स्मिता अधिकारी
कास्कीको अन्नपूर्ण गाउँपालिका देउराली आसपास यही वर्ष माघको पहिलो हप्ता अचानक बाक्लो हिमपात भयो । अन्नपूर्ण बेसक्याम्प हिँडेका चारजना कोरियाली र तीनजना नेपाली पदयात्री हिउँमा पुरिए । यी पदयात्री अझै हराइरहेका छन् । यस क्षेत्रबाट करिब १३० जनालाई उद्धार गरी पोखरा ल्याइयो । यही समयमा अन्नपूर्ण राउण्ड टे««क अन्तर्गत मुस्ताङ र मनाङको बीचमा पर्ने थोरङ्लापासमा पनि हिमपहिरोकै कारण तीनजना चिनियाँ पर्यटक करिब दुई दिनसम्म सम्पर्कविहीन भए । सन् २०१४, अक्टोबरमा अन्नपूर्ण सर्किट क्षेत्रमै हिमपहिरो जाँदा ४१ जना विदेशी पर्यटकको मृत्यु भयो । नेपालमा यो हिमपहिरोमा अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति भयो । बङ्गालको खाडीबाट उत्पन्न भएको ‘हुदहुद’ आँधीको प्रभावले दुर्घटना भएको विभिन्न प्रतिवेदनले जनाएका थिए उतिबेला ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विस्तारै हिउँ पग्लिँदै जाने र हिमपहिरोलगायत दुर्घटना हुनसक्ने अनुसन्धानले देखाइरहेको छ । हिमपहिरोलगायत घटनाले पनि जलवायु परिवर्तनका असर नेपालले पनि भोग्नुपर्ने स्पष्ट देखिएको छ । नेपालमा सबभन्दा धेरै पर्यटक भिœयाउने क्षेत्र पदयात्रा भएकोले हिमपात तथा हिमपहिरोसम्बन्धी घटना चासोको विषय बनेको छ । पदयात्रासम्बन्धी घटना÷दुर्घटनाहरू सार्वजनिक भइरहँदा पदयात्रीको सुरक्षासम्बन्धी प्रश्न पनि खडा भएको छ ।
केही महिनाअघि मात्र पोखराबाट माछापुच्छ«े बेस क्याम्प हिँडेका विद्यार्थी हिमपातमा फसेका थिए । त्यतिबेला धेरैलाई उद्धार गरिए पनि पोखरा–५ का एकजना किशोरको हिउँगुफामा खसेर मृत्यु भयो । हिउँको ढिस्कोमा उक्लेर सेल्फी खिच्ने क्रममा गुफामा खसेका थिए ती विद्यार्थी । त्यस्तै अन्नपूर्ण क्षेत्रकै मार्दी हिमाल ट्रेकका क्रममा गतवर्ष मणिपाल शिक्षण अस्पतालमा काम गर्ने एकजना युवतीको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गतवर्षदेखि हराइरहेकी नेदरल्यान्डकी एक युवतीको अवस्था अहिलेसम्म अज्ञात छ । त्यस्तै दुई वर्षअघि अन्नपूर्ण बेस क्याम्प क्षेत्रबाटै एकजना अज्ञात विदेशी नागरिकको शव भेटिएको थियो ।
नेपाल प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण क्षेत्र संरक्षण परियोजना (एक्याप)को गतवर्षको तथ्याङ्कले विगत एक दशकयता प्रत्येक वर्ष चार वा पाँचजना पर्यटक पदयात्राको क्रममा हराएको वा मृत्यु भएको देखाउँछ तर सुरक्षाका लागि तय भएका नियम पालनाका लागि पदयात्री स्वयंले हेलचेक्र्याइँ गरिरहेका छन् । नियम पालनाका लागि सम्बन्धित निकाय पनि त्यति जिम्मेवार हुन सकेको छैन ।
पदयात्रीको सुरक्षालाई ध्यान दिँदै विगतका वर्षहरूबाट विभिन्न नियम कार्यान्वयनमा ल्याइएको छ । पदयात्रा सुरक्षाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना अन्तर्गत १७ वटा चेकपोस्ट र तीनवटा प्रवेश टिकट काउन्टर स्थापना गरिएको छ । पोखरा, काठमाडौँ र बेँसीसहरमा राखिएका टिकट काउन्टरबाट दिइने टिकटमा पदयात्रीको पासपोर्ट नम्बर वा नागरिकता नम्बर, ठेगाना, बसाइ समयलगायत व्यक्तिगत विवरण राख्ने गरिएको छ । प्रवेश र बहिर्गमन समय पनि यो विवरणमा राखिने हुँदा पदयात्रामा गएका पदयात्री फर्किएको वा नफर्किएको निगरानी राख्ने गरिएको छ । पदयात्रीले हरेक चेकपोस्टमा आफ्नो विवरण दर्ता गराउनुपर्ने नियम भएकाले पनि चेक पोस्ट, टिकट काउन्टर र अन्नपूर्ण परियोजना कार्यालयमा पदयात्रीबारे सोधखोज भइरहेको हुन्छ । यसरी पदयात्री प्रवेश गरेको, गन्तव्यमा पुगेको र फर्किएको कुरा रेकर्ड राखिन्छ । तर कुनै पदयात्रीले बाटो बदलेर अर्को बाटो हिँडेको खण्डमा उसलाई पछ्याउने बलियो आधार अझैसम्म तय भएको छैन । पदयात्रामा आउने विदेशी पर्यटकमध्ये धेरैले जोखिमपूर्ण यात्रा मन पराउने स्थानीय सरोकारवालाको अनुभव छ । त्यसैले एक्यापलगायत सम्बन्धित निकायले विभिन्न चेकपोस्ट तथा सूचना केन्द्रबाट प्रवाह गराउने मौसमी अवस्था, मार्गलगायत विषयमा उनीहरू खासै ध्यान दिँदैनन् । विगत २० वर्षदेखि पदयात्री सहयोगीको रूपमा काम गर्दै आउनुभएका पोखरा–२१ का तुलसीप्रसाद सुवेदी भन्नुहुन्छ– ‘विशेष गरी विदेशी पर्यटक आपूmखुसी एक्लै हिँड्दा बाटो भुलेर मानव बस्तीभन्दा टाढा जङ्गलतिर हराएको धेरैपटक भेटेका छौँ ।’ पदयात्राका क्रममा कतिपयलाई स्थानीयवासीमार्फत फेला पारेर आफूसँगै हिँडाएका अनुभव पनि उहाँले सुनाउनुभयो ।
पदयात्राका क्रममा भेटिने जैविक, भौगोलिक, सांस्कृतिक, सामाजिक र वातावरणीय विविधताका कारण पनि नेपाल पदयात्राको प्रमुख गन्तव्यमध्ये एक हो । कतिपय पर्यटकको उद्देश्य नै यहाँको विविधतालगायत लेकाली जडीबुटी र स्थानीय रहनसहनबारे अनुसन्धान गर्नु रहेको हुन्छ ।
‘जोखिमपूर्ण यात्रा गर्नु त उनीहरूको सौख नै हो तर यात्रालाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउन पनि उनीहरूको ध्यान केन्द्रित भइरहेको हुन्छ । त्यसैले अनुसन्धानलाई पनि प्राथमिकतामा राखेर पनि पर्यटक पदयात्राका लागि आएका हुन्छन्,’ टे«किङ गाइड कृष्णप्रसाद आचार्यले भन्नुभयो ।
तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प जाँदा अचानक हिमपात भएपछि आफूसँग गएका चारजना पर्यटकसहित अगाडि गइरहेका र पछाडि आइरहेका बिना गाइडका दश÷बाह्रजना पर्यटकलाई आफूले बचाएको स्मरण पनि उहाँले गर्नुभयो । ‘विकट भौगोलिक क्षेत्रमा भवितव्य हुँदा के गर्दा बच्न सकिन्छ भन्ने कुराको मेसो कि त स्थानीयवासीलाई हुन्छ कि त गाइडलाई हुन्छ’, उहाँले भन्नुभयो– ‘हिमपात भएको बेला ठूला ठूला चट्टानको मुनितिर ओत लाग्दा एक्कासि आएको हिमपहिरो ढुङ्गाले गर्दा बाँडिएर दुई÷तीन भागमा बग्ने हुँदा पार लगाउन सजिलो हुन्छ ।’ ‘गण्डकी तथा अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकमध्ये करिब ६० प्रतिशतले पदयात्रा रोज्ने गरेका छन् । त्यसमध्ये पनि करिब ४० प्रतिशत कुनै गाइडबिना नै एक्लै हिँड्न रुचाउँछन्’, एक्याप घान्द्रुक चेकपोस्ट प्रमुख विदुर कुइँकेलले भन्नुभयो । पर्यटकहरू बिदा मनाउन तथा ठोस उद्देश्य नै बनाएर पैदलयात्रामा आउँछन् तर मौसम पूर्वानुमान तथा पूर्वसचेतना सम्बन्धी जानकारी ध्यान नदिने गरेको उहाँको अनुभव छ ।
पर्यटकहरू एक्लै जाँदा बाटो भुल्नसक्ने समस्या त छँदैछ, उनीहरूले खोजेको अनुसन्धानमा आउनुपर्ने सत्यतथ्य पनि नआउन सक्छ । कतिपय अवस्थामा उनीहरूलाई नेपालको सांस्कृतिक, सामाजिक परिवेश र मूल्यमान्यता थाहा नहुँदा पनि समस्या पर्नसक्छ । अन्नपूर्ण क्षेत्रकै पुन हिलमा गतवर्ष केही विदेशी पर्यटक नाङ्गो अवस्थामा जमघट गरिरहेको अवस्थामा भेटिए । ‘स्थानीयवासीसँग विवाद गरिरहेको अवस्थामा विदेशी पर्यटक भेटिएपछि हामीले उनीहरूलाई सम्बन्धित निकायको जिम्मा लगाएका थियौँ’, ट्रेकिङ गाइड आचार्यले पदयात्राको अनुभव सुनाउनुभयो ।
नेपालको पर्यटनमा पदयात्राको विशेष महìव छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गतवर्ष प्रकाशन गरेको तथ्याङ्क अनुसार, नेपालमा आउने करिब २५ प्रतिशत पर्यटकको रोजाइ पदयात्रा हो । त्यसमा पनि धेरै पर्यटक अन्नपूर्ण क्षेत्र जाने गरेका छन् । एकजना विदेशीले अन्नपूर्ण क्षेत्रमा १० दिन पैदल यात्रा गर्दा ५०० युएस डलर तिर्नुपर्छ । गाइड पनि लैजान चाहेमा तीन हजार ५०० रुपियाँ थप लाग्छ । माथिल्लो मुस्ताङ, मनास्लु जस्ता उच्च जोखिम क्षेत्रमा बाहेक अन्य ठाउँमा गाइड लैजानैपर्ने बाध्यकारी व्यवस्था पर्यटकलाई छैन । यसैले पदयात्राका जोखिम तथा भवितव्य सामना गर्ने सबैभन्दा ठूलो उपाय नै सजगता हो ।