logo
२०८२ जेष्ठ २७ सोमवार



सबै प्रश्नको जवाफ अशोक स्तम्भ

शनिवार |


सबै प्रश्नको जवाफ अशोक स्तम्भ


वसन्त महर्जन

गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरामा उहिलेदेखि अहिलेसम्म, कहिल्यै पनि विवाद रहेन । लुम्बिनी भन्ने ठाउँ कहाँ पर्छ भन्ने प्रश्न एकपटक विवाद वा खोजीको विषय बन्यो । विभिन्न व्यक्तिले विभिन्न ठाउँलाई लुम्बिनी हुनुपर्ने अनुमान गरेका थिए । तर, सन् १८९६ डिसेम्बर १ तारिखमा नेपाल तराईको वर्तमान रूपन्देही जिल्लाको रुम्मिनदेई भन्ने ठाउँमा मौर्य सम्राट अशोकद्वारा स्थापित शिलास्तम्भ र त्यसमा कुँदिएको उनकै अभिलेख यस सम्बन्धमा सबैभन्दा महŒवपूर्ण ‘डिस्कभरी’ भयो । ‘रुम्मिनदेई’ अरू नभएर उही खोजीको विषय भइरहेको लुम्बिनीकै अपभ्रंश हो भन्ने कुरा उक्त शिलालेखबाट थाहा भयो । त्यसउप्रान्त अनेकौँ थप पुराताŒिवक उत्खनन, अध्ययन, अनुसन्धान, संरक्षण तथा सम्बद्र्धन हुँदै अहिलेको अवस्थासम्म आइपुगेको हो । अहिले यो विश्वसम्पदा सूचीमा सूचीकृत छ । गौतम बुद्धले जीवनको पछिल्लो समयमा भिक्षु आनन्दसँग जन्मस्थल (लुम्बिनी), बोधिलाभस्थल (बोधगया), प्रथम धर्मचक्रप्रवत्र्तनस्थल
(सारनाथ) र महापरिनिर्वाणस्थल (कुशीनगर) बुद्धप्रति श्रद्धा राख्नेहरूका लागि चार संवेजनीय स्थल हुने भनेका थिए ।
तद्नुसार संसारभरका बौद्धका लागि यी चार ठाउँ त्यस उप्रान्त तीर्थस्थल भयो । मौर्य सम्राट अशोक आफ्नो राज्याभिषेकको बीसौँ वर्षका अवसरमा लुम्बिनीमा तीर्थयात्राका लागि आइपुगे । कालक्रम मिलाउँदा यो इपू २४९ तिर पर्न आउँछ । तत्कालीन प्रचलनअनुसार वा मौर्यकालमा महŒवपूर्ण ठाउँ वा घटना जनाउन स्तम्भ गाड्ने चलन थियो । सम्राट अशोकले पनि लुम्बिनीमा शिलास्तम्भ स्थापना गर्नुका साथै अरूले पनि यो ठाउँबारे थाहा पाऊन् भनेर स्तम्भमा अभिलेख कुँदे । यसलाई जानकारी दिन राखिएको ‘सूचना पाटी’ भनेर पनि बुझ्न सकिन्छ । भिक्षु सुदर्शन महास्थविरका अनुसार यसमा प्रयुक्त भाषाले ‘पालि’ र ‘प्राकृत’ बीचको प्रतिनिधित्व गर्छ । उनका अनुसार हाल प्रचलित पालि भाषा र व्याकरणसँग मिल्दैन । संस्कृत भाषाको व्याकरण र भाषाशास्त्रको प्रचलित दृष्टिले मात्रै अध्ययन गर्न खोज्नु पनि झनै मिल्दैन । प्रयुक्त लिपिलाई स्वयम् अशोकले ‘धम्म’ लिपि भनिए पनि हाल यसको नाम ‘ब्राह्मी’ प्रचलित छ ।
लुम्बिनीस्थित यो स्तम्भ र अभिलेख नभेटिएको भए बुद्धको जन्मस्थल कहाँ हो भन्ने सन्दर्भमा निक्र्यौल गर्न अलि गाह्रो नै हुन्थ्यो । यसर्थ जन्मस्थलसम्बन्धी प्रामाणिक स्रोतका रूपमा यसलाई लिन सकिन्छ । यस सङ्क्षिप्त अभिलेखमा बुद्धको जन्मस्थलमात्रै भनेर लेखिएको छैन, यसबाहेक बुद्ध, लुम्बिनी, अशोक र तत्कालीन समयका धेरै विषय चाल पाउन सकिन्छ । लुम्बिनीको भ्रमणमा पुग्ने बौद्ध तीर्थयात्री नै भनुँ वा अन्य पर्यटक, सबैलाई अनेकखालका कौतूहल उत्पन्न हुन्छ । स्तम्भ र अभिलेख पनि देख्छन् मात्रै, त्यसमा के लेखिएको छ भन्ने कुरा प्रायः बुझिँदैन । त्यसको अनुवाद उपलब्ध छ । तर, विश्लेषण पाइँदैन । वास्तवमा अनेकौँ कौतूहलको एकमुष्ट जवाफ यही अभिलेख हो । यहाँ त्यही कौतूहलका आधारमा प्रश्नोत्तर शैलीमा अभिलेखको व्याख्या गरिएको छ ।

लुम्बिनीमा को आएका थिए ?
अभिलेखको सुरु ‘देवान पियन पिय दसिन लाजिन’ बाट सुरु गरिएको छ । यसको अर्थ हुन्छ, ‘देवताहरूका प्रिय प्रियदर्शी राजा’ । अभिलेखमा को आएका थिए भनेर व्यक्तिको नाम अङ्कित नभए पनि यो प्रशस्तीले मौर्य सम्राट अशोकलाई नै जनाउँछ । अशोक आफूलाई कतै–कतै ‘देवान पियन’ मात्रै पनि लेखाउँछन् । तर, यहाँ विशेष रूपमा नै आफूलाई चिनाउन चाहेको देखिन्छ ।
सम्राट् अशोक, भारतीय इतिहासमा मौर्य साम्राज्यका संस्थापक चन्द्रगुप्त मौर्यका पनाति हुन् । विश्वविजेता बन्ने सपना बोकेर अनेकौँ देशको अस्तित्व नै निमिट्यान्न पार्दै वर्तमान भारततर्फ ग्रीक शासक अलेक्जेन्डर सिकन्दर विशाल सेनासहित आउँदै गर्दा वर्तमान भारत विभिन्न राज्यमा विभक्त र एक आपसमा शत्रुता मोल्दै थियो । आचार्य चाणक्यको चतु¥याइँमा चन्द्रगुप्त मौर्यले मगध साम्राज्यको शासक धनानन्दलाई हटाएर आफू शक्तिमा आएनन्मात्र, अन्य राज्यहरूलाई पनि आफ्नोमा गाभ्नुका साथै ग्रीक शासकलाई पनि धपाउन सफल भए । यसरी ग्रीकहरूलाई धपाएपछि उनीहरूद्वारा कब्जामा लिइएको भूमि पनि स्वतः मगध साम्राज्यअन्तर्गत आयो । राजा बिन्दुसारले पनि साम्राज्य विस्तार गरेका थिए भने विरासतका रूपमा विशाल भूमि सम्राट अशोकलाई प्राप्त भएको थियो । उनी सुरुमा चण्ड स्वभावका थिए र हत्या हिंसामा उग्र थिए । कलिङ्गको युद्धपछि उनी हत्याहिंसाप्रति विरक्त भई बौद्ध धर्मदर्शनतर्फ आकर्षित हुन पुगेका थिए । उनले बौद्ध धर्मदर्शनलाई राजकीय संरक्षणमात्रै गरेनन्, प्रचार–प्रसारमा पनि मनग्य ध्यान दिए । साम्राज्यमा सुख शान्ति कामय गर्नका लागि बौद्ध धर्मको अनुशरण गरे । जनताको स्वास्थ्य उपचारका साथै पशुपक्षीका लागि पनि ठाउँ–ठाउँमा अस्पताल खोलेर सेवा दिएका थिए । भारतको मात्रै नएर बौद्ध धर्मको इतिहासमै सम्राट अशोकको नाम उल्लेखनीय मानिन्छ ।
लुम्बिनीमा कहिले आएका थिए ?
राज अशोकले लुम्बिनीमा आफू आएको कुरा लेख्न लगाए पनि साल उल्लेख छैन । सालै किटेर लेख्ने चलन त्यो बेला थिएन । आजभोलि पनि समयसम्बन्धी केही सोध्यो भने कुनै घटना उल्लेख गरेर त्यसको यति वर्षपछि उति वर्षपछि भनेर जवाफ दिने चलन पाइन्छ । आफ्नो राज्याभिषेकको बीस वर्षपछि भन्नलाई अभिलेखमा ‘वीसतिवसाभिसितेन’ लेखाएका छन् । अन्य स्रोतहरूसँग भिडाएर कालगणना गर्दा उनी लुम्बिनी आएको इपू २४९ मा देखिन्छ ।

राजप्रतिनिधि पो पठाएका थिए कि ?
इपू २४९ मा राजा अशोक आफैँ लुम्बिनी आएका हुन् । त्यत्रो प्रभावशाली सम्राटले राजप्रतिनिधिलाई पो पठाइएका हुन् कि भनेर अनुमान वा शङ्का गर्न सकिन्छ । यो अनुमान वा शङ्कालाई निवारण गर्नका लागि ‘अतनआगाच’ दुई शब्द नै प्रमाणका रूपमा रहेको छ । ‘अतन’ शब्दले आफैँ र ‘आगाच’ले आए भन्ने अर्थ दिन्छ । यसबाट राजा स्वयम् नै आएका थिए भन्ने स्पष्ट हुन्छ ।
अभिलेखमा ‘महीयिते’ शब्द पनि परेको छ । कसैले यसको अर्थ यसरी गरेका छन्, ‘पूजा गरे’, ‘नमस्कार गरे’, ‘गौरव राखे’, ‘गौरवान्वित भए’ । जे–जस्ता अर्थ गरे पनि सारमा ती सबैको तात्पर्य एउटै हो ।

त्यही ठाउँमा किन ?
राजा अशोक आफैँ आए, पूजा गरे तर त्यही ठाउँमा किन ? भन्ने प्रश्न गर्दा पाउने उत्तर अभिलेखमा यसरी गरेका छन्– ‘हिदबुधेजाते’ अर्थात् यहाँ बुद्ध जन्मेका हुन् । तसर्थ, यो साधारण ठाउँ होइन ।
कुन बुद्ध ?
बुद्ध एउटा विशेषण हो । बुद्धत्व प्राप्त गर्ने सŒवलाई बुद्ध भनिन्छ । ‘बुद्धवंश’ नामको एउटा बौद्ध ग्रन्थमा गौतम बुद्धभन्दा अघिका २७ जना बुद्धको नाम उल्लेख छ । अन्य स्रोतहरूमा उक्त सङ्ख्याभन्दा बढी बुद्धहरूको पनि उल्लेख पाइन्छ । कपिलवस्तुको निग्लिहवास्थित राजा अशोककै अर्को अभिलेखमा कोनागमन अर्थात् कनकमुनि बुद्धको नाम आएको छ । त्यस्तै गोटिहवामा पाइएको सम्राट अशोककै भग्न शिलास्तम्भमा अभिलेख त छैन तर ह्वेनसाङले यसलाई क्रकुच्छन्द बुद्धसँग सम्बन्धित स्थल भनेका छन् । लुम्बिनीको यो अभिलेखमा अरू होइन, शाक्यमुनि बुद्ध भनेर स्पष्ट उल्लेख गरेका छन् । गौतम बुद्धलाई शाक्यमुनि बुद्ध पनि भनिन्छ ।

के गरे ?
अशोकका अन्य अभिलेखमा नपाइने आठ शब्दहरूमा ‘सिलाभिगडभीचा’ पनि एक हो । यसको अर्थ के हो ? धेरैले धेरै प्रकारले यसको अर्थ लगाएको पाइन्छ र सर्वाधिक विवाद पनि यसैमा छ । डा. फुहररले ‘अश्वमूर्ति बनाई शिलास्तम्भको टुप्पोमा राखेको’ अर्थ गरेका छन् भने पीसी मुखर्जीले ‘शिलाको प्राकृतिक स्वरूप नष्ट गरी अन्य रूप निर्माण गरिएको’ भनेका छन् । यसरी नै डा. बुहलरले ‘शिलामय ठूलो सूर्यको शिला–चक्का बनाइयो’ भने अथ्र्याएका छन् । डा. राजबलि पाण्डेले ‘ढुङ्गाको बलियो बार भएको’ भनेका छन् । यी अनुवाद सन् १९९३–९८ भन्दा अघिका हुन् । त्यसयता पुरातŒव विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिस्ट फेडेरेसनको संयुक्त तŒवावधानमा भएको पुराताŒिवक उत्खन(नबाट बुद्ध जन्मेको ठाउँ भनेर स्पष्ट सङ्केत गर्ने ढुङ्गा प्राप्त भयो, जसलाई ‘मार्कर स्टोन’ भनिन्छ । सबै विवादलाई साम्य पार्नेगरी यसउप्रान्त ‘खासजन्म स्थान सङ्केतक शिलालाई व्यवस्थित बनाए’ भनेर अनुवाद गरिएको छ ।

अशोकले अरू के गरे ?
अशोकभन्दा अघि नै कसैले शिलास्तम्भ स्तम्भन गरेको र त्यसमा अभिलेख कुँद्ने काममात्र अशोकले गरेका हुन् कि भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, त्यसो नभएर स्वयम् अशोकले स्तम्भ स्थापना गरेको हो भन्ने जनाउ दिन ‘कालापित सिलाथभेच उसपापिते’ उल्लेख गराए ।

लुम्बिनी कहाँ हो ? के भएको हो ?
‘हिदबुधेजाते सक्यमुनीति’ले स्पष्ट भनिसक्यो, यहाँ शाक्यमुनि बुद्धको जन्म भएको हो । यहाँ भनेको कहाँ हो भन्ने थप प्रश्नलाई स्पष्ट पार्न ‘हिदभगवंजातेति लुंंिमनिगामे’ भनेर उल्लेख गरायो । बुद्धलाई भगवान पनि भनिन्छ । यहाँ भनेको ‘लुम्बिनी’ हो र यहीँ भगवान्को जन्म भएको भन्ने जनाउ यो वाक्यले दियो । बुद्ध बोधिसत्वका रूपमा जन्म हुँदा लुम्बिनी एउटा सुन्दर बगैँचाका रूपमा थियो भने त्यसको तीन सय चौध वर्षपछि (इपू २४९) राजा अशोक आउँदा एउटा गाउँको स्वरूपमा परिवर्तन भइसकेको कुरा पनि यसबाट थाहा हुन्छ ।

अशोकले अरू के गरे ?
सम्राट अशोक लुम्बिनी आएर अरू पनि केही गरेका छन् र त्यही भएर यो अभिलेख राखेका हुन् । उनले ‘उबलिकेकटे’ र ‘अठभागियेच’ गरेका हुन् भनेर स्पष्ट उल्लेख छ । तर, यो भनेको के हो ? ‘सिलाविगडभीचा’ जस्तै यी दुई शब्दको अर्थमा पनि एकमत हुन सकेको छैन । यी शब्द राजा अशोकका अन्य अभिलेखहरूमा नपाइने भएकाले पनि यसरी अर्थ लगाउन नसकिएको हो । धेरैजसोले यसलाई करसँग जोडेर सम्राट अशोकबाट लुम्बिनी गाउँका जनतालाई कर मिनाहा गरेको भनेर अथ्र्याएका छन् । केशरबहादुर केसी र भिक्षु सुदर्शन महास्थविरले बुद्ध धर्मको महŒवपूर्ण पक्ष हिंसा बन्द गराएको र अष्टाङ्गिक मार्गको अनुशरण गराएको अर्थ लगाएका छन् ।
अशोक स्तम्भमा भएको अभिलेखलाई अर्थ लगाउने र व्याख्या गर्नेक्रम जारी नै छ । तर, पहिलेको अनुवादलाई संशोधन गरी आधिकारिक निक(ाय पुरातŒव विभागले यसरी अनुवाद गरेको छ– ‘देवताका प्रिय राजा (अशोक) आफ्नो राज्याभिषेकको बीसौँ वर्षमा स्वयम् यस ठाउँमा आउँदा अव्यवस्थित अवस्थामा रहेको शाक्यमुनि बुद्धको खासजन्म स्थान सङ्केतक सिलालाई व्यवस्थित बनाए । शिला स्तम्भ पनि स्थापना गरे । भगवान् जन्मनुभएको यस लुम्बिनी गाउँलाई आठ भागको एक भागमात्र भूमिकर तिरे पुग्नेगरी अन्य सबै करहरूबाट मुक्त गरे ।’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?