प्रा.डा.कृष्णप्रसाद घिमिरे
अचेल सहर अचम्मले सुनसान बनेको छ । ठिङ्ग उभिएर जिङ्ग्रिङ्ग परेका घरबाहेक लमतन्न परेर बाटो दिउँसै सुतेको छ । मानिसको आवत–जावत छैन । कुकुरहरू ओहोरदोहोर गर्दैनन् । मुर्दा शान्ति छाएकोजस्तो सबैका मनमा कोभिड–१९ भन्ने कोरोना विषाणुको त्रास छ । कोही बुझेर घर वा कोठाभित्र बसेका छन् । कोही नबुझीकन अरूले गाली गर्लान् भन्ने डरले खुम्चिएका छन् । सवारीको आवागमन ठप्प छ । कोठाबाट जति दश्य देखिन्छ, त्यतिमात्र आकाश हेर्न सहरका जनता बाध्य छन् । अचम्मको कुरा कोभिडले गर्दा एउटा मानिस अर्को मानिससँग डराएको छ । जङ्गली ओडारको अवस्थामा मानिस पुगेको भान भएको छ । दुई जोडी भँगेराका फुरफुर र चार जोडी परेवाका उडानबाहेक कागले का..का.. गरेको बोलीमात्र सुनिन्छ ।
कोइलीको को हो, को हो ? हराएको छ । एक्काइसौँ शताब्दीको वैज्ञानिक विकासले मानिस मनमनै रोएको छ । कसैले अमेरिकालाई सराप्छ । कसैले पुँजीवादी चिन्तनलाई धिक्कार्छ । चीनको वुहानबाट कोरोना भाइरस फैलिएर मानिसले दुःख पाइरहेको छ । त्यसैले योग र आध्यात्मिक चिन्तनतिर फर्केर मनलाई शान्ति दिन चाहन्छ । रोग प्रतिरोधात्मक क्षमताको विकास खोज्दै छ । आकाशमा जहाज उड्दैनन् । बाटोमा बस गुडेका छैनन् । धूलो, धूवाँ कतै छैन । नीलो आकाश स्वच्छ गहिराइमा चम्कन्छ । पानी परिरहन्छ । कात्तिक, मङ्सिरको जस्तो वैशाख २० मा जाडो छ । घाम ताप्न मन लाग्छ । आकाशमा एक्कासि बादल आउँछ । कहिले सूर्यलाई ढाक्छ । कहिले बिजुली चम्कँदै पानी तथा असिना पार्छ । दुस्मनसँग मित्र मिलेजस्तै प्रकतिले कोल्टो फर्लक्क फेरेको छ । आखिर किन ? उत्तर कसैसँग छैन । बिरामी अस्पताल जानसमेत उत्सुक छैनन् । सकेसम्म रोग दबाएर राख्न खोज्छ । अस्पताल जाँदा अरू मानिस भेटिएर कतै कोरोनाले भेट्छ र मरिन्छ कि भन्ने डरले मानिस डराएको छ ।
लागूपदार्थ खानेको बानी कतै जान र खान नपाएर सुध्रिएको छ । पारिवारिक मेल र सँगै बस्ने चाहना कोरोनाले पु¥याएको छ । घरको स्वस्थ खानाले मानिस निरोगी हुँदै छन् । कसैलाई हतार छैन । कार्यालय तथा विद्यालय जान बेर भएको छैन । ती सबै बन्दाबन्दीले गर्दा बन्द छन् । घरका काममा श्रीमतीहरूले सहयोग पाएका छन् । थोरै श्रीमतीहरू लठ्ठक श्रीमान्को असहयोगी भावना र अल्छी सन्तानको व्यवहारले दिक्क छन् । सत्ययुग, त्रेतायुग, द्वापरयुग सुनेका र कलियुग देखेकाले घोप्टेयुग जानेका छन् । सबै मोबाइल र कम्प्युटरमा घोप्टेका छन् । देख्दादेख्दै युग बदलिएको छ । काम गर्न नपाएर श्रमिक खाद्यान्नको पीरले पीडित छन् । घरको मुलीलाई पैसा र खाद्यान्न सकिन लाग्दा चिन्ताले सताएको छ । सहरमा ऐँचोपैँचो चल्दैन । न माग्नेले माग्छन् । न दिनेले दिन्छन् । आफूसँग भएको सामान बाँडेर खाऔँ भन्ने भावना सीमित मानिसमा मात्र छ । गाउँ छोडेकोमा मानिस भित्रभित्रै दुःखी छ । अरूका अगाडि उसको अहम्ले गर्दा केही बोल्दैन । केही गुनासो गर्दैन । मनको पीर पोख्दैन । कोरोना विषाणु (भाइरस) को कुरा गर्छ । सरकारले केही गरेन भन्छ । राष्ट्रिय सङ्कटको बेला सचेत नागरिक भएर आफूले के गरेँ ? त्यो सोच्दैन । घाँटीमा तीन तोलाको सुनको सिक्री र हातमा २०÷२५ हजारदेखि एक लाखसम्मको मोबाइल बोकेर सरकारले श्रमिकलाई बाँडेको राहत लिन लाइनमा उभिन लाज मान्दैन । गाउँमा भित्र मकैको आँटो खाएर बाहिर चुठ्न आउँदा भातका सिता देखाउने गर्छन् । म गरिब छैन भन्ने भान पार्छन् । सहरमा लाजसरम पचेजस्तो छ । त्यसैले माग्नेको लाइनमा बस्छन् । मानिसको चिन्तन र चेतना पुँजीवादी संस्कतिले विकत बनाएको छ । स्वार्थी भावना शेषनागले फणा फैलाएझैँ फैलिएको छ । अरूलाई सहयोग र सद्भाव देखाउने शिक्षा नै सहरी मानिसले पाएको छैन ।
‘मौकामा चौका हान्नुपर्छ’ भन्ने भनाइलाई उल्टो बुझेको छ । पाँच रुपियाँ नपर्ने मास्कलाई व्यापारीले पचास रुपियाँमा बेच्दै छ । खाद्यान्न भएर पनि लुकाउँछ र महँगोमा बेच्छ । रोगले दुई दिनपछि आफूलाई पनि समात्न सक्छ भन्ने सोच्दैन । कति अस्थिर चिन्तन छ । आखिर चिन्तनमा किन यस्तो विचलन आएको छ ? सोह्रौँ शताब्दीदेखि बढी विकसित अङ्ग्रेजी साहित्यका भनाइ घोकेको छ । छ हजार वर्ष अघिदेखि चलिआएका संस्कत साहित्यका सुमधुर सूक्तिलाई सुन्न सक्तैन । पुँजीवादी विकत चिन्तनले रोकेको छ । यथार्थ धरातलमा उभिएर सही र गलत छुट्याउने शिक्षा नै उसले पाएका छैन । त्यसैले विश्वबन्धुत्व र परोपकारी भावना उसमा जागत छैन । आफूमा कोरोना लागेपछि अरूलाई सार्न पैसा थुकेर बाटामा फाल्छ । फलफूल थुकेर पुच्छ । काम, दाम र मानभन्दा दाममात्र खोजेको छ । छोराछोरीलाई अमेरिका र अस्ट्रेलिया पठाएर आपत् पर्दा आफू एक्लै कोठामा रोएको छ । आफ्नै देशमा बसेर पसिना बगाउनुभन्दा अर्काको देशमा गएर जे काम गर्न पनि अप्ठ्यारो मान्दैन । विदेशमा पसिना पुछेर पतिले पठाएको पैसाले असचेत पत्नी पानपुरी खान र पहिरन फेर्नमा पोख्त बनेकी छन् ।
अब कोभिड–१९ ले गर्दा उच्च चिन्तनको फिलिङ्गो चिराक बनेर चारैतिर चम्किन थालेको छ । पहाडको टुप्पामा पुगेको पूर्वीय चिन्तनको चेतना फेदमा झरेको हुनाले पुनः उक्लिने बाटो खोजिरहेको छ । विश्वलाई विवश बनाउने कोभिडले नराम्रा कुराका साथै मानिसलाई, मानिसको साथ, सहयोग र सद्भाव चाहिन्छ भन्ने सिकाउन थालेको छ । नेपाली हिमालको हिउँ पग्लेको छैन तापनि पहाडको चिसो हावाले हामीलाई हम्किँदै हुतिहारा बन्नबाट बच्न सिकाइरहेको छ । सन्तान साथमा रहेजस्तो सन्तोष अरू कुराले हुँदैन भन्ने सोचाइ बनेको छ । आफ्ना सन्तानलाई विदेश जा, पढ, धेरै कमा भन्ने तर विदेश बस्ने होइन । नत्र आपत् पर्दा अहिले विदेशी नेपालीले नेपाल आउन पाऊँ भन्दै बिन्ती गरेजस्तै गर्नुपर्ला भन्ने भावना जगाएको छ । नेपाली धरतीलाई हराभरा बनाउन यहीँ बस्नुपर्छ । कर्मवीर महावीर पुन तथा कुलमान घिसिङले गरेर देखाएको काम र राष्ट्रिय भावना प्रत्येक नेपालीमा हुनुपर्छ भन्ने उत्प्रेरणा जगाउँदै छ । देखेको होइन, गरेको पाइन्छ, मरेको मानसिकता होइन, जिउँदो चाहिन्छ भन्ने सन्देश कोभिड–१९ ले हामीलाई सिकाएको छ ।