logo
२०८१ मंसिर ९ आईतवार



आमा ( कविता )

शनिवार |


आमा ( कविता )


रामहरि कोइराला

हे ! आमा गर माफ जीवनमहाँ इच्छा अधूरा भए
मैँले तिर्न चुकेँ जुरेन दुधको भारा अरु के थिए ?
मान्छे जीवन हो अनिश्चित हुने मत्यु थियो निश्चित
आमा छाडिगयौ छहारि अब भो मातत्वले वञ्चित ।

आमा हुन् धरती पिता सगर भै सन्तान हुर्काउने
जन्माई अनि पालिपोसि जगमा खुट्टा लगाइदिने ।
माटो नीर समीर तेज सगरै हो भौतिकी देह यो
आत्मा ईश्वर रुप बस्छ यसमा मातापिता सम्झ हो ।

धर्तीमा जति छन् जरायुज सबै ती जन्मने सिर्जना
स्नेहासिक्त शिशु पिएर ममता मेटिन्न है तिर्सना ।
स्वार्थी भै कति सन्ततिहरु हुने पित विमुख आखिर
आमा हुन्न कहीँ कुमात भवमा सन्तानका खातिर ।

नारी जीवनका अनेक रुपले सष्टि सजाइदिने
हौ आमा धरती अनन्त चरकी पीयूष वर्षाउने ।
जन्मेको घर वंश धर्म सब ती सौगात साथै लिने
अर्काको थर कुल बीज लहरा फैलाई आमा हुने ।

खोजे मिल्छ सबै प्रयत्न गरदा सम्बन्ध हुन् सिर्जित
बाँचुन्जेल नत्याग है कुमति भै पाइन्न मातापिता ।
माया हो जलको बहाव उसको गन्तव्य उँधो हुने
पितको शुभ आसिकै यदि भए जीवन् उज्यालो हुने ।

कस्को वंश भनी चिनाउनु परे आमाबुबा हुन् जरा
कालैको वशले बुढो हुन गई हुन्छन् नि आफैँ बरा ।
आमाबाबु समान मान सुर हुन् सन्तानको धर्म हो
मान्छे जीवित भै अमर यश दिने सेवा ठुलो कर्म हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?