । अण्डाको सेतो भाग मुख्यतया प्रोटिन र पानीको घोल हो भने भित्रको पहे“लो भाग प्रोटिन, याट, भिटामिन, लवण, कोलेस्टेरोल आदिको घोल हो । वैज्ञानिक दृष्टिले विचार गर्दा दूधजस्तै अण्डालाई पनि शाकाहारी खाद्यवस्तुको श्रेणीमा राख्न सकिन्छ । त्यसैले वस्तुतः अण्डा रूपमा मासुजस्तो तर सारमा दूधजस्तो भनेर मान्न सकिन्छ ।

अण्डाको पौष्टिक गुण
एउटा अण्डाभित्र रहेको पोषक तत्वले एउटा स्वस्थ चल्ला बन्ने भएकाले यो पोषण गुणयुक्त होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । यो एउटा पोषणको उत्कृष्ट नमुना हो र गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ । एउटा मझौला (५० ग्राम तौल) किसिमको अण्डामा करिब ६ ग्राम प्रोटिन, ५ ग्राम चिल्लो पदार्थ (याट) र ०.५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । यसको ७० प्रतिशत याट असंतृप्त याट्टि एसिडले बनेको हुनाले स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हु“दैन । एउटा अण्डाले लगभग ७५ किलोक्यारोली शक्ति दिन्छ । बिहानको ब्रेकफास्टमा एउटा अण्डा समावेश गर्नाले सन्तुष्टि मिल्छ र छिटो भोक लाग्दैन, फलस्वरूप यसले शरीरको तौल सन्तुलनमा राख्न पनि सघाउ“छ ।
अण्डामा भिटामिन र लवण (मिनरल) भरिपूर्ण मात्रामा पाइन्छ । यसलाई ‘प्राकृतिक मल्टिभिटामिन’ पनि भनिन्छ । यसमा भिटामिन–सी बाहेकका अन्य हामीलाई चाहिने सबै किसिमका भिटामिन पाइन्छन् । यो कुनै पनि वनस्पतिजन्य खाद्यवस्तुमा नपाइने भिटामिन बी–१२ को पनि राम्रो स्रोत हो । अण्डालाई लवणहरू खासगरी हड्डी बन्न चाहिने क्याल्सियम र फोस्फोरस एवं आइरन, जिन्क, सेलेनियम आदिको असल स्रोतको रूपमा लिइन्छ । अण्डामा पाइने आयोडिनले गलगा“ड हुनबाट बचाउ“छ । अण्डामा ओमेगा याटि एसिड (जुन दानामा निर्भर गर्छ), लुटिन, जियाज्यान्थिन, कोलिनजस्ता लाभदायी जैविक रसायन पनि पाइने ह“ुदा हाम्रो छाला, आ“खा, मुटु स्वस्थ राख्न र युवापन जोगाइराख्न मद्दत गर्दछ ।

अण्डाको कोलेस्टेरोलले पार्ने असर
कोलेस्टेरोल एउटा जैविक रसायन हो, जुन अण्डा, दूधलगायतका प्राणीजन्य खाद्यवस्तुमा पाइन्छ । कोलेस्टेरोल हामीलाई नभई नहुने तर ३०० मिलिग्रामभन्दा बढी भयो भने मुटु एवं मस्तिष्कमा आघात पु¥याउँछ । यो हाम्रो शरीरको कलेजोले उत्पादन गर्दछ र स्वस्थ व्यक्तिको शरीरमा यसैले सन्तुलन राख्दछ । एउटा मझौलो तौल (५० ग्राम) भएको अण्डामा करिब २०० मिलिग्राम कोलेस्टेरोल पाइन्छ । सिधा हिसाबले बिचार गर्दा अण्डा, दूध, मासुलगायतका खाद्यवस्तु सेवन गर्ने व्यक्तिमा कोलेस्टेरोलको उच्चतम सीमा सजिलै नाघ्ने देखिन्छ । तर हालसालै गरिएका धेरै अनुसन्धानले भने फरक नतिजा प्रकाशित गरेका छन् ।
जस अनुसार, रगतमा भएको कोलेस्टेरोलको मात्राले अण्डाको कोलेस्टेरोलको शोषण दरमा प्रभाव पार्दछ । धेरै मानिसमा लामो अवधि लगाएर गरिएको शोधकार्यले अण्डा खा“दैमा रगतको कोलेस्टेरोल बढ्दैन भन्ने कुराको निष्कर्ष नजिक पु¥याएको छ । विभिन्न अध्ययनका आधारमा कुनै स्वस्थ व्यक्तिले एक हप्तामा ७ वटासम्म अण्डा सेवन गर्दा कुनै किसिमको स्वास्थ्यसम्बन्धी जोखिम नहुने बरु कतिपय अवस्थामा पक्षघात हुने सम्भावना घटेको देखाइएको छ । साथै, अण्डाभन्दा प्राणीजन्य संतृप्त बोसो र तारेभुटेका खानेकुरामा पाइने ट्रान्स् याट नै कोलेस्टेरोल र मुटुसम्बन्धी जोखिम बढाउन दोषी साबित भएका छन् । मधुमेह र स्वास्थ्यसम्बन्धी समस्या भएका साथै एकाध स्वस्थ व्यक्तिमा पनि अण्डाले कोलेस्टेरोल बढाएको पाइएको छ । त्यसैले शतप्रतिशत निक्र्योल हुन केही समय कुर्नुपर्ने भएको छ । यदाकदा अण्डाले कसैलाई एलर्जी हुने गरेको पाइएको छ । त्यसैले कसैलाई शङ्का लागेमा डाक्टरको सल्लाह बमोजिम अण्डा खानु बेस हुन्छ ।
प्राचीनकालदेखि अण्डा एउटा शङ्कास्पद तर बहुआयमिक, सस्तो, पोसिलो र सर्वसुलभ खाद्यवस्तुका रूपमा उपभोग हु“दै आएको छ । यसलाई शाकाहारीले तामसिक र पापकर्मबाट प्राप्त खाना भनेर निषेध गरे पनि मांसाहारीले संशययुक्त खाना भने पनि यसको पोसिलोपनको कारणले गर्दा अण्डाको लोकप्रियता र खपत दुवै बढेको बढ्यै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?