डा. कृष्णप्रसाद पाठक
बुढ्यौली अवस्थासँगै आउने समस्याहरूमा देमेन्सिआका विभिन्न प्रकारमध्ये अल्जाइमर्सको बारेमा विभिन्न सञ्चार माध्यमद्वारा जनचेतना फैलाउँदै आएको पाइएको छ । यो धेरै राम्रो हो तर देमेन्सिआका विभिन्न प्रकारमध्ये ‘लेवी बोडी देमेन्सिआ’ (Lewy Body Dementia) पनि एक जटिल प्रकारको समस्या हो भन्नेबारेमा त्यति चर्चा गरिएको पाइएको छैन । स्वास्थ्यकर्मीको विज्ञटोली पनि यसको निदानको प्रक्रियामा सफल हुन सकेको देखिँदैन । नेपालमा यो रोगसम्बन्धी विज्ञको सङ्ख्या शून्यप्रायः भएकोले गलत उपचार हुने सम्भावना बढेर गएको छ । त्यसैले यो मिश्रित प्रकारको देमेन्सिआलाई कसरी चिन्ने र हालसम्म भए गरेका क्लिनिकल अभ्यास केके छन् भन्नेबारेमा जानकारी दिने प्रयास गरिएको छ ।
यो एउटा जटिल र प्रतिस्पर्धी दिमागी असर तथा गडबडी हो । लेवी बोडी देमेन्सिआमा बुझाइको गडबडी तथा बाधाहरूका कारण वैज्ञानिकहरू पनि यसलाई निकै जटिल मान्दछन् । यसले मस्तिष्कका धेरैजसो भागमा धेरै तरिकाले प्रभाव पार्दछ । जसका कारण हरेक क्रियाकलापमा कठिनाइ आउँछ र त्यसका सम्भावित लक्षणहरू देखिन थाल्छन् । अल्जाइमर्स र पार्कइन्सोन्स रोगका कारणभन्दा धेरै दुर्लभ भने होइन । यो रोगबाट अमेरिकीहरू सबैभन्दा पीडित छन् र त्यसमा पनि धेरैजसो उमेर पाकेका यस रोगबाट ग्रसित छन् । यसले सोच्ने र चलमल गर्ने क्रियालाई असक्षम बनाइदिन्छ । वैज्ञानिकहरू यसको सही निदानका लागि अनुसन्धानरत छन् । यसका लागि बिरामी र परिवारलाई सहजीकरण गर्दै लगेको पाइन्छ । बिरामी, परिवार तथा स्वास्थ्यकर्मीलाई सही बुझाइ, हेरचाह तथा व्यवस्थापनमा निकै असजिलो भइरहेको पाइएको छ ।
कारण तथा लक्षण
लेवी बोडी देमेन्सिआ हुँदा मस्तिष्कमा अल्फा सिनुकलिन प्रोटिन (Alpha-synuclein protein ) जम्मा हुन्छ । जसको प्रभावले बिरामीको सोचाइमा समस्या उत्पन्न गरिदिन्छ । चिकित्सकलाई उपचार गर्नका लागि बाधा खडा गर्दछ । किनकि पूर्ण अवस्थामा यसले अल्जाइमर्सको जस्तै विशेषता देखाएर पहिचानमा झुक्याउँछ र गलत औषधिको प्रयोग हुन जान्छ ।
जर्मन न्युरोलोजिस्टको नामबाट (डा. फ्रिडेरिच लेवी) स्थापित यो रोगको सन् १९१२ मा पहिचान भएको हो । असामान्य प्रोटिनको सञ्चिति मस्तिष्कमा हुन जाँदा यस्तो हुन्छ भन्ने कुरा पत्ता लागेको थियो । त्यसैलाई अहिले लेवी बोडिज भन्ने गरिएको छ । स्वस्थ मस्तिष्कमा ब्उिजब(क्थलगअभभिष्ल ले महŒवपूर्ण भूमिका खेल्छ । न्युरोन, विशेषगरी सिन्प्सेस (क्थलबउकभक)मा ब्रेन सेल (द्यचबष्ल ऋभिि) दिमागी कोश एक–अर्कामा सञ्चार गर्दछ । ीद्यम् मा ब्उिजब क्थलगअभभिष्ल न्युरोन (ल्भगचयल) मा गुजुमुज्ज बन्छ र ब्रेनसेलको कुनै भागमा यस्तो प्रक्रियाले न्युरोनलाई सक्रिय हुनबाट रोक्छ । यसको प्रभाव बढ्दै गएपछि कोशहरू मर्दछन् । ब्रेनका रसायन र त्यसले गर्ने क्रियाकलाप प्रभावित बन्दछ । यो प्रक्रिया मस्तिष्कमा फैलिँदै गई मस्तिष्कले गर्ने कार्य पूरै प्रभानित हुनजान्छ ।
यसको असर
लेवी बोडी देमेन्सिआ सामान्यतया ५० वर्षको उमेर कटेपछि देखापर्न शुरु थाल्छ । कसैकसैलाई त त्योभन्दा कम उमेरमै पनि देखापर्ने हुन्छ । धेरैजसो महिलालाई बढी मात्रामा आक्रमण गरेको विभिन्न अनुसन्धानले देखाएको छ । यसका लक्षणहरू विस्तारै सुरु हुने र खतरनाक तरिकाले बढेर जाने हुन्छ । यसले समातेको ५÷७ वर्षको अन्तरालमा बिरामीको मृत्यु हुने गरेको छ ।
रोगको प्रारम्भिक अवस्थामा प्रायः मध्यमखालका लक्षणहरू देखिने भएकाले व्यक्तिले सामान्य कामहरू पहिलेजस्तै अवस्थामा गर्न सक्छ । तर यसको विकसित अवस्थामा बिरामीलाई अली बढी सहयोगको जरुरत पर्दछ । त्यतिबेला सोचाइ तथा अरू क्रियाकलाप आफैँ गर्न सक्दैन र पछिल्लो अवस्थामा बिरामी पूर्ण अवस्थामा अरूको भर पर्नुपर्ने हुन्छ । अहिलेसम्मको अध्ययनमा यसको सफल उपचार नभएको तथा निदानको पूर्ण निर्देशिका नआइसकेको स्थितिमा अध्ययन–अनुसन्धानको काम भइरहेको छ ।
यसले मस्तिष्कको सूचना प्रसारण गर्ने प्रणाली, सोच्ने क्रिया, भाषाको छनोट नियन्त्रण र बुझाइको काम गर्ने क्षमतामा ह्रास गरिदिन्छ । व्यवहार तथा उत्तेजनात्मक क्रिया, सुताइ तथा उठाइको व्यवस्थापन, गन्धको मात्रा थाहा पाउने क्षमता सबै हराउँदै जान्छ ।
सामान्य लक्षण
व्यक्ति अनुसार यसको लक्षण फरक देखिन्छ । जसमा व्यक्तिले संज्ञानात्मक गतिविधि गुमाउँदै जान्छ ।
दृश्य तथा श्रव्य क्षमता क्रमशः गुम्ने, तार्किक क्षमतामा कमी तथा अरू सामान्य देमेन्सिआमा देखिने लक्षणहरूमा कन्फुजन, समय, ठाउँ, भाषा तथा अङ्कहरू चिन्न कठिनाइ, निर्णयमा कमजोरी हुँदै जान्छ । आशा नगरिएको परिवर्तन हुन्छ । अचम्म मानेर हेरिरहनु, टोलाइरहनु वा दिनभरि सुतिरहनु र रातभरि नसुत्नु, एक दिन राम्रो हुने तर अर्को दिन नराम्रो बानीबेहोरा देखाउने गर्दछन् । कमजोर आवाज, खाना निल्न कठिनाइ, मांसपेशीमा कडापन, बसउठ प्रक्रिया, सन्तुलनमा हिँड्न नसक्नु जस्ता अनेक लक्षण देखिन्छन् ।
उपचार
यो कुन प्रकारको हो भनेर जान्नु नै महŒवपूर्ण हुन्छ । त्यसका लागि माथि उल्लेख गरिए अनुसार हेर्नुपर्दछ । अनुसन्धानकर्ताले एकवर्षे कार्यतालिकालाई आधार मानेर हेनुपर्ने हुन्छ । एक वर्षमा संज्ञानात्मक लक्षण देखिन्छ भने त्यो लेवी बोडिज हो । यो क्रमशः बढेर जान्छ र पार्किन्सोन्सको रूपमा चिनिन्छ । पार्किन्सोन्स देमेन्सिआभन्दा लेवी बोडी देमेन्सिआ छिटो गतिमा बढेर जान्छ । तसर्थ लेवी बोडी देमेन्सिआ अल्जाइमर्स, पार्किन्सन्स र मनोरोग (उकथअजष्बतचष्अ ष्ििलभकक) जटिल साबित भएका छन् । यिनीहरूमा थुप्रै मिल्दाजुल्दा लक्षणहरू देखिन्छन् । जसले गर्दा उपचारमा गलत प्रक्रिया अपनाइन जान्छ । त्यसकारण सुरुवाती अवस्थामा नै यसको सही उपचार गर्न सकियो भने सहजै उपचार लाग्न सक्छ । यसका लागि विशेषज्ञ विज्ञ डाक्टरहरूको समूह नै आवश्यक हुन्छ । शरीरमा प्रोटिनको मात्राको परीक्षण गरेर ब्रेन डिसर्डर (दचबष्ल मष्कयचमभच) पत्ता लगाउन सकिन्छ । त्यसबाहेक परिवार, साथी र हेरचाह गर्नेले उसमा देखेका–भोगेका लक्षणहरूबाट पनि यसको पहिचान गर्न सजिलो हुन्छ ।
(जेरिआट्रिक मेमोरी क्लिनिसिन, जेरेन्टओलोजिस्ट), नेपाल ओपेन युनिभर्सिटी