‘अबको श्रम आन्दोलन र श्रम कानुन’ प्रेमलकुमार खनालद्वारा लिखित पुस्तक हो । इतिहास आन्दोलन र सङ्घर्ष, टे«ड युनियन, श्रमिकका अधिकार, श्रम कानुन, अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलन, व्यवस्थापन÷प्रशासन, सङ्गठन र व्यक्तित्व गरी आठ अध्यायमा विभक्त पुस्तक ३१७ पृष्ठको छ । पुस्तकमा श्रमिकका अधिकार तथा श्रम कानुनको व्यवस्थाबारे मिहिन विश्लेषण गरिएको छ । जसमा श्रम ऐनको कार्यान्वयन, टे«ड युनियन ऐन–२०४९ को विवेचना, निरीक्षण प्रणाली र यसको विवेचना, लेखापरीक्षण र यसको महìव, ‘नो वर्क नो पे’ र ‘हायर एण्ड फायर’, सामाजिक सुरक्षा, अनुचित श्रम अभ्यासको अन्त्य, दण्ड सजाय, सामाजिक सौदाबाजी, हड्ताल र तालाबन्दी जस्ता यावत् विषयबारे सूचना प्रदान गरिएको छ । यसले श्रम क्षेत्रका सबैलाई सुसूचित भई तदनुरूप आचरण गर्ने र कर्तव्यबोध गरी आफ्नो हकअधिकारका लागि सचेत बन्न सुझाएको छ । पुस्तकमा टे«ड युनियन आन्दोलनभित्र हुर्कंदै र झाङ्गिदै गएको अराजकतावाद, अवसरवाद र अर्थवादले खडा गरेका चुनौतीलाई विश्लेषणात्मक ढङ्गले पनि प्रस्तुत
गरिएको छ ।
व्यवस्थापन र प्रशासन सञ्चालन सम्बन्धमा व्यवस्थापक र श्रमिकबीच उत्पन्न हुने समस्या के–के हुन् ? टे«ड युनियनले के कसरी गुणस्तरीय व्यवस्थापन निर्माणमा भूमिका निर्वाह गर्न सक्छ ? समयसापेक्ष नयाँ नीतिको आवश्यकताबारे पनि लेखकले आफ्ना अनुभवलाई प्रस्तुत गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रणमा टे«ड युनियनको भूमिका महìवपूर्ण रहने कुरालाई पनि इङ्गित गरिएको छ । युनियनमा रहने र आफ्नो व्यक्तिगत इच्छा, आकाङ्क्षा पूर्ति गर्ने माध्यम बनाएर भ्रष्टाचारको दलदलमा फसाउने नेतृत्व वर्गलाई भने दह्रो झापट हानिएको छ । टे«ड युनियन र सहकारी आन्दोलनलाई साथसाथै अगाडि बढाउनु आवश्यक छ । यसले युनियनमा आबद्ध श्रमिक तथा पेशाकर्मीबीच भ्रातृत्वको भावना विकसित भई एउटै परिवारका रूपमा अगाडि बढ्न अवसर मिल्ने धारणा पुस्तकले अगाडि सारेको छ । टे«ड युनियनसँग अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलन र राष्ट्रिय टे«ड युनियन आन्दोलनको उद्भव, विकास तथा वर्तमान अवस्थाबारे पनि सविस्तार वर्णन गरिएको छ । अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनको इतिहास, यस भित्रका प्रवृत्ति र चुनौतीको तथ्यपरक व्याख्या विश्लेषण गरिएको छ । विश्व टे«ड युनियन महासङ्घको स्थापना एवं कार्यदिशा सुसूचित गरी टे«ड युनियन आन्दोलनको रणनीति, वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति तथा यसले जन्माएका श्रमिकका समस्याबारे जानकारी गराएको छ । यस्तै भूमण्डलीय पूँजीवादको परिचय दिँदै यसको खराब पक्षबारे समेत जानकारी प्रदान गरिएको छ ।
नेपालको टे«ड युनियन आन्दोलको विगत, वर्तमान र भविष्यसमेतको विश्लेषण गरिएको छ । राष्ट्रिय टे«ड युनियन आन्दोलनभित्र झाङ्गिएको अवसरवाद, अराजकतावाद र अर्थवाद जस्ता विकृतिको विश्लेषण भएको छ । टे«ड युनियनको व्यस्थापन के कसरी गर्ने भन्ने आधार बनाई वर्तमान अवस्थामा टे«ड युनियन आन्दोलनमा देखिएका चुनौतीबारे समेत आन्दोलनको अगुवाका नाताले लेखकले सैद्धान्तिक एवं व्यावहारिक पक्ष दुवै तरिकाले व्याख्या गरी आगामी बाटोका बारेमा समेत उल्लेख गरिएको छ । पुस्तक टे«ड युनियन आन्दोलनसँग सम्बन्धित रहेकालाई मात्र नभई निजामती, संस्थान, औद्योगिक प्रतिष्ठान, निजी प्रतिष्ठान, विश्वविद्यालय तथा रोजगारीका क्षेत्रमा अध्ययन गर्ने अध्येता सबैका लागि उपयोगी छ ।
डा. शशिधर खनाल