logo
२०८१ जेष्ठ १७ बिहीवार



ग्रुनेवाल र उनका चित्र

शनिवार |


ग्रुनेवाल  र उनका चित्र


तीर्थ निरौला

कला विश्वभाषा हो भने कलाकार युगद्रष्टा हुन् । विश्वकलाको इतिहासमा कतिपय देशका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तनको संवाहकका रूपमा स्रष्टा र सिर्जनाले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वयुद्धका भयावह पीडाका कथा कलाकार पाब्लो पिकासोको प्रसिद्ध सिर्जना ‘गोरनिका’ शीर्षकको चित्रमा अनुभूत गर्न सकिन्छ । चित्रमा युद्धको परिणती र विश्व भूराजनीतिले जन्माएका अधिन(ायकवाद, उपनिवेशवाद, विस्तारवाद आदि वैचारिक र नीतिगत मान्यताले विजारोपण गरेका महŒवाकाङ्क्षी युद्ध प्रस्तुत गरिएको छ । साथै यसले विश्व शान्तिको आवश्यकताको आवाज पनि बोलेको छ । कलाले राजनीतिक मात्र नभई, युगका सम्पूर्ण प्राकृतिक, सामाजिक, आर्थिक, साँस्कृतिक र वैचारिक धरातलीय संयन्त्र एवम् संशाधनलाई रङ्ग र रेखाले उद्घोष गर्दै भूत, वर्तमान र भविष्यको उद्वोधन गराउँछ । युगलाई दिशानिर्देश गरेर स्वर्णिम संसारको परिकल्पना पनि गर्छ ।
यसै सन्दर्भमा आधुनिक संसारलाई कला–धर्मबाट गुन लगाउने युगबोधक कलाकार धेरै छन् । तीमध्ये महŒवपूर्ण एक स्रष्टा छन्, जसलाई विकसित विश्वकलाको इतिहासले कहिल्यै भुल्न मिल्दैन । उनी हुन्– प्रसिद्ध जर्मनी चित्रकार म्याथिस ग्रुनेवाल । उनको कला देनलाई यहाँ चर्चा गर्नैपर्ने हुन्छ । जर्मनी कला इतिहासमा प्रभाववाद र अभिव्यञ्जनवाद मिश्रित ‘रियालिजम क्यानभास’बाट तत्कालीन समाजिक मान्यता, अन्धविश्वास, राजनीतिक दाउपेच, धार्मिक जडवादिता र जनआस्थाका वैचारिक धरातलको चिनारी गराउने चित्रकार म्याथिस ग्रुनेवाललाई नबुझ(ीकन कला इतिहास बुझ्न सकिँदैन ।
विश्वकलालाई आजको अवस्थासम्म ल्याइपु¥याउने लियोनार्दाे दा भिन्ची, भेनगाग, मोनेमाने, माइकल एन्जेलो, डाली, पिकासो, जर्ज ब्राक, कान्दस्की, जेक्सन पोलक आदि कलाकारभन्दा अगाडिका हुन्– ग्रुनेवाल । उनका सिर्जनाका सैद्धान्तिक र वैचारिक मान्यताहरू उजागर तथा आत्मसात् नगरिँदा आधुनिक कलाको स्रोत नै अपुष्ट, अपूर्ण हुन जान्छ । विश्वप्रसिद्ध कतिपय आधुनिक कलाकारका क्यानभास उनकै पुरातनवादी क्यानभासबाट कुनै न कुनै रूपमा प्रभावित भएको पाउन सक्छौँ । यसर्थ, उनलाई विश्वकलाको सैद्धान्तिक मञ्चका (जहाँबाट कलाका सैद्धान्तिकवादको जन्म हुन्छ) जन्मकर्ताका रूपमा संसारले चिनेको छ । प्रायः कतिपय इतिहासकारले कलाकार ग्रुनेवाल त्यसताका कस्ता थिए, को हुन्, उनको वास्तविक शरीर कस्तो थियो भन्ने किटान गर्न नसके पनि अनुसन्धानका आधारमा उनको इतिहास विशिष्ट विद्वान्हरूबाट खोजी भएको देखिन्छ । त्यही खोजलाई नै उनको प्रामाणिक आधार मानिएको छ ।
कलाकार ग्रुनेवालको जन्म सन् १४८० मा जर्मनीको वर्गवग भन्ने ठाउँमा भएको थियो । उनी निम्नस्तरबाट उठेका विवादास्पद कलाकार एवम् हाइड्रोलिक इन्जिनियर थिए । उनले सन् १५२०–१५२३ मा हले भन्ने ठाउँको नजिक एक चर्च बनाएका थिए । उनको वास्तविक मुखाकृति, स्वाभाव र व्यक्तिगत जीवन कस्तो थियो भन्नेबारे अनुसन्धान भएको छ । खोजीका क्रममा जर्मनी पेन्टर सेनड्राफ्टका भनाइअनुसार कलाकार ग्रुनेवालले ढिलो विवाह गरे भन्ने छ तर उनको श्रीमती या बच्चा थिए भन्ने भनाइ अझै पनि प्रमाणित हुन सकेको छैन । उनले पारिवारिक जीवन भोगेका थिए भन्ने कुराको प्रमाण अझै पनि छैन । सन् १५९७ मा इम्पेरर रुडल्फ द्वितीयले ग्रुनेवालको ‘अल्टरपिस’ शीर्षकको चित्र र उनका सन्दर्भमा अध्ययन र खोजीकार्य सुरु गरेका थिए । सन् १८५२ मा अपिरिचित कलाकार ग्रुनेवालको ‘द मिराकल अफ द स्नोज’ थोरै मूल्यमा बिक्री भएको देखिन्छ । त्यसै बेलादेखि उनी र उनका चित्रबारे अनुसन्धनात्मक खोजीकार्य सुरु भयो । यसैक्रममा उनको महŒवपूर्ण कार्य अल्टरपिस (फोल्ड गर्न मिल्ने ठुल्ठूला आकृतिका क्यानभास) थिए । उनले बनाएका केही मुखाकृति चित्र भेटिए पनि सम्पूर्ण चित्रहरू धर्म र विचारमा आधारित थिए । धर्मलाई विषयवस्तु बनाएर रापिला, उज्याला, प्रभावोत्पादक, आँखालाई प्रभावित गर्ने संरचनाको सिर्जना हुनु र समयलाई उद्गार गर्नु नै उनका चित्रको विशेषता हो । ग्रुनेवालका ‘द मोकिङ अफ ख्रिष्ट’ र ‘द क्रुसिफिसन’ चित्र अति सूक्ष्म रूपमा काम गरिएका चित्र हुन् ।
ग्रुनेवालको समय प्लेग रोगको समय थियो । समाजमा प्लेग रोग ज्यादै भयावह, सङ्क्रामक रूपमा फैलिएको थियो । चौधौँदेखि सत्रौँ शताब्दीसम्म प्लेगबाट अत्यधिक मानिसको मृत्यु भएको थियो । त्यसताका पापी मान्छेलाई भगवान्ले दिएको यातनाका रूपमा यो रोगलाई चर्चमा वर्णन गरिएको हुन्थ्यो । ग्रुनेवालका कतिपय चित्रमा यही रोगको वर्णन झ(ल्किएको पाइन्छ । त्यो समय अन्धविश्वास र धर्म आश्रित समय भएकै कारण गु्रनेवालका चित्रमा कठोरता र कल्पनामा आधारित विषय प्रस्तुत भएको पाइन्छ । गु्रनेवालको समयमा प्लेग रोगले महामारीको रूप धारण गरेको र पछि उपचारबारे वैज्ञानिक एवम् तार्किक खोज, अनुसन्धान र प्रयोग हुँदै गएको पाइन्छ । सन् १५२८ मा महान् कलाकार ग्रुनेवालको मृत्यु पनि प्लेग रोगककै कारण भयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?