हरि थापा
अरूले पहिल्याएको बाटो हिँड्न सजिलो हुन सक्ला त्यहाँ बाधा व्यवधान छैनन् भने । बाधा व्यवधानहरू आइपरे भने तिनलाई पन्छाएर हिँड्न पनि सहज हुन्न । कतै चिप्लने डर । कतै थिचिने डर । अनि कतै घुमाउरा बाटाहरूसँग हिँड्नुपर्दा समयको बर्बादी त छँदैछ । यति भनेर आफैँले बाटो बनाएर हिँड्नु सहज भन्न खोजेको पनि होइन । पहिलोपटक सगरमाथाको थाप्लोमा टेक्ने तेन्जिङ नोर्गे र एड्मन्ड हिलारीलाई थाहा होला बाटो पहिल्याउनु कति सहज छ भन्ने कुरा । अनि उनीहरूको बाटो पछ्याउनेहरूले जानून् त्यो कति सहज थियो । कुनै बेला आपूmले सोचेको काम गर्दा गल्ती हुन पुग्दा अन्जानमा त्योभन्दा पनि राम्रो काम भइरहेको हुन्छ । उदाहरण कोलम्बसहरू नै छन् । व्यापारको राम्रो अवसरको खोजीमा एसियातिर हेलिएको उनको समूह अमेरिका पुग्यो र आज उनी युरोपबाट अमेरिका पुग्ने सामुद्रिक बाटो पहिल्याउनेमा गनिए । त्यति मात्र होइन, कतिका सोचमा अमेरिका पत्ता लगाउने व्यक्तिमा पनि गनिएका छन् । तर त्यो उनको लक्ष्य थिएन र पनि यश पाएका छन् । त्यो अलग कुरा हो ।
यस्तै हो कतिले खोजेको कुरा सजिलै पाउँछन् त कतिले मुस्किलले । माथि नै भनेँ कतिले चाहिँ अन्जानमा पनि नयाँ कुरा पाइरहेका हुन्छन् । तर जे होस् हिँड्न सजिलो छैन, चाहे आफैँले पहिल्याएको बाटो होस् वा अरूले । त्यो केमा पनि भर पर्छ भने बाटो कस्तो बनेको छ । व्यवधान राखिएका छन् भने त यात्रा गाह्रै हुने भयो । एउटा कुरा पक्कै हो कठिन बाटोेले नै मानिसलाई सफलतातिर डो¥याउँछ । बिना परिश्रम जीवनको लक्ष्यमा पुग्न सकिन्न । त्यो परिश्रम गर्ने काम जहिले पनि गाह्रो हुन्छ । मानिस त्यो बाटो लिन सकभर चाहँदैन र आफ्नो लक्ष्यमा पुग्न सक्दैन । जसले जीवनमा कठिन बाटोको यात्रा गर्छ, उसले नै हो सफल जीवन बाँच्ने ।
मानव जीवनमा ‘स’ र ‘न’ को ठूलो महìव छ । मतलब सकारात्मक र नकारात्मक । जीवनमा सकारात्मक पक्षतिर लाग्न त्यति सहज हुन्न भने नकारात्मक पक्ष सहजरूपमा अँगाल्न सकिन्छ । विद्वान्हरू सजिलै विद्वान् बनेका कहाँ हुन् र ! उनीहरू ठूलो परिश्रम, मेहनत र लगनशीलताबाट नै विद्वान् बन्न पुगेका हुन् । अब अठोट, लगनशीलता र मेहनतले नै जीवन सफल हुन्छ भन्दा फरक पर्दैन । तर कतै कुनै कुरामा बिना परिश्रम पनि मानिसले सफलता हात पारिरहेको छ । त्यसलाई म अपवाद भन्छु ।
नराम्रो बन्न त सजिलो छ नि । जो भएको खायो आरामसाथ बस्यो । बिनाकाममा घुमफिर ग¥यो । उट्पट्याङ काम ग¥यो हिँड्यो । त्यसलाई पनि परिश्रम नै नपर्ने भने होइन तर त्यो राम्रो काम गर्नभन्दा सजिलो हुन्छ । फरक यत्ति हो ।
म जीवनलाई अप्ठ्यारो बाटो यात्रा गराउन मन पराउँछु । यसैले लक्ष्यमा पु¥याउँछ भन्ने मेरो मान्यता छ । यसो भन्दैमा सजिलो बाटो हिँड्दिन भन्न खोजेको होइन । भन्न खोजेको कुरा यति मात्रा हो, मैले मेरै खुट्टामा टेकेर बाँच्नुपर्छ । बाँचेको पनि छु । अर्काको खुट्टामा टेकेर बाँच्ने प्रयास गरेको भए सायद चिप्लिन्थेँ कि ।
कहिलेकाहीँ अरूले बनाएको बाटो हिँडौँ न त भन्यो बाधा व्यवधान तेर्सिन आइपुग्दा रहेछन् । तिनलाई पेलेर हिँड्न पनि मन नमान्ने भएपछि आफ्नो बाटो खोज्नैप¥यो । यात्रा त गर्नु नै छ । फेरि गन्तव्य पनि त भेट्नुप¥यो ।
शारीरिक यातना भोगेर यात्रा गरेँ । यात्रा तुरेर थकाइ मार्न मानेन मन । कलमलाई सास्ती दिएँ । कुदाएँ खाली पन्नाहरूमा घोडेजात्रामा रिसल्लाका घोडा कुदाए झैँ । यो एउटा सन्तुष्टि हो । केही गरेर आनन्द लाग्ने । योभन्दा पनि बढी मैले गरेको यात्रामा मेरा पाठकलाई मानसिकरूपमा मसँगै डुलाउनुपर्छ भन्ने मेरो मान्यता हो । मैले मेरो यात्रामा पाठकलाई डो¥याउँदा पाठकसामु विभिन्न जिज्ञासा हुन्छन् । मैले लेखेका यात्राले पाठकका जिज्ञासा पूरा गर्नुपर्छ । अन्यथा मेरो बुझाइमा त्यो यात्रासम्बन्धी लेख हुनसक्दैन । त्यसले यात्रा लेखनको लहड त पूरा गर्ला । यात्राकारलाई सन्तुष्टि पनि देला तर त्यसले पाठकलाई दिनुपर्ने कुरा दिन सक्दैन । तर मलाई जहाँसम्म विश्वास छ मैले लेखेका यात्रा निबन्धहरू पढिसक्दा पाठकमा जिज्ञासा रहन्नन् । यो मेरो सोच हो । कतै उब्जिएका पनि छन् कि । त्यसैले ठोकुवा भने गर्दिनँ ।
जीवनमा धेरै यात्रा गरेँ । सम्भव भएसम्म र सकेसम्म तिनलाई लेखनमा पनि उतारेँ । कतिपय मेरा यात्रा निबन्धहरू नियात्रा भएर पनि पत्रपत्रिकामा छापिए । लाग्छ म पनि कुनै बेला लहैलहैमा आँखा चिम्लेर दगुरेँ तर गन्तव्यमा पुग्न सकिन भन्ने मेरो मान्यता रह्यो ।
राम्रो भनौँ वा जे भनौँ मलाई कुनै नयाँ शब्दको अर्थ बुझ्ने चाहना हुन्छ । कागको पछिपछि बेकारमा किन दौडनु भन्ने लाग्छ । त्यसैले नेपाली बृहत् शब्दकोश पल्टाएँ । त्यसको आठौँ संस्करणसम्म आइपुग्दा नियात्रालाई, “यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप, यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध” भनेर अथ्र्याइएको छ । अर्कातिर २०७० सालमा प्रकाशित शब्दार्थ प्रकाशनको नेपाली शब्दसारले, “यात्रा भ्रमणबारे निजात्मक भावलाई कथात्मकरूपमा लेखिएको निबन्ध” भनेर थप्यो । नियात्राका व्याख्याताहरूले पनि बेलाबखत नियात्रालाई परिभाषित गर्दै आउनुभयो । यी व्याख्या पछि आएर म सोच्न बाध्य भएँ । मेरा यात्रा निबन्धहरू नियात्राको परिभाषाभित्र अटाउँदैनन् भन्ने मेरो अठोट रह्यो ।
मैले लेखेको यात्रा निबन्धमा तिथिमिति, यात्रामा संलग्न सहयात्री, साधन, ठाउँ र त्यसको जानकारी, संवाद, आर्थिक भारलगायत यात्रामा भोगिएका सुखद वा दुःखद घटनाक्रमको वर्णन अटाउनुपर्छ । यी सबै कुरा परेको यात्रा निबन्धले मात्र पाठकको जिज्ञासा पूर्णरूपले समाधान गर्न सक्छ भन्ने मान्यता राख्छु म । यी सबै कुरा परेका मेरा यात्रा निबन्धलाई नियात्राका व्याख्याताहरूले त्यसभित्र छिर्नै दिएनन् । कतै निजात्मकताको मुसमुसे गन्ध हुनुपर्ने भयो । कतै निजात्मकता हुनैपर्ने भयो । त्यस उसले मैले मेरा यात्रा निबन्धमा गाँसिएका तिथिमिति र अन्य विवरण यात्राविवरण मात्र हुन पुगे व्याख्याताहरूको परिभाषामा । अनि मैले मेरा यात्रानिबन्धको न्वारान गर्न उपयुक्त नामको खोजी गर्नुपरेको हो र गरेँ पनि ।
नियात्राको अनुशासनभित्र नपर्ने मेरो यात्रा लेखनमा पर्ने कुरा हुन् तिथिमिति, साधनहरू, साथमा यात्रा गर्ने सहयात्रीहरू, यात्रामा आइपर्ने सुखद वा दुःखद घटनाचक्र, यात्राक्रममा बास बस्ने ठाउँ, यात्रा गरिएको स्थानको विवरण र त्यस यात्रामा लाग्ने आर्थिक व्ययभारसाथै यात्रा निबन्ध पढ्दा त्यसबाट प्राप्त हुने मिठास त छँदैछ । यी कुरालाई छुटाएर लेखिएको यात्रा वृत्तान्तले पाठकको जिज्ञासा पूरा गर्न सक्दैन भन्ने मेरो अठोट रह्यो र मेरा यात्रा निबन्धलाई उपयुक्त नाम छान्नु मेरो कर्तव्य हो भन्ने कुरा महसुस गरेँ ।
मैले माथि उल्लेखित सबै विवरणलाई समेट्न सक्ने क्षमता नेपाली बृहत् शब्दकोशले अथ्र्याएको ‘स’ नै उपयुक्त ठानेँ । यसको अर्थ हुन्छ, समेत, सित, सँग, सदृश, सहानुकूल आदि । मैले रामे श्यामेसँग यात्रा गरेकै हो । मैले रेल, बस, कार, हवाईजहाज, पानीजहाज, साइकल आदिसित यात्रा गरेकै हो । मैले वनजङ्गल, भीरपहरा, जलथल, खोलानालासँग यात्रा गरेकै हो । यसरी यात्रा गर्दागर्दै पनि यी सबैलाई छुटाएर यात्रा लेखेँ भने त्यस्तो यात्रा निबन्धले पाठकको जिज्ञासा कसरी पूरा गर्ला ? प्रश्न उठ्नु स्वाभाविकै हुन्छ । यो पाराले मेरा यात्रा निबन्ध पढ्ने पाठकको जिज्ञासा पूरा हुन सक्दैन भन्ने निष्कर्षका साथ मैले सँग, सित, समेत आदि अर्थ बुझाउने एकाक्षरी शब्द ‘स’ लाई यात्रा शब्दको अगाडि जोडेर ‘सयात्रा’ शब्दको जन्म गराउनु उपयुक्त ठानेँ ।
यति भएपछि मैले लेखेका यात्रा निबन्धहरू सयात्राभित्र अट्छन् र सही अर्थ लाग्छ भन्ने मेरो अठोट रह्यो । घोडा किन्ने अठोट गरिसकेपछि तबेलाको बन्दोवस्त भएन भने घोडा किनेर ल्याइसकेपछि बाँध्न समस्या पर्छ । सयात्राले मजस्ता अलमलमा परेका यात्रा लेख्ने स्रष्टाहरूलाई बाटो प्रशस्त गरिदिएको छ भन्ने कुरामा विश्वस्त छु । सही वा गलत छुट््याउने जिम्मा पाठककै हातमा छाडेको छु