डा. विजय सुब्बा
अभागी भै जन्मेँ कि म, कि त कर्मै उस्तो
किन भन्छन् मलाई नै, तेरो धर्मै उस्तो ।
कहाँ पढुँ इमानको, ताजा शिलापत्र
ता कि खोपौँ गौरवको, चिनो आफूभित्र ।
देश अझै जलिरहेछ, पुरानै छ आगो
सीमारेखा तुनुँभन्दा, बाहिरै छ धागो ।
मान्छे मान्छेबीच नाता, तोडिएको देख्छु
दुराचारी जताततै, जोडिएको देख्छु ।