logo
२०८१ मंसिर ९ आईतवार



बन्दाबन्दीको समय !

शनिवार |


बन्दाबन्दीको समय !


सुकृत नेपाल

चीनको वुहानबाट पैmलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले कतिवटा देशमा पैmलिएको छ भनेर गन्ने अवस्था छैन । विश्वका सबैजसो देशमा यो भाइरस पैmलिसकेको छ । अर्थात् मानवबस्तीको ग्रह पृथ्वी नै यसको चपेटामा छ । त्यसैले विश्वका धेरैजसो देशले यो भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी (लकडाउन) को सहारा लिएका छन् । औपचारिक रूपमा बन्दाबन्दी नगर्ने देश पनि बन्दाबन्दी जस्तै छन् । सार्वजनिक जीवन ठप्प छ । आमजनता कष्टकर जीवन बाँच्न बाध्य छन् । यसको अर्को विकल्प पनि अहिलेसम्म विश्वमै देखिएको छैन । नेपाल पनि चैत ११ गतेदेखि बन्दाबन्दीमा छ । बन्दाबन्दी यस रोगविरुद्ध स्वनिगरानी पनि हो । यस्तो अवस्थामा वर्षभरि नै व्यस्त रहने कलाकार, सङ्गीतकार, गायक, साहित्यकार तथा लेखक पनि आमजनता झैँ घरको चार कुनामा खुम्चिएर बसेका छन् । उनीहरूले स्वनिगरनीमा आफ्ना दिनहरू कसरी बिताइरहेका छन् त ?
बन्दाबन्दी हुनुभन्दा पहिले हास्य कलाकार हरिवंश आचार्य बिहान अलि चाँडो उठ्नुहुन्थ्यो तर अहिले उठ्दा ७ बज्ने गरेको छ ! उहाँको यही भनाइबाट चाल पाइन्छ– बन्दाबन्दीले उहाँलाई केही अल्छी बनाएको छ । आफ्नो दैनिकी योगबाट सुरु गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘केही लेखुँ भनेर बस्यो तर जाँगर नै चल्दैन । यस्तो बेला दिमाग चलाउन गाह्रो हुँदोरहेछ । परिवारसँग दिन बिताउन पाइएको छ । टीभीमा सिरियलहरू हे¥यो । यताउता ग¥यो । घरको कौशीमा सपरिवार बस्यो । यसरी नै बन्दाबन्दीको समय बितिरहेको छ ।’ यो समय दिमाग चलाउन गाह्रो भए पनि नयाँ–नयाँ कथा सिर्जन हुने अवसर पनि भएको उहाँको भनाइ छ ।
गायक तथा सङ्गीतकार दीप श्रेष्ठ भने धरानमा हुनुहुँदोरहेछ । वर्षौंसम्म नभेटेका परिवार सँगै बसेर दु.खसुखका अनुभव बाँड्ने उपयुक्त समयको रूपमा उहाँले बन्दाबन्दीलाई उपयोग गरिरहनुभएको छ । यसबाहेक उहाँ गितार बजाउने र गीतका रागमा काम गरिरहनुभएको छ । गीत रचनामा पनि उहाँको ध्यान गइरहेको छ रे । अन्य समयचाहिँ उहाँ बिहान घर छेउछाउ अथवा घरभित्र यताउता गर्ने र केही व्यायाम गर्नुहुन्छ । सरकारले सही समयमा बन्दाबन्दी गरेको भन्दै उहाँले यसलाई सबैले राम्रोसँग पालना गर्नुपर्नेमा पनि जोड दिनुभयो । यो हाम्रै लागि हो । अहिले त हिँड्ने भनेको घरभित्र मात्रै हो– उहाँको सुझाव छ ।
गीतकार कृष्णहरि बराललाई चाहिँ कोरोना भाइरस भन्ने सुन्दासुन्दा खालि समाचारतिर मात्र ध्यान जाँदोरहेछ । उहाँ अरू काम गर्छु भनेर बस्नुहुन्छ तर यो बेला राम्रोसँग ध्यान जाँदैन । यो बेला कोरोनासम्बन्धी केही गीत सिर्जना गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘केही पुराना किताब पनि परिमार्जन गर्छु भनेर टेबलमा राखेको छु तर मन शान्त छैन । केही काम गर्न लाग्यो कि ध्यान नै के भयो, कसो भयो भन्नेतिर मात्र जान्छ ।’ त्यसैले उहाँले नकारात्मक समाचार मात्रै सुन्नुभन्दा सकारात्मकतातर्फ पनि चासो दिनुपर्ने सुझाउनुभयो । बिहान उठ्नासाथ पीडाका खबर सुन्दा दिनभरि नै गलत धारणा बन्ने हुँदा सकेसम्म राम्रा समाचारतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
नेपाली चलचित्र हेर्ने र पुस्तक पढ्ने गरेर बन्दाबन्दी बिताइरहेको भन्दै नायिका ऋचा शर्माले भन्नुभयो, ‘धैरै समयपछि किताब पढ्ने फुर्सद मिलेको छ । कार्यक्रम र चलचित्रमा व्यस्त हुँदा किताब पढ्ने रहर भएर पनि समय मिलेको थिएन । परिवारसँगै बस्ने, पढ्न छुटेका नयाँ पुस्तक पढेर यो समय बिताइरहेको छु । चलचित्र पनि मिलेसम्म हेर्छु ।’ अहिलेसम्म उहाँले चारवटा किताब पढिसक्नुभयो । बन्दाबन्दीबारे सचेत गराउँदै उहाँले भन्नुभयो, ‘यो समयमा घरबाट बाहिर ननिस्किएसम्म कोरोना भाइरस घरभित्र आउँदैन । त्यसैले यसबाट बच्न र अरूलाई बचाउने कुरा हाम्रै हातमा छ । यतिबेला हामी एउटा युद्धमा होमिएका छौँ । यसलाई तपार्इं हामी सबै मिलेर जित्न आवश्यक छ ।’
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको दैनिकी भने केही भिन्न छ । जोशी यसबारे खासै चासो नराख्ने बताउनुहुन्छ । विगतको तुलनामा अहिले उहाँ त्यति धेरै पढ्नुहुन्न । उहाँले भन्नुभयो, ‘अब यो समयमा किताब पढूँ भने पनि खासै ध्यान जाँदैन । बन्दाबन्दीको समय साधारण तरिकाले बिताइरहेको उहाँले बत(ाउनुभयो ।
‘अहिले आफ्ना पुराना लेखहरू मिलाउने काम गर्दैछु’, उहाँले भन्नुभयो, ‘अरू त त्यही हो सबै परिवार एकै ठाउँमा भेला हुने जमर्काे बन्दाबन्दीले जुराइदिएको छ । परिवारका सदस्यसँग कुरा गरेरै समय बित्छ ।’
हास्य कलाकार दीपकराज गिरीको पनि बन्दाबन्दी घरमा नै बितिरहेको छ । उहाँ चर्चित फिल्म छक्कापञ्जाको चौथो सिरिजको स्क्रिप्ट लेखिरहनुभएको छ । ‘म त एक महिनादेखि घरमै बसिरहेको छु,’ उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘पहिला पनि क्वारेन्टाइनमै थिएँ, अहिले पनि क्वारेन्टाइनमै छु ।’
‘एक महिना अघिदेखि घरमै बसेर स्क्रिप्ट लेखिरहेको छु । बन्दाबन्दी अघि पनि जानैपर्ने काममा मात्र बाहिर निस्कने गरेको थिएँ । अहिले त झन् बन्दाबन्दीमा निस्कने कुरै भएन । घरमै बस्नु हाम्रा लागि राम्रो कुरा हो’, उहाँले भन्नुभयो ।
कलाकार तथा निर्देशक दीपाश्री निरौला बन्दाबन्दीमा योग र पूजापाठमा आफ्नो दिन बिताइरहनुभएको छ । ‘बिहान उठेपछि केही समय शारीरिक व्यायाम, योग गर्छु, पूजापाठ गर्छु,’ उहाँले भन्नुभयो्, ‘खाना खाइसकेपछि दिउँसो फिल्म हेर्छु । गीत÷सङ्गीत सुन्छु । सामाजिक सञ्जाल चलाउँछु, सकारात्मक, चेतना फैलाउने कुरा भेटिए सेयर गर्छु ।’
बन्दाबन्दीको समय सबैको उस्ताउस्तै हुने साहित्यकार धु्रवचन्द्र गौतमको भनाइ छ । उहाँको धेरै समय समाचार हेरेर नै बित्ने गरेको छ । अहिले लेख्ने काम कम भएको उहाँ बताउनुहुन्छ । ‘मन पूरै अशान्त छ, लेख्ने कुरा कहाँबाट फुराउन सकिन्छ र ! पुराना चलचित्र र किताब पढेर दिन बितिरहेको छ । यसो हिँड्न मन लाग्छ, साँझपख आफ्नै घरआँगनमा खुट्टा तन्काउनका निम्ति हिँडिन्छ’, उहाँले भन्नुभयो ।
नाटकको स्क्रिप्ट लेख्ने र बन्दाबन्दीपछि हुने नाटक महोत्सवको तयारी गरेर रङ्गकर्मी निशा पोखरेलले बन्दाबन्दीलाई उपयोग गरिरहनुभएको छ । यसका साथै बालकृष्ण समका नाटक पढिरहेको पनि उहाँले बताउनुभयो । पत्रकार तथा लेखक रमण घिमिरे भने बन्दाबन्दीले आफूलाई एकदमै व्यस्त बनाएको बत(ाउनुहुन्छ । उहाँ भन्नुुहन्छ, ‘मलाई अहिले आफ्नै अनलाइन अक्षरङ्गले व्यस्त बनाएको छ । मेरो पूरा दिन यसमा नै बितिरहेको छ । कथा, कविता, स्मरण धमाधम पोस्ट गर्ने काम भइरहेको छ ।’
नायिका केकी अधिकारीले भने आपूmले आपूmलाई चिन्ने मौका बन्दाबन्दीले दिएको बताउनुभयो । अरू बेला व्यस्त भइन्छ, आफ्नोबारे सोच्नै भ्याइँदैन । अहिले घरमै बसेर सिर्जनात्मक कामहरू गर्ने र चिन्तनशील बन्ने अवसर जुटेको उहाँको अनुभव छ । गायक प्रमोद खरेल सिर्जनात्मक काम गरेर परिवारका साथ समय बिताइरहनुभएको छ । बाहिरको काम र कार्यक्रममा व्यस्त हुँदा छोरीसँग खेल्न पाएको थिइनँ । यो मौका उहाँलाई बन्दाबन्दीले जुराइदिएको छ । धेरैपछि परिवारसँगै रमाउन पाउँदा उहाँ धेरै खुसी पनि हुनुहुन्छ । यो समयमा सङ्गीत सिर्जनामा पनि ध्यान दिने गरेको भन्दै उहाँले भन्नुभयो, ‘रियाजमा पनि पर्याप्त समय खर्चिएको छु, केही नयाँ सिर्जनाबारे पनि सोचिरहेको छु ।’
मनमगन गीतका गायक दीपक ब्रजाचार्य आफ्ना ब्यान्डका साथीसँगै फेसबुक लाइभमार्फत गीत सुनाउनुहुन्छ । फेसबुक लाइभमार्पmत भए पनि बन्दाबन्दीमा उहाँले दर्शकलालई मनोरञ्जन दिइरहनुभएको छ । ब्यान्डका साथीहरू घर जानुभएपछि छोराछोरीसँग मिलेर फेसबुक लाइभ गरिरहेको उहाँले बताउनुभयो । कोरोनाभाइरसका कारण त्रसित बनेका दर्शकलाई अलिकति भए पनि खुसी दिन यो कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो । ‘त्यसै के बस्ने केही गरौँ भन्ने लाग्(यो, त्यसैले फेसबुक लाइभमा गीत गाउँदै दर्शकलाई खुसी दिने प्रयास गरेको छु,’ उहाँले भन्नुभयो, ‘हाम्रो सानो प्रयासले अरूलाई खुशी बनाउन सकिन्छ भन्ने आशा छ ।’ उहाँले बन्दाबन्दीको अवधिभर फेसबुक लाइभ चलिरहने जानकारी दिनुभयो । हास्य कलाकार बुद्धि तामाङ भने यतिखेर आमा–बुवासँग आफ्नै गाउँमा हुनुहुन्छ । गाउँमा खाना पकाउने, सरसफाई गर्ने र घाँस काट्ने काम गरेर नै उहाँले दिन बिताइरहनुभएको छ । उहाँले भन्नुभयो, ‘यत्ति हो कि धुलोबाट टाढा भइएको छ तर कोरोनाको डर र त्रास भने कायम नै छ ।’
कलाकार तथा गायक प्रायः छायाङ्कन तथा साङ्गीतिक कार्यक्रमहरूमा व्यस्त हुन्छन् । चाडपर्वमा बाहेक अन्य बेला घरमा बस्ने फुर्सद हुँदैन । कोरोनाले परिवारका सदस्यसँग बस्ने परिस्थिति बनाइदिएको चाहिँ पक्कै हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?