logo
२०८१ मंसिर ९ आईतवार



मनोविज्ञान (लघुकथा)

शनिवार |


मनोविज्ञान (लघुकथा)


विमल भौकाजी

सहरमा एकाएक ‘हल्ला’ देखाप¥यो ।
हल्लाको चरित्र नै हल्ला । आफ्नो चरित्रअनुरूप हल्ला फैलिँदै गयो, फिँजिँदै गयो ।
– टोल–टोलमा पुग्यो,
– गल्ली–गल्लीमा पुग्यो,
– चोक–चोकमा पुग्यो ।
हल्ला केवल हल्लामा सीमित रहेन । आफ्नो रूप फेरेर त्यो हल्ला ‘सन्त्रास’ बन्यो, ‘आतङ्क’ बन्यो । यसरी– ‘अब बाँच्ने कुनै उपाय छैन रे ।’
विवशतः हल्लाले मृत्युको दिन गनेर बस्यो ।
तर मृत्यु आएन । एक दिन आएन, दुई दिन आएन । अहँ, साँच्चै कुनै दिन आएन । आउँदै आएन । यो के भयो ? आश्चर्य ! मृत्यु किन आएन ?
मृत्यु आएको नदेखेपछि–
रूप फेरिएर सन्त्रास र आतङ्क बनेको हल्ला आफैँ छक्क परेजस्तो देखियो । त्यस्तो मात्रै देखिएन, अन्ततः हल्लाले अनायास आफ्ना दुवै कान एकै पटक छाम्यो । उसका दुवै कान यथास्थानमा थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?