विवश पोखरेल
सायद यति बेला
भनिरहेको छ समय
चाहिएन यी साना बच्चाहरूलाई
दूध पनि चाहिएन
भान्सामा मीठा व्यञ्जन र
परिकारहरू पनि चाहिएन
यो घरमा हामी थोपा थोपा छौँ
र त समुद्र छौँ
आकाशको प्रतिरूप यो घर छ
र त हामी जूनताराहरू छौँ ।
बोट बिरुवा अलग अलग भए पनि
सुवास, रङ, आकार र सौन्दर्य
बेग्ला बेग्लै भए पनि
हामी इन्द्रेनी पूmलहरू
यति बेला मायावी सुन्दर बगैँचामा छौँ
समग्र थुँगाको अस्तित्व
प्रेम, सद्भाव र आत्मीयताको
एउटा सुन्दर मालामा छौँ ।
राखिदिनू, टेबुलमा एक अम्खोरा
शुद्धपानी राखिदिनू
औषधिहरू राखिदिनू
चराहरूलाई झैं बाँच्न सकिने
अलिकति आहारा राखिदिनू
मन मुटुमा आत्मबल विश्वास
चेतना र विवेक राखिदिनू
अहिले हामी कुनै कारागारमा छैनौँ
कुनै खोर र पिँजडामा छैनौँ
नजरबन्द र एकान्तबासमा पनि छैनौँ
सम्झनुस् हामी माहुरी रानूसँगै
आफ्नै घारमा छौँ
प्रकोपका चील र बाजसँग
जोगाउँदै जिन्दगीका चल्ला
यति बेला हामी
एउटा भयभीत संसारमा छौँ ।
ननिस्कनु, कतै बाहिर ननिस्कनू
तपाईंहरूकै शुभेच्छाले, मायाले
गँुडमा भए पनि झोपडी भए पनि
तपाईं जस्तै हामी पनि
सुरक्षित आफ्नै दरबारमा छौँ ।