डा. धनपति कोइराला
रक्तचाप जाँचिरहनुपर्ने भएपछि म एक दिन कावासोतीस्थित एक आयुर्वेद क्लिनिकमा पुगेको थिएँ । त्यहाँ केही पूर्वपरिचित र केही अपरिचित मानिस पनि थिए । उनीहरू विभिन्न रोग र जडीबुटीबारे कुरा गरिरहेका थिए । तीमध्ये एकजनाले आफ्नो अनुभव सुनाए, “दूबो, पीपल, निम पकाएर एक महिनासम्म सेवन गरेपछि मेरो उच्च रक्तचाप सन्तुलनमा आयो ।” अर्काले पनि मधुमेह र अरू धेरै रोगबारे आफ्नो ज्ञान र अनुभव सुनाए । अर्का एकजनाले पनि थपे, “समयले यस्ता अमोघ ओखती छायामा परिरहेको छ ।”
त्यहाँ छलफल भएका विषयले भने मेरो दिल र दिमागलाई निकै ‘क्लिक’ ग¥यो । सोचेँ, मानव जीवनका निम्ति अमोघ ठानिएका यस्ता ज्ञानधर्मसँग जोडेर हेरिँदा मानवजगत् यसबाट वञ्चित बन्दै आइरहेछ । मैले मोदनाथ प्रश्रितको वनौषधि पुस्तक खोजेर हेरेँ । अर्को त्यस्तै तर निकै भीमकाय पुस्तक मध्यबिन्दु क्याम्पसको पुस्तकालयमा थियो, त्यो पनि पढेँ । प्रकृतिप्रदत्त हरेक वनस्पति केही न केही औषधीय गुण र खनिज तŒवीय विशेषताले भरिएको पाएँ । अझ तिनमा पनि पूर्वीय दर्शनले आदर्श मानेका तुलसी, वर, पीपल, श्रीखण्ड, रक्तचन्दन, निम, बेल, वज्रदन्ती, रुद्राक्ष, दूबो र कुश अमोघ औषधीय गुण र गरिमाले परिपोषित रहेको भेटेँ । त्यहाँ भनिएको छ, “तुलसी सय रोगको अचुक औषधि हो । तुलसीकोनित्य सेवनले क्यान्सरजस्तो भयावह रोग लाग्नबाट बचिन्छ । तुलसीले वायुमण्डलमा रहेको विषालु ग्याँस र दूषित पदार्थलाई न्यूनीकरण गर्छ । वर र पीपल पनि त्यस्तै औषधीय गुण भएका वृक्ष हुन् ।” हुन पनि पीपलले अन्य जातिका वृक्षले भन्दा ज्यादा अक्सिजन उत्पादन गर्छ । वर पनि उत्तिकै अक्सिजन उत्पादन गर्ने वनस्पतिकै कोटीमा पर्छ ।
पुस्तकमा लेखिएको छ, “निमले ज्वरोलाई नियन्त्रण गर्छ । छाला रोग निको पार्छ । श्रीखण्ड र रक्तचन्दन पनि छालाका लागि लाभदायी हुन्छन् । यस्तै बेल कब्जियत हटाउने अचुक औषधिमा गनिन्छन् । वज्रदन्तीको ससानो डाँठले दन्तधावन गर्दा दाँतमा कीरा लाग्दैन, दाँत सफा हुन्छ । दाँतका जरा बलियो हुन्छ र सास पनि गन्हाउँदैन । रुद्राक्ष पहिरिँदा प्रेसर र नशासम्बन्धी रोगमा लाभ हुन्छ । दूबो र कुश दुवै औषधीय गुण भएका अमूल्य औषधि हुन् । दूबोको लेपले छालालाई चम्काउँछ र काटेको घाउमा लगाउँदा रगत बग्न दिँदैन । दूबोको रस पान गर्दा शरीर र मन शीतल, शान्त र फुर्तिलो हुन्छ । कुशको लेपले पनि रगत बग्नबाट जोगाउँछ । ज्वरादिमा पनि यसको पात उपयोगी हुन्छ आदि इत्यादि ।”
ंंहाम्रै घरगाउँ वरपर भेटिने वृक्षमा पनि त असङ्ख्य औषधीय गुण रहेछन् । तिनलाई बाख्राको डाले घाँस, फलपूmलको बोट आदि इत्यादि भन्दै पन्छाइन्थ्यो । ती त अचुक औषधीय गुणले भरिएका वृक्षमध्ये रहेछन् । यिनको संरक्षण र सम्बद्र्धन होस् भन्ने हेतुले नै त होला, वैदिक कर्ममा समेत यसको प्रयोग अनिवार्यजस्तै मानिन्छ । आँप, पाख्री, समी, डुम्री, अशोक, बेल, आँक आदि यस्ता अपार औषधीय गुण भएका वनस्पति रहेछन् । ग्रहहरूको पूजनपछि यस्ता वनस्पतिको समिधामा उपयोग गरी चरु हवन गर्दा यज्ञवेदीबाट निक्लिएको ग्याँसले वातावरणलाई सन्तुलित राख्न मद्दत गर्छ भन्ने पनि मैले पढेको थिएँ । यो कथन यहाँ मिल्न आएकोजस्तो अनुभूति भयो ।
हो, अन्नअनाजको बीउवीज नमासियोस् भन्नकै लागि शतवीज प्रक्षेपण गर्ने परम्परा आरम्भ भएभैmँ यी अमोघ वनस्पति जगेर्ना गर्न पूर्वज महर्षिहरूले तिनमा जल चढाउने, तिनको पूजा गर्ने र आवश्यक पर्दा जडीबुटीका रूपमा पनि तिनलाई उपयोग गर्ने स्थिति बसालेका हुन् कि भन्ने मलाई लाग्यो । यज्ञ गर्दा उपयोग गरिने समिधा (आँप, समी, डुम्री, पलास, साल, खयर आदि) घ्यू, चामल, सख्खर आदि वस्तु हवन गर्दा उत्पन्न राप, ग्याँस र धुवाँले वातावरणमा रहेका किटाणु नष्ट गर्छन् र सङ्क्रामक रोग हुनबाट जोगाउँछन् । मन्त्र जप गर्दा उत्पन्न ध्वनि तरङ्गले मानवीय जीवनमा सकारात्मक ऊर्जा सञ्चार हुन्छ ।
हाम्रा संस्कृतिका अभिन्न मानिएको तिहार, जसमा गाई, गोरु, काग र कुकुर जस्ता घरेलु प्राणी पनि मानिससँगै पुजित हुन्छन् । हाम्रा पूर्वजले यिनलाई त्यसै सम्मान गरेका होइन रहेनछन् भन्ने लाग्छ मलाई त । हो, आयुर्वेद भन्छ, “गाईको दूधले बुद्धि, बल, शौर्य र आयु वृद्धि गर्छ र रोग प्रतिरोधक क्षमता बढाउँछ ।” यसबाट बनेका दही, मही घिउले मानिसको पाचन शक्ति बढाउने भएकैले दूधलाई अमृत मानिएको रहेछ भन्ने लाग्यो । आयुर्वेदले नै गोमूत्र पान गर्नाले कडाभन्दा कडा रोग निको पार्न मद्दत गर्ने बताउँछ । तात्कालिक रूपमा समेत शरीर, मन, आत्मा र ठाउँको शुद्धिसमेत गर्ने हुँदा नै हरेक देव तथा पितृ अनुष्ठानको आरम्भमा पञ्चगव्य पान गराइने चलन बसालिएको हुनुपर्छ ।
पञ्चगव्य पिउनु भनेको वास्तवमा शारीरिक निरोगिता प्राप्ति गर्नु पनि हो । पञ्चामृतमा पनि यस्तै दूध, मह, घ्यू चिनी तŒवहरूको मिश्रण हुने भएकाले यी तŒवले शरीरलाई पोषण प्रदान गर्छन् । गोरु पनि कृषिकर्ममा सहयोगी बन्दै आएको छ । तालिमप्राप्त कुकुरले घरको सुरक्षा गर्छ । मानिस बस्नलायक ठाउँ भए नभएको सूचना दिन्छ । अपराधी र अपराध कर्म पहिल्याउन सहयोग गर्छ । घरलाई सुरक्षा दिन्छ । कागले प्रकृति जगत्मा रहेका विषाक्त कीट ग्रहण गर्छ र मानिसलाई संरक्षित गर्छ ।
हात्ती र सिंह त्यसै पनि शक्तिशाली वन्यजन्तु हुन् । पौराणिक ग्रन्थ पल्टाएर हेरेँ, त्यसमा हात्ती इन्द्रको र सिंह आद्यशक्तिको वाहन रहेको पाएँ । पुराणले हात्तीलाई गणेश र सिंहलाई शक्तिको सूचक ठानेको देखेँ । सरिसृप वर्गअन्तर्गतको सर्प यो ब्रह्माण्डकै निम्ति उल्लेख्य मानिन्छ नै । पौराणिक ग्रन्थमा पनि यसले विशेष स्थान राखेको पाएँ । निश्चय नै यो धर्तीको पारिस्थितिक प्रणाली सन्तुलित बनाइराख्न सघाएको देखेरै यसलाई प्रकृतिप्रेमी शिवले ज्यादा मन पराएर सधैँ गलाको हार बनाए । सदा हृदयकुञ्जमा स्थान दिए । यस्तै माछो, कछुवा, वराह (बँदेल) जस्ता जलीय एवं स्थलीय जीवले पनि पर्यावरण जोगाउन खेलेको भूमिका भौतिक र पौराणिक दुवैमा स्वर्णाक्षरले अङ्कित गरिएको भेटेँ ।
साङ्ख्य दर्शनको ब्रह्मले हेर्छु, कृमिदेखि सारा वनस्पति पनि पृथ्वी, जल, तेज (अग्नि र सूर्य) वायु र आकाशमै निर्भर देख्छु । विज्ञान पनि त्यही पृथ्वी तŒवबाट जीवको ठोस शरीर बन्ने निष्कर्ष दिन्छ । जलीय तŒवबाटै रगत, वीर्य र इन्जाइमहरू बन्ने र यही जलीय पदार्थकै कारण जीव र वनस्पतिको अस्तित्व सम्भव हुने उसको कथन छ । तेजबाट शरीरका निम्ति अपरिहार्य रूपमा आवश्यक तातोपन र जठराग्नि प्रदीप्त बन्ने, प्रकाश र ऊर्जा पनि यसैबाट हासिल हुने ऊ ठान्छ । वायुबाट जीवनदायिनी अक्सिजन प्राप्त हुने र आकाशबाट वायु र ध्वनि प्रसारित हुने शक्ति प्राप्त हुने ठहर गरेको छ । यसैले देखेँ, हिन्दु दर्शनमा पाँच तŒवमाथि विशेष कृतज्ञता व्यक्त गर्ने प्रचलन स्थापित हुन गएको हो ।
नवग्रह पनि प्रकृतिकै शक्तिपुञ्ज हुन् । शनि, राहु, केतु र मङ्गल दुष्प्रभाव पार्ने ग्रह हुन् । यिनका दुष्प्रभाव शमन गर्नमा नवरत्नले मद्दत गर्छन् । यसर्थ तान्त्रिक धातु धारण गर्न सल्लाह दिन्छन् । चन्द्र, बुध, वृहस्पति र शुक्रले प्राणीको जीवनमा सकारात्मक प्रभाव छाड्छन् । नवरत्नमा सूर्यको परावैजनी शक्तिलाई न्यूनीकरण गर्ने शक्ति हुने वैज्ञानिकको कथन छ ।
मानव जीवनमा पञ्चधातुले विशेष महŒव राख्छ । शरीर स्वस्थ र सबल रहन पोषणयुक्त खाना अपरिहार्य हुन्छ । खानालाई सन्तुलित तुल्याउन धातुजन्य पदार्थको पनि उत्तिकै भूमिका रहने गर्छ । फलाम, तामा, कांस्य, पित्तल, सुन आदि धातुजन्य तŒव हुन् । टमाटर, मूलाजस्ता वस्तुबाट फलामजन्य तŒव प्राप्त हुन्छ तर तामा, कांस्य, पित्तलजस्ता तŒवहरूको प्राप्ति तामा, कांस्य र पित्तलका अम्खोरा, थाल, गिलास, बटुका, भाँडा बर्तनबाट हुन्छ । यसर्थ यस्ता धातुजन्य सामग्रीको प्रयोग अपेक्षित भएकाले आयुर्विज्ञानले यस्ता धातु निर्मित सामग्री मात्र प्रयोग गर्ने सल्लाह दिन्छ तर वर्तमानमा यस्ता सामग्रीका सट्टामा आल्मुनियम र प्लास्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने प्रचलनले हाम्रो शारीरिक, मानसिक तथा बौद्धिक क्षमतामा ह्रास पैदा गरिरहेको विज्ञानकै कथन छ । स्वस्थ र सिर्जनशील जीवनका निम्ति साŒिवक आहार अनिवार्य हुन्छ । सम्पूर्ण रोगको मूल जड राजसी र तामसिक भोजन हो भन्ने मान्यता हिन्दु दर्शनको छ । यसर्थ राजसी भोजनलाई निषेध नै गरिएको नभए पनि त्यसमा विचार पु¥याउन भने पनि तामसी भोजनचाहिँ सेवन नगर्न सुझाएको पाइन्छ ।
भोजन तयार पार्दा र खाँदा शुद्ध र सफा वस्त्र धारण गर्नुका पछि असङ्ख्य वैज्ञानिक कारण लागे मलाई पनि । बाहिरफेर हिँड्दा लगाएका वस्त्रमा ब्याक्टेरिया र भाइरस सँगै टाँसिएर आउने अनुसन्धान बताउँछ । हामीले हातमुख धोएर भान्सामा प्रवेश गरे पनि हाम्रा बाहिरी वस्त्रसँगै ती पनि भान्सामा घुसेर हामीमाथि राज गर्छन् । यसर्थ हाम्रा महर्षिले भान्छामा, कृषि, व्यापार, भेटघाट आदिजन्य बाहिरी परिवेशमा, शौचालयमा, शयनकक्षमा र पूजा आराधना कक्षहरूमा अलग अलग वस्त्र परिधान गर्नुपर्ने पद्धति बसालेको हुनुपर्छ भन्ने लाग्छ मलाई पनि । साँच्चै भनूँ भने तन र मन दुवैको स्वच्छता र निरुग्णताबाट मात्र जीवनको मूल मञ्जिल प्राप्त हुन्छ ।
मिलनका नाउँमा हात मिलाउने र अङ्कमाल गर्ने कार्यले स्वाइन फ्लु, इबोला, रुघा, कुष्ठरोग जस्ता सङ्क्रामक रोग सर्ने प्रचुर सम्भावनालाई कसले नकार्न सक्ला र ! यसैले पनि हाम्रा पुर्खाले अलिक परैबाट हात जोडेर नमस्कार गर्ने प्रचलन बसालेका हुन् । यसको महŒव वर्तमान विश्वले बल्ल बुझ्दै छ । अर्को कुरा, यसबाट शौचालय गएपछि हस्तप्रक्षालन गर्न नपाएका र कहिल्यै हस्तप्रक्षालनको संस्कार नबसेकाहरूका अस्पृश्य हातहरूको स्पर्श गर्नु पनि परेन । दीप प्रज्वलन गरी झिलिमिलीमय वातावरणमा जन्मोत्सव मनाउँदा व्यक्तिको बुद्धि, आयु, श्रीवृद्धि तथा प्रेम बढ्नुका साथै आत्मीय माया झन् प्रगाढ बन्नु स्वाभाविक हो । यसैले अष्टचिरञ्जीवीको पूजा गरी जन्मोत्सव मनाउने विधान रहेको पाएँ ।
प्राकृतिक चिकित्सा पद्धति भन्छ– पैतालामा स्नायुसँग सम्बन्धित विभिन्न प्वाइन्ट हुन्छन् । तिनमा प्राकृतिक वस्तुले दबाब दिँदा ती प्वाइन्टका द्वार खुल्छन् र मान्छे स्वस्थ हुन्छ । रक्तचाप सन्तुलित रहन्छ । आजकल लगाइने जुत्ता चप्पल आरामदायी त हुन्छन् तर तिनले रक्तचाप नियन्त्रण गर्नुभन्दा झन् अनियन्त्रित गर्छन् । पहिले खाली खुट्टै हिँड्थे र पाउका विभिन्न प्वाइन्टमा ढुङ्गा, गिटी र माटो आदिको स्पर्शले जीवन स्वस्थ रहन पुग्थ्यो । यसैले माटोबाट मानिस जति टाढा पुग्छ त्यति जीवन कृत्रिम, जटिल र रुग्ण बन्न पुग्छ । यसैले म पनि मानिसले माटाको सुगन्धबाट टाढा हुनुहुन्न नै भन्ने ठान्छु ।
सूर्यको परावैजनी किरणलाई पनि परावर्तन गर्ने सामथ्र्य सेतो र पहेँलो रङमा रहेको हुन्छ । यसैले साधु, सन्त र योगीले यस्तो रङ उपयोग गरेको हुन सक्छ । महर्षिहरूले योगलाई उच्च महŒव दिए । यसबाट मन र शरीर दुवै स्वस्थ हुन्छ । मन एकाग्र हुन्छ र स्मरण शक्ति वृद्धि हुन्छ । अहिलेको पुस्ताले खानेकुरालाई ज्यादा महŒव दिएको छ तर स्वास्थ्यलाई अपेक्षाकृत रूपमा महŒव दिएको छैन । स्वस्थ मन र देहबाट मात्र रचनात्मक कार्य सम्पन्न हुन सक्छ भन्ने तथ्यलाई गहिरिएर मनन गरेको देखिँदैन । पूर्वजले नैतिक बललाई सर्वाधिक महŒव दिए । यसमा कमजोर बनेका मान्छेलाई अधर्मी भन्दै सामाजिक बहिष्कार गरे । फलतः समाज अपेक्षाकृत रूपमा सौम्य, शान्त, शिष्ट, सभ्य र शालीन बन्न सक्यो । हाम्रा पूर्वजका सुझबुझले भरिएका यस्ता अनन्त कर्म छन्, जुन यो आलेखमा अटाउनै सक्तैन ।