logo
२०८१ मंसिर ९ आईतवार



संयमपूर्ण आत्मनियन्त्रण

शनिवार |


संयमपूर्ण आत्मनियन्त्रण



तेजेश्वरबाबु ग्वंग

वैश्विक सङ्कट भूतलमा झर्छ, जब मानिसमा मानवीय चेतना स्फुरण हुँदोरै’छ । अपर्भmट आइपरेको कोरोना भाइरस (कोभिड–१९) महामारीले मानव प्राणी मात्रलाई त्रसित पारेको छ । यो त्रासदीपूर्ण रोगबाट बच्न, बचाउन लिनुपर्ने पूर्वतयारी र सावधानीका उपायको सूची हेर्दा विश्व वातावरणीय पर्यावरण विनाशकारक लक्षण नै हुन् झैँ थाहा हुन आएको छ । दैवले संरचना गरेका सबै जैविक तŒव शताब्दीव्यापीक्रममा निरन्तर रहेको छ । मानिसका चेत, ज्ञान, खोज र उपलब्धिले सामाजिक परिवेशलाई तत्कालीन लाभ पु¥याएको निर्विवाद छ । परन्तु, कालान्तरमा आई त्यसको परिणाम यस कालबिन्दुमा पुगी प्रकोपमूलक साबितिएको छ । भन्नुको तात्पर्य मानिस प्राणीले यावत् प्रकृति र प्राकृतिक, भौगोलिक वातावरण, त्यसभित्रका स्थानीय पर्यावरणमाथि विजयी बनेको दम्भ र अहम्कार दैवले सहनै नसकेको यो विश्वव्यापी÷वैश्विक स्थिति कोरोना भाइरस (कोभिड–१९) रहेको छ । दैव शब्दले देवता÷ईश्वरीय शक्तिलाई सङ्केत गर्छ । दैविक शक्तिजत्तिकै जाज्वल्यमान ठानिए पनि यथार्थमा त्यो अदृश्य नै रहन्छ । देदिप्यमान दैवी शक्तिलाई भेट्न÷देख्न सकिने शक्ति चर्मचक्षुमा रहन्न, रहेको हुन्न । दैवी शक्तिलाई भेदन गर्न÷देख्न सकिने दिव्य चक्षु हो । दिव्य चक्षु भन्नु अर्को शब्दमा दैवी शक्ति नै हुन आउँछ ।
दिव्य चक्षु भन्नु दैवी चेत÷चैतन्य चोलामै मात्र सम्भव हुन्छ । गीतामा कृष्ण परमात्माले ‘यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानाय् धर्मस्य सम्भवामि युगे युगे’ भनेका थिए । हजारौँ हजार वर्ष पहिलेका यी महावाणी द्वापरयुगपर्यन्त, कलिगत ५००० वर्षपर्यन्त हाम्रा स्मृतिमा अमिट रहेको छ । दैनिक चेतना भित्रबाट पलाएको यस्ता दिव्य चेत प्रत्येक युगका चैतन्य चेतमा प्रज्वलन हुँदै हामीसम्मै झुल्किँदै प्रज्वलन भइरहेछ । यिनका जरो किलो समाई हामी हाम्रा सुझबुझ साटिरहेका छौँ । चेतना स्थावर जङ्गम, दुवै जीवात्मामा विद्यमान छन् । चेतनाविहीन अवस्थामा कुनै कुनै पनि भौतिक तŒव पृथ्वीमा सृजित रहेका छैनन् । माटोमा अन्तरनिहित उर्वराशक्ति मृत्तिका चेतकै कारण हो । शिला शैलमा नानाप्रकारका रूख, बिरुवा, पात शिलामा अन्तरनिहित चेतन तŒवकै कारक रहेका छन् । यहीमात्र होइन, उच्च हिमाली प्रदेशका हिमशैल शिखरहरू अत्यन्त बहुमूल्य शिलाजित प्रजनन गर्छन् । हिमशैलका जीवनदायी शिलाजित मानव प्राणीका स्वस्थताका निमित्त शिखरतम् मूल्यवान र महŒवपूर्ण प्राकृत औषधि बनेको छ । शिला = ढुङ्गा । जीत = बोसो । ढुङ्गाको बोसो बाहिरी पेसी होइन । बोसो अन्तरङ्ग हो । अन्तरङ्ग भन्नु भित्री अङ्ग । यसलाई हामीले दोपाया, चौपाया प्राणीमै घटाएर बुझ्न सक्छौँ । अन्तरङ्गी तŒव सबै सबै जैविक चैतन्य चोलाधारी मानवप्राणीलगायत अरूलाई पर्यन्त हितकारी कल्याणकारी सिद्ध हुन सक्दो सार्थक धारणा मेरो ।
एकताका प्रसङ्गवश २०३८ सालको पुछारताका स्पाøरो अस्पताल, इस्टलैन्सिङ, मेसिगन स्टेट विश्वविद्यालयमा अध्ययनरत रहँदा डाक्टरहरूसित शिलाजितको सिलसिला बाँडेथेँ । हाम्रो हिमाली मुलुक नेपालमा शिलाजित नामक प्राकृत आयुर्वेदिक औषधि पाइन्छ । त्यसले शरीरको अन्तरङ्गमा चोट लाग्दा आन्तरिक जोर्नीमा सशक्त योग गर्दो हुन्छ । यतातिर पनि त्यसको कुनै गुञ्जायस छ कि ? विस्मयादिबोधक जिज्ञासा जाहेर गरेथेँ ! हिमालयन नेपालमा पाइने आयुर्वेदिक औषधि यहाँ कसरी पाइने ? तीनछक मानेर भाव पोखे । हुन त कोलोराडोजस्ता रक्किज प्रान्तमा पनि हुनु नै पर्ने हो ! तर, यसतिर खोजिनिती नगरेको बुझेँ । यो एक तमासको तरङ्ग हो । स्व. आख्यानकार जगदीश घिमिरेको अन्तरमनका यात्रा ।
अलि माथितिरै अन्तरीक्ष दोहनको प्रसङ्ग चलाएथेँ । अन्तरीक्ष दोहनको सिलसिला असीमित व्योमको कुनै न कुनै तहमा जमेका ग्यास÷वाष्पीय पदार्थलाई आफ्नो प्रयोजनमा उपयोग गर्न उपयुक्त वैज्ञानिक उपकरणको माध्यमबाट खिच्नु हो । अन्तरीक्षका कुनै तहमा जमेका ओजनलाई भूतलसम्मै खिँची लिनु हो । २०२३ को हिउँदताका सायद चुङ्जुङ् प्रान्तअन्तर्गत एक नाइट्रोजन÷चिनी मल कारखाना अवलोकन शैक्षिक भ्रमणमा सुनेको थिएँ । भव्य र विशाल कारखानाको भव्य आकार स्वयम्मा भव्य छ, विशाल छ । एकैपटक त्यस कारखानाले लाखौँलाख टन नाइट्रोजन मल उत्पादन गथ्र्यो होला । अर्बौं, खर्बौंं वर्षपर्यन्तसम्म सञ्चित यस्तो ग्यासजन्य स्थितिमा रहेको ओजन पदार्थ मानिसमा अवतरित ध्वंशकारी प्रवृत्ति उत्सर्गमूलक जँचिएन । विद्यमान विश्वजन्य अवस्थागत स्थितिले मौनतासाथ कोलाहल मच्चाइरहेछ । मानिस प्राणी यत्रो सम्पन्नता बीचको वैभवभित्र निरीह दुहाइ दिइरहेछ । प्रकृति एकै मतापमा आफ्नै गतिमानमा गतिशील छ । मानिसले चाल पाऊन् नपाऊन् पर्वाह गर्दैन माता प्रकृति ! प्रकृतिलाई अन्तरीक्षकै माया छ, ममता छ । केवल खगोलप्रतिकै माया, ममतामोह पर्याप्त छैन । यावत् प्रकृतिकै मोहधारी सरोकारी रहेकी छन्– माता प्रकृति !
पुर्खाहरू भन्ने गर्थे, सुन्दै रहन्थेँ म । अर्थ खुल्दैनथे मनमा मेरो । अग्रजका वाणी, बोली अर्थबोध गराउनमा फुर्थे । चढ्दो बालापन त्यस्तै स्पष्ट बोधि हुन्नथे । आयुभरको जीवन । जिन्दगीभरको उमेर यस्तै हुँदोरै’छ । नबुझिएका कुरो कुनै प्रहरमा स्वस्फुर्त हुँदै आउँछ । प्रकृतिको पहल यस्तै हुँदोरै’छ । विपुल विश्व ब्रह्माण्डका यावत् कुरो एकै जीवन पर्याप्त हुन्न, छैन र भएन पनि । अहिलेसम्मका हाम्रा खगोलीय उपलब्धि एक व्यक्ति, एक समुदाय र समाजव्यापी छैन, थिएन, नहोला पनि । यी सबैका समुचा स्वरूप र अभिव्यक्ति राष्ट्र हो । सबैको आमूल र सिङ्गो अभिव्यक्ति हामी र हाम्रा राष्ट्र भएर सार्वभौम राष्ट्र नेपाल देश बनेको छ, रहेको छ । यसै रहेर हाम्रो अहम् नेपाल राष्ट्रको मर्यादा अमर रहनेछ; रहेको छ । भरथेग प्रकृतिको रूप, स्वरूप यथावत् कायम राखेर प्रायः नेपालीले नेपाली प्राकृत पर्यावरणीय जीवनयापन गर्न नहिच्किचाई आएकाले हामीमा प्रकृतिसित हिमचिम राख्न दुरुह रहेको छैन । प्रकृतिको प्राकृत स्वरूपलाई अङ्गभङ्ग गर्दै कृत्रिम उपलब्धिमूलक शानसौकतलाई मान सम्मान मान्ने धारणाका अधिपतिहरू बढी अंशमा चपेटिएका छन् ।
विपुल ब्रह्माण्डको सौर्यमण्डलका एकांश हाम्रा भूमण्डल एक रहेको छ । पूर्वीय जीवनदर्शनमा अडेको सोचमा आधारित मीमांसा दर्शनमुताविक विवेचना भए, गरिएका विश्लेषणले प्रकृतिभित्रका अनेक तहगत पर्यावरण निर्मम दोहनले विश्वजन्य महामारी उद्भव हुने भविष्यवाणी भए गरिएकै छ । ओजन तहबाट निर्मम दोहन भएर मूल रूपमा तातिन पुगेर व्यापक स्तरमै पृथ्वी तातिन पुग्यो । जसको फलस्वरूप उत्तरी र दक्षिणी ध्रुवका विपुल हिमशृङ्खलाहरू कल्पनातीत रूपमा तातिन पुगे । फलस्वरूप त्यहाँका पर्यावरणमा विशाल परिवर्तन हुन पुगे । स्थानीय पर्यावरणमा परिवर्तन हुन पुगेर त्यस क्षेत्रका रैथाने जीवलोक नष्ट हुन पुगे । रैथाने जीवलोक नासिएर त्यसबाट अन्यत्रका जीवन परिवेशमा कल्पनातीत परिवर्तनशील प्रभाव पर्न पुगे । यसरी एकको प्रभावमा आधारित वैश्विक जीवन संस्कार र संस्कृतिमा समेत क्रमबद्ध परिवर्तनका अवश्यम्भावी अविछिन्न प्रभाव परे, पर्न पुगे । निरन्तर अविछिन्न पर्दैपार्दै रहेका आमप्रकृति दोहन धरती मातालाई खपिनसक्नुभएको यस चरम बिन्दुमा पुगेर सम्भवतः विक्रम संवत् २०७६ को अन्तिम मास २०७७ को उदयाचलमै वर्तमान महामारी कोरोना भाइरस ईश्वी संवत् २०२० यस पृथ्वीमण्डलै ढाक्नेगरी फैलिन पुगेछ ।
यस सङ्कटापन्न अवस्थामा अदृश्य दैवको जाज्वल्यमान लीलाप्रति नतमस्तक भई सङ्कट मोचन निमित्त पृथ्वीकै जैविक तŒवांश संहार हुने, गर्ने कुनै तŒवांश आविष्कार नगर्ने सूक्ष्माणु वस्तु आविष्कार नगर्ने चैतन्य चिन्तन उदय गराइदिन नतमस्तक पुकार गर्दछु । ॐ द्यौ शान्ति ! अन्तरीक्षगुँ शान्ति ! पृथ्वी शान्ति ! राप शान्ति ! रोषधय शान्ति ! वनस्पतय शान्ति ! विश्वदेवा शान्ति ! ब्रह्म शान्ति ! सर्वगुँ शान्ति ! शान्ति रेव शान्ति ! सामा शान्ति रेभि ॐ शान्ति ! ॐ शान्ति ! ॐ शान्ति !!!
संयमपूर्ण आत्मनियन्त्रण यस्तो अमोघ पाश हो, जसले आफूलाई मात्र विचलित हुनबाट मुक्त पार्ने होइन । यसले आफ्नो आसपासका स्थावर जङ्गम यावत् प्राणी मात्रको मुक्ति, उन्मुक्ति गराउँछ । विश्वव्यापी यो कोरोना भाइरसलाई समेत मुक्ति दिलाउँदो बन्छ । संयमपूर्ण सदाचार नै यसको मूल लगन रहकाले ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया; सर्वे भद्रानि पश्यन्तु, माकश्चित दुःख भागजनः मन्त्र दान गर्दो छ । पूर्वीय जीवनदर्शनमा आधारित नेपाली संस्कार विशुद्ध सगरमाथीय हिमजलझैँ सतत् निर्मल गङ्गाबराबर सङ्लो प्रवाहले चोखिँदै सिञ्चित वनस्पतीय बुटी जीवनहरू तुल्य विश्व जीवात्माझैँ सुख र निरामय निमित्त प्रार्थी बनौँ । संयमपूर्ण आत्मनियन्त्रणको सुशान्तमय नीलो व्योम, द्यौ, अन्तरीक्ष, पृथ्वी, राप–तेज, ज्योति, रोषधय शान्ति ! वनस्पति विश्वदेवता ब्रह्म शान्ति ! शान्ति माथिका शान्तिलाई पनि शान्ति ! सम्पूर्ण सामालाई पनि ब्रह्म शान्ति ! ॐ शान्ति ! जय विश्व शान्ति ! शान्ति !! शान्ति !!!  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?