कुन्दनकुमार पन्त
व्यर्थ भए
तृष्णा, मोह र दम्भ
धन सम्पत्ति पनि
अर्थहीन भए ।
अकल्पनीय अदृश्य
नरसंहार शक्ति
उत्पन्न भयो
सूक्ष्म विषाणु
निर्दयी बन्दै
आक्रमणमा उत्रियो ।
के बलवान !
के शक्तिवान !
के धनवान !
के रूपवान !
के विद्वान !
के बुद्धिमान !
के दुःखी–गरिब !
के सुखी सम्पन्न !
के बालक !
के जवान !
के वृद्ध !
जो कोही पनि जकडाइमा परे
कति त पराजित भएर संसारबाट नै बिदा भए
केहीले सङ्घर्ष गरेर जकडाइबाट उम्कन सके
भूमण्डलभरि नै फैलियो
मानवप्रतिको यो आत्मभेदी आक्रमण
मर्माहत पीडाको आँसु
न ज्ञान–बिज्ञानले रोक्न सक्यो
न अस्त्र–शस्त्रले नै रोक्न सक्यो
आखिर,
समय, प्रकृति र अदृश्य शक्ति
शाश्वत सत्य
स्वीकार्नैप¥यो ।