logo
२०८१ मंसिर ९ आईतवार



मान्छेमा रूपान्तरण (कविता )

शनिवार |


मान्छेमा रूपान्तरण (कविता )


गगनदीप सर्व

साँच्चै भन्नुपर्दा
उसले आफैँभित्र आफ्नो राजधानी
घोषणा गरेको थियो
नपत्याए
अब त उसले–
कुकुरले जस्तै भुक्न छोडिदियो
छेपारोले जस्तै रङ फेर्न छोडिदियो
स्यालले जस्तै हुइँया गर्न छोडिदियो
सर्पले जस्तै डस्न छोडिदियो
हुँदाहँुदै क्रमश ः
कागले जस्तै कराउन पनि छोडिदियो
उपियाँले जस्तै टोक्न पनि छोडिदियो
बाघले जस्तै झम्टिन पनि छोडिदियो
यी सब पशुतन्त्रबाट मुक्त भएपछि
उसले आफैँलाई
बल्ल मान्छेको रूपमा पायो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?