नेपाली आख्यानका क्षेत्रमा वरिष्ठ आख्यानकार पद्मावती सिंहको विशिष्ट उपस्थिति छ र उहाँले आफ्ना कथा र उपन्यास गरी करिब एक दर्जन कतिका माध्यमबाट नेपाली साहित्यमा उल्लेखनीय योगदान दिनुभएको छ । उहाँका आधादर्जन कथाकतिको प्रकाशनपश्चात् ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ (२०७६) प्रकाशित भएको छ । यो कति उहाँका समग्र कथा सङ्ग्रहबाट छानेर प्रतिनिधिमूलक कथाहरूको सङ्ग्रहका रूपमा रहेको छ । यसमा ‘अघिल्तिर घरको झ्याल, बुढो आँपको बोट, मौन स्वीकति, निःशब्द, सहयोगी हात, साइबर प्रेम, टेम्पू चालक मनमाया, त्रासद विपना, हिंसाको मौनता, भित्तामा टाँगिएको तैलचित्र, अनामिकाको दैनिकी, बहिर्गमन, अग्रगामी, विचलित मन, मर्निङवाक, समय–पीडा, एउटा सम्झौता जुन गह्रुङ्गो भएर बाँचिदिन्छ, निःशेष, जीवनको एक रूप, सम्झनाको भग्नावशेष, अन्तर्दष्टि र बिरानो आकाश’ शीर्षकका बाईसवटा कथा समावेश छन् ।
‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ विशेषतः समकालीन नेपाली नारीका भोगाइ, अनुभूति, पीडा, प्रेम आदि अनेक घटना सन्दर्भका यथार्थ विम्बचित्र हुन् । यी कथाले आजको समाज, समाजमा व्याप्त अनेक सङ्गतिहीनता र विशेषतः नारीहरूले भोग्नुपरेका अनेक सकस, सङ्घर्ष र ऊहापोहलाई राम्रोसँग देखाएका छन् । यस सङ्ग्रहका अधिकांश कथाले पुरुषप्रधान समाजमा नारीहरूले नारी भएकै कारण विभेदको सिकार हुनुपरेको कुरालाई यथार्थ रूपमा देखाएका छन् । नारी हुनु प्रकतिप्रदत्त गुण हो र यही प्रकतिप्रदत्त गुणलाई कमजोरी सम्झने पुरुष मानसिकता र मनोवत्तिलाई देखाएर नारी संवेदनाको गहिरो अध्ययन पनि यस सङ्ग्रहका कथाहरूमा भएको छ । भोगाइ र अनुभूतिका विविध भाव विम्बका झिल्काहरूलाई समाएर तिनलाई कथानकको डोरीले तन्काउँदै त्यसका माध्यमबाट विविध किसिमका नारीका विविध भोगाइ र अनुभूतिलाई व्यक्त गर्ने काम यी कथामा कथाकार पद्मावती सिंहले गर्नुभएको छ ।
यस सङ्ग्रहका कथामध्ये ‘अघिल्तिर घरको झ्याल’ एउटी किशोरीका मनोविज्ञानमा आधारित कथा हो र यसले विजय मल्लको ‘पल्लो घरको झ्याल’ उपन्यासको सम्झना गराउँछ । ‘मौन स्वीकति’ एउटी अपाहिज नारीभित्र रहेको उद्दाम मातत्वको भोकको कथा हो । यसमा यौनभोक र यौनभोगभन्दा पनि मातत्व प्रबल भएर देखापरेको छ । ‘निःशब्द’ काठमाडौँका गल्लीगल्लीमा तरकारी बेच्दै हिँड्ने तराईमूलको एउटा पुरुषको संवेदनात्मक कथा हो भने ‘साइबर प्रेम’ सामाजिक सञ्जालका माध्यमबाट युवायुवती कसरी आकर्षित हुन्छन् भन्ने विषयमा केन्द्रित छ । यस कथामा साइबर संसारको राम्रो अध्ययन गरिएको छ । ‘टेम्पू चालक मनमाया’ पद्वावती सिंहको निकै प्रसिद्ध कथा हो । यसमा काठमाडौँ सहरमा टेम्पू चलाएर जीविका चलाउने एउटी नारीको सङ्घर्षको कथा छ र कथाकार स्वयंले टेम्पू चालक मनमायाबाट पीडादायी कथा र सङ्घर्ष सुनेको यथार्थ छ । ‘हिंसाको मौनता’ माओवादी सशस्त्र द्वन्द्वका बेलाको सन्त्रास र त्यसका भोक्ता नारीहरूको कथा हो । यद्यपि उहाँका कतिपय कथामा माओवादी सशस्त्र द्वन्द्वजन्य पीडा र सन्त्रासका भोक्ता नारीहरूका पीडाको अभिव्यक्ति यथार्थ रूपमा कुनै न कुनै किसिमले चित्रित भएको पाइन्छ ।
सङ्ग्रहभित्रका धेरै कथामा नारी समस्या नै मूल विषय बनेका छन् र यस कतिमा रहेका बाईसवटै कथा निकै शक्तिशाली छन् । पद्मावती सिंहले आफ्ना कथामा मूलतः नारीका बाह्य आन्तरिक समस्या र पीडालाई मूल विषय बनाउँदै आउनुभएको छ र कतिपय कथामा नारीहरूका विद्रोहात्मक आवाज र गतिशील चेतनालाई प्रस्तुत गरिएको छ भने कतिपय कथामा यौनचेतना र मनोविज्ञान पनि विषय बनेर आएको देखिन्छ । नारीका प्रतिनिधिमूलक पात्रको चयन गरी कथा सिर्जना गर्ने पद्मावतीले आफ्ना कथामा सबै वर्ग र क्षेत्रका नारीलाई पात्र बनाएको देखिन्छ । नारीको उन्नति र प्रगतिमा बाधक बनेको पितसत्ताप्रति विमति प्रकट गरिएका कथा पनि यस कतिमा छन् । बाहिरी सामाजिक परिवेशमा मात्र होइन, पति बनेर र प्रेमी बनेर पनि नारीमाथि शोषण भइरहेको यथार्थ कतिपय कथाले व्यक्त गरेका छन् ।
‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ सङ्ग्रहमा रहेका अधिकांश कथाको परिवेश काठमाडौँ उपत्यकाभित्रकै देखिन्छ र काठमाडौँ अनेक समस्यै समस्याको सङ्ग्रहालय हो भन्ने कुरा यस सङ्ग्रहका कथामा राम्रोसँग देखाइएको छ । नारी मनोविज्ञान र पुरुष मनोविज्ञानको समेत अध्ययन गरिएका कथा यस सङ्ग्रहमा छन् । यस कथासङ्ग्रहका अधिकांश नारी पात्र विद्रोही, सङ्घर्षशील र स्वाभिमानी देखिन्छन् । नारी पुरुषका बीचका विविध सन्दर्भ, काठमाडौँको नेवारी समाजका परिवेश र त्यहाँभित्रको पथक् जीवनशैली, नेवारी समाजका सूक्ष्म पक्ष आदिलाई पनि यस सङ्ग्रहका कथामा देखाइएको छ । कथाकार पद्मावती सिंहका पूर्वप्रकाशित सङ्ग्रहहरूबाट प्रतिनिधिमूलक कथाको चयन गरी यसमा समावेश गरिएकाले यी सबै कथा विविधतामय, आस्वाद्य, स्तरीय र पठनीय छन् । विषय र शैली दुवै दष्टिले यो कति कथाकार पद्मावती सिंहको साँच्चै नै प्रतिनिधिमूलक कथा सङ्ग्रह हुनपुगेको छ र यस कतिले कथाकार पद्मावती सिंहको समग्र कथाकारितालाई प्रतिनिधित्व गर्ने हुनाले पनि यो कति पठनीय छ ।
लक्ष्मणप्रसाद गौतम