logo
२०८१ मंसिर ९ आईतवार



म कहाँ छु (कविता)

शनिवार |


म कहाँ छु  (कविता)



शकुन्तला पोखरेल भट्टराई

मभित्र पनि भावना रुमलिन्छ
आँसुमा चुर्लुम्म डुबेर कहिले,
चञ्चल बालकझैँ चकचक गर्दै
कहिले शालीन नारीको शालीनता
यी सबै भावना समेट्छु
कहिले पीडा उकुसमुकुस हुन्छ
निकास नपाएर आँसु बन्छ
खुसी पनि कहाँ कम छ र
तँछाडमछाड गर्दै हाँसो बन्छ ।
यी सबै अन्तरकुन्तरमा
म आफूलाई खोज्छु
शब्दहरूको माला बुन्छु
म कहाँ छु ।
पत्नी बन्नुको आनन्द थाहा छ ।
पत्नी बन्नुको पीडा पनि थाहा छ ।
आमा बन्दाको स्वर्गीय अनुभूति बिर्सेको छैन
सन्तानको विषबाणले घोच्दैछ
यी सबै अनुभुति समेटछु ।
खोइ म कहाँ छु ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?