logo
२०८१ मंसिर ८ शनिवार



एकपल्ट आफैँलाई हेर्ने कि !

शनिवार |


एकपल्ट आफैँलाई हेर्ने कि !


सुनीलकुमार पौड्याल

कल्पनाको सागरमा डुबुल्की मारेर जलाशय मथ्दै मोती निकाल्न सक्यो भने सन्तोषले आभाको रूप समेट्न सक्छ र कल्पनाको सार्थकता सिद्ध हुन पुग्छ । तर कल्पना नै सागरमा डुबुल्की लगाएर निस्सासिँदै बाहिरिन खोज्छ भने निराश मन आफैँलाई चोट दिन र सन्तापको घेराभित्र समेटिन पुग्छ ।
यो संसारमा जति पनि सूक्ष्मदेखि बृहद् आविष्कार वा निर्माण भए ती सबका जननी कल्पना नै हुन् भन्ने कुरामा म प्रष्ट छु । तर कल्पनाले जबसम्म प्रयोग र अभ्यासले समेटेको यथार्थको धरातलमा पाइला बढाउन सक्दैन तबसम्म कल्पनाको कुनै महìव रहँदैन जसरी भनिन्छ, सोचिन्छ र ठानिन्छ वैवाहिक जीवनले सन्तानोत्पादन गर्न सकेन भने त्यो वैवाहिक जीवनको खासै महìव रहँदैन । यदाकदा अपवादको कुरा बेग्लै हो ।
कल्पना हावामा बहकिएको पात जस्तै हुनथाल्यो भने त्यसको कसले लेखाजोखा गर्छ र तसर्थ कल्पना प्रयोग र अभ्यासको धरातलमा पाइला बढाउन अगाडि बढिरहँदा प्रयोग र अभ्यास समाविष्ट यथार्थले पनि कल्पनालाई वस्तु सापेक्ष हुन सिकाइरहनुपर्छ । नत्र कल्पनाको सार बाँकी रहन्छ न यथार्थको धरातल फराकिलो हुँदै जान्छ ।
हाम्रो समाजमा बहुधा मानिसहरूमा निराशा र चरम असन्तुष्टि रहेको कारण कल्पना र यथार्थ बीचको भेद आँकलन गर्न नसक्नु अथवा यथ(ार्थको बेवास्ता गरेर कल्पनामा नै रमिरहनु र यथार्थको धरातल फराकिलो बनाउँदै कल्पनालाई त्यो धरातलमा डो¥याउन नसक्नु हो भन्नेमा दुईमत नहोला । नोकरशाहतन्त्र भ्रष्ट भयो, त्यसैले केही नेताहरू भ्रष्ट भए, केही कार्यकर्ता भ्रष्ट भए । समाज नै यति भ्रष्ट भयो कि विकृतिले समाजको घाँटी अँठ्याएको अँठ्यायै छ भन्ने थुप्रै मानिस हाम्रो समाजमा भेटिन्छन् । हाँसोलाग्दो कुरा त के छ भने भ्रष्टहरू नै सबैभन्दा ठूलो स्वरमा समाज भ्रष्ट बनाए भनेर अर्कालाई दोष दिँदै हिँड्छन् । एउटा सामाजिक भोजमा एकजना अर्कोलाई सोध्दै थिए ‘तपाईंका छोराछोरी कहाँ छन्, ती व्यक्तिले जवाफ दिए ‘सबै विदेशमा छन् । यहाँ राखेर के गर्ने ? तिनलाई पनि नेताहरू जस्तै भ्रष्ट बनाउनु छ र !’ यसो भन्ने मानिस आफैँ जागिर अवधिभर भन्सारमा ‘तर’ मात्र होइन दही, मही, घिउ सबै मारेर सेवानिवृत्त भएका थिए । त्यही भ्रष्टताको खाडलमा रमेर जोडेका धनसम्पत्तिको रवाफ देखाएरै उनले आफ्ना सन्तानलाई निजी खर्चमा विदेश पढ्न पठाएका थिए र तिनै सन्तान भ्रष्टआर्जनको रवाफले विदेशमा मोज गर्दैछन् । अनि भ्रष्ट नेताहरूले देश बिगारे भन्दैछन् । विदेशमा रहँदा वा छुट्टीमा देश आएको बेला आफ्नै बाउको भ्रष्टताको नमुना दिएर उनको त्यो सम्पत्ति तिलाञ्जली दिन्छु, मलाई चाहिँदैन भन्ने हिम्मत देखाउन सके तिनले वा भ्रष्टाचार नगरेकाहरूले नेताहरू भ्रष्ट भए, देश बि(ग्रियो भन्न सुहाउँथ्यो । ती सन्तान त बाउका भ्रष्टताको प्रतीक सम्पत्तिलाई चोखो आर्जनको जलप लगाउन भरमग्दुर यत्न गरिराखेका छन् । त्यतिमात्र किन ! बाउको भ्रष्टताको कमाइलाई देशमा वा विदेशमा बस्ने कुनै एकजना सन्तानले मात्र पनि जनमानसबीच दुत्कार्न सक्यो भने त्यो यस देशको मात्र होइन पृथ्वीकै उत्तमस्तरको मानव प्रमाणित हुन्थ्यो । तर त्यसो गर्ने हिम्मत कसैमा देखिएको छैन ।
अँ, कुरो अलिकति अन्तैतिर पुगेछ । नेताहरूलाई गाली गर्ने र सन्तान विदेशमा छन् भनेर गर्व गर्ने ती मानिसलाई पहिलो व्यक्तिले भने ‘तपाईंलाई यो देशको बुद्धिजीवी भन्न सुहाउँछ शतप्रतिशत ।’ मक्ख पर्दै तिनले सोधे ‘किन त्यसो भन्नुभएको ?’ त्यसको केही मापदण्ड छ कि !’ पहिलो व्यक्तिले भने ‘सन्तान युरोप, अमेरिका वा अस्ट्रेलियामा छन् र नेताहरूलाई भरमार गाली गर्नसक्ने कोही छ भने त्यो सोह्रैआना नेपालको बुद्धिजीवी हो ।’ उनी केही प्रतिवाद नगरी अर्कोतिर लागे । अनि ती पहिलो व्यक्तिले भने ‘आफू देशका लागि केही नगर्ने, सुझाव पनि स्वार्थ र पूर्वाग्रह ग्रसित भएर दिने, भ्रष्टाचारको आहालमा डुबुल्की मारेर शान देखाउने, अनि नेताले मात्र केही गरेन भन्ने । यो देश यस्तै बुद्धिजीवीले गर्दा बिग्रिएको हो ।’
अब नेता भ्रष्ट भए भन्ने कुरा पनि समाजमा बस्ने व्यक्तिहरूको मनोभाव तथा प्रतिक्रियाले निर्धारण गर्ने कुरा न हो । नेता पनि त यही समाजको उत्पादन हो नि । जुन समाजमा विद्वत्ताभन्दा धनाढ्यको बढी आदर हुन्छ, उच्च मूल्याङ्कन हुन्छ, धनले जुन समाजमा स्थापित मूल्य मान्यतामा आघात पु¥याई सजिलै विजय प्राप्त गर्नसक्छ, जुन समाजमा इमानदार सर्वसाधारणभन्दा भ्रष्ट र बेइमानीको सम्पत्तिले आकर्षण निम्त्याउँछ, त्यो समाजमा नेताहरू भ्रष्ट भए, कार्यकर्तालगायत नोकरशाह भ्रष्ट भए भन्नुको कुनै अर्थ रहन्छ र ! भ्रष्ट भएरै अकुत सम्पत्ति जोड्ने त हो झन् । अनि त्यै सम्पत्तिले इज्जत, मान, मर्यादालाई पछिपछि डो¥याउन पाउने भएपछि इमानदार, नैतिकवान भएर के गर्ने ? सधैँ समाजमा अवहेलित भएर बस्ने ? मानिसको बोली, व्यवहार, आचरण आदि उसको सेरोफेरो (समाज)ले निर्धारण गर्ने हैन र ? सामाजिक बनोट, संरचनाको प्रतिच्छाया हैन र मानिस ? एउटा यस्तो बस्ती, यस्तो टोल, यस्तो गाउँ, यस्तो नगर हामीले वा हाम्रो समाजले निर्माण गर्न सकेको छ, जसले बेइमान, भ्रष्ट, चरित्रहीनहरूलाई सामाजिक वहिष्कार गर्ने आँट गर्न
सकोस् ? सामाजिक मूल्य मान्यताको प्रतिविम्ब हो मानिसको आचरण । हामी आफँै त्यसमा चुकेका छौँ अनि अरूलाई गाली गर्नु आलोचना गर्नु समय बिताउने उपायबाहेक केही होइन ।
हिमालको टुप्पामा शोभा बढाउँछ भनेर मनोरम राता फूल फुलाउने सिमलको रूख ठडियोस् वा तराईको समतल भाग सधैँ हिउँले ढाकियोस् भन्ने कल्पना गर्नु यथार्थभन्दा धेरै परको कुरा हो । हिमालमा हिउँ नै हुन्छ, तराईमा सुन्दर सिमल नै फुल्छ ।
हाम्रो संस्कार नै कतै दोषयुक्त त छैन, यसमा नै कतै विरोधाभाष त छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?