मानुषी रेग्मी
थापेर पासो बनाई जाल शिकारी रमायो
बनेर दुष्ट चरीको काल शिकारी रमायो
गिरेको मान्छे घटिया सोच के लाग्ने रहेछ
खुनको प्याला पिएर हाल शिकारी रमायो
बेलुकीपख बसेकी हुन्छे बिचरी गुँडमा
अँधेरी रात लगार्ई छाल शिकारी रमायो
भएर प्यासी लालची बनी धाउँदै वनमा
रातको बास सजाई पाल शिकारी रमायो
सपना हुन्छ उसको आफ्नै सोचेन वैरीले
फुकाई छाती रचेर चाल शिकारी रमायो ।