खगेन्द्रबहादुर देउजा
लसुन अनौठो वनस्पति हो । यसको सुकेको बोक्रालाई पोल्यो भने मासु पोलेकोजस्तो गन्ध आउँछ । काँचो लसुनको गन्ध पनि अन्य वनस्पतिको तुलनामा कडा हुन्छ । लसुनको गन्ध र अन्य वनस्पतिको गन्धलाई जानेर, नजानेर परीक्षणकै रूपमा भए पनि प्रयोग गर्दा फाइदा पुगेको अनुभव सँगालेको छु ।
चितवनको समनपुर गाउँमा लोकल कुखुरा पालेका थियौँ । यो २०४४÷०४५ सालतिरको कुरो हो । बेलाबेला कुखुरालाई ‘फ्लु’ले सताउँथ्यो । यसले धेरैजसो गाउँलेका कुखुरा सखाप पाथ्र्यो । हामीले पालेका कुखुरा पनि यो रोग लागेर आँखा चिम्लिन थाल्थे । आँखा चिम्लिएका कुखुरालाई लसुन वा छ्यापी पिँधेर खरानी मिसाएर कोच्याइदिएपछि बाँच्थे । उपत्यकामा पिर्रे र तराईमा विषनार भनिने झारको रसलाई खोलामा माछा मार्नेहरूले प्रयोग गर्दा माछा अशक्त भई पल्टन्थे । तर, पोखरीमा पालेका घाँस खाने माछा (ग्रास कार्प)ले सो झारलाई नै खाए पनि कुनै असर हुँदैनथ्यो । यसबाट पाचन प्रणालीमा गएको गन्धभन्दा श्वासप्रश्वासमा गएको गन्ध बढी प्रभावकारी हुने रहेछ भन्ने लाग्यो । चितवन, भण्डारा मत्स्यपालन केन्द्रका माछा विशेषज्ञहरूलाई पनि यस कुराले आश्चर्य–चकित गराउँदथ्यो ।
यस्तै गर्मीमा आधा घण्टामै माछा सड्न सुरु हुन्छ । अरू कुनै वस्तु यति छिटो सड्दैन । एकपटक चितवन समनपुरको घरको कोठामा उसिनेको माछा राखेको थिएँ । दुई दिनपछि कीरा जम्मा भएको थियो । यसको मतलब गन्ध धेरै पर पुगेको हुनुपर्छ र माछाको गन्धबाट कीटाणु छिटो आकर्षित हुन्छन् भन्ने लाग्यो । अर्कोपटक स्थानीय तरिकाले धूवाँ लगाएर माछा सेकाइयो । यो माछा धेरै महिनासम्म बिग्रिएन । यसबाट कीटाणुहरू धूवाँसंवेदी र धूँवासँग विकर्षित हुन्छन् भन्ने अनुमान भयो । धेरैअघि ‘गेट द बेस्ट हेल्थ फ्रम फ्रेस जुस’ शीर्षकको पुस्तक पढेको थिएँ । एक प्रसङ्गमा ‘मानिसको पैतालामा शरीरको सबै भागभन्दा बढी छिद्र हुन्छन् । पैतालामा लसुनको बिजुला राखेर जुत्ता लगाए ३० सेकेन्डपछि मुखमा गन्ध आउँछ र ठीक त्यसको उल्टो जिब्रोमुनि राखे पैतालामा गन्ध पुग्छ । यो तरिका दम, सर्दीबाट जिउ दुखेको बेलामा प्रयोग गरिन्छ’ भनेर उल्लेख गरिएको थियो ।
हामीले हाम्रै जीवनकालमा थुप्रै प्रजातिका भाइरसको प्रकोप झेलेका छौँ । २०१८ र २०२० सालतिर इन्फ्लुएन्जाले सतायो । २०४४÷२०४५ सालपछि ‘फ्लु’ आयो । यसले कहिले चार दिनसम्म त कहिले १४ दिनसम्म छोड्दैनथ्यो । एकजनालाई लागेपछि थुप्रैलाई सर्दथ्यो । तर, कतिजना मरे वा बाँचे भन्ने जानकारी हुँदैनथ्यो । अहिलेजस्तो रोगको नामकरण पनि गरिएको थिएन । अहिलेको जस्तो विज्ञान र प्रविधिको विकास त्यसबेला नभएर पनि होला । यस्तो बेला बिरामीले जडीबुटी, बेसार, अदु्वा, पानी र नुन राखेर तातो झोल पिउँथे अथवा डाक्टरको औषधि लिन्थे । भाइरसको औषधि नै थिएन । यी अनुभवका आधारमा रुघाखोकी लाग्लाजस्तो भएको बेला एउटा नौलो प्रयोग गरेँ । बीचमा चिरेको लसुनको एक–एकवटा बिजुला मोजा लगाएर दुवै खुट्टाको पैतालामा, दुवै काखी र मुखमा चाहिँ नचिरेको राखेँ । लसुनको गन्ध निकाल्न दुई÷तीन घन्टासम्म सिरक ओढेर सुतेँ । मुखको लसुनलाई अलि–अलि गरी चपाएँ पनि । चार घण्टाभित्र शरीर ठीक भयो । रुघाखोकी अलि बढी लागेको भए रातभर यो प्रक्रिया गर्नुपथ्र्यो होला । थेरापी जति ढिलो ग¥यो अवधि पनि बढी नै लाग्छ होला । पटकपटक लसुनको थेरापीले चार घण्टादेखि एक रातसम्ममा रुघाखोकी हटायो । कुनै बेला बेसारपानी र अदुवा उमालेर पिइयो । गरमा पानीले शरीरमा तापक्रम थप्ने र जलवियोजनलाई घटाउने काम गर्दो होला । भाइरसको नियन्त्रण चाहिँ लसुन थेरापीले नै गर्दो होला । २०७६ चैतमा पनि बेलायतमा कोरोना पोजिटिभ भएका ज्वाइँ, छोरी र १४ वर्षमुनिका दुई नातिलाई लसुन थेरापी गरेपछि ज्वाइँ र छोरीलाई एक रातमा र नातिहरूलाई चार घण्टामा ज्वरो हटेर सामान्य अवस्थामा ल्यायो । घाँटी, छाती आदि दुखेमा एक÷दुई गेडा मरिच अलि–अलि गरेर चपाए निको भएको अनुभव पनि छ ।
वैज्ञानिकहरू भन्छन्– मानिसले खुट्टाले उभिएर हिँड्न थालेको ६० लाख वर्ष भयो । पृथ्वीमा जीव र वनस्पतिको सुरुवात त्योभन्दा निकै समय अघि भएको हुनुपर्छ । सृष्टिको सुरुदेखि आजसम्म जीव र जीवहरूबीच, वनस्पति र वनस्पतिहरूबीच तथा जीव र वनस्पतिहरूबीच आ–आफ्नो अस्तित्वका लागि सङ्घर्ष हुँदै आएको छ । यस सन्दर्भमा वनस्पति र जीवहरूले विभिन्न प्रजातिका भाइरस र ब्याक्टेरियाको सामना गर्दै आफ्नो आनुवंशिकतामा प्रतिरोधी गुणहरू सामेल गराउँदै वर्तमान अवस्थासम्म आएका होलान् । यिनीहरू समयको लामो अन्तरालमा यस्ता कोरोना भाइरसजस्ता असङ्ख्य भाइरस र ब्याक्टेरियासँग लड्दै आएका होलान् र हालको वा जुनसुकै अवस्थाका भाइरससँग लड्न सक्ने भएका होलान् । खालि यिनीहरूको गन्ध (लड्ने अस्त्र) लाई यथास्थितिमा छिटोभन्दा छिटोभित्र पसेका भाइरससँग सम्पर्कमा पु¥याउन सक्नुपर्ने होला । छिटोभन्दा छिटो पु¥याउने माध्यमहरू कुन–कुन हुन् र कसरी सकिन्छ, कुन भाइरससँग सम्बन्धित र सुहाउँदो जडीबुटी कुन–कुन हुन्, पत्ता लगाउन सक्नुपर्छ । थेरापीहरू जति ढिलो भयो रोग उति जटिल हुन जान्छ । लसुन पेटमा पच्न धेरै समय लाग्छ । छिटो फैलने भाइरसलाई काँचो लसुनको गन्धसँग यथास्थितिमा छिटोभन्दा छिटो शरीरको अङ्गभित्र सम्पर्क गराउन ढिलो हुन सक्छ । यसैले नाक, मुख, पैताला, काखी वा श्वासबाट लसुनको गन्ध भित्र पठाउँदा भाइरस नियन्त्रण गर्न प्रभावकारी भएको हो । श्वासबाट फोक्सोमा भाइरस जति छिटो पुग्छ लसुनको गन्ध पनि त्योभन्दा छिटो पुग्छ र आपसमा प्रतिक्रिया भई तुरुन्त नियन्त्रण हुन्छ ।
शरीरको अङ्गभित्र पसेका भाइरसलाई तिनीहरूकै प्रतिरोधी क्षमता भएको तर मानिसको शरीरलाई बानी परेका गन्धहरू छिटोभन्दा छिटो सम्पर्क गराई नाश गर्न सकिन्छ । यसका लागि प्याज, लसुन, अदुवा, बेसार, चन्दन, धुप आदि प्रयोग गर्न सकिन्छ । यस्तै यज्ञमा हवन गर्दा आउने गन्धहरूबारे पनि विस्तृत अनुसन्धान हुन जरुरी छ ।
माथि उल्लेख गरिएका थेरापी चामत्कारिक त छँदै छ, प्रारम्भिक र नौलो पनि छन् । तर, प्रयोग गर्ने अन्यले कस्तो नतिजा प्राप्त गर्छन् भनेर प्रामाणिक रूपमा भन्न अहिले सकिँदैन । यी विधिलाई अनुसन्धान र अध्ययन गरी भरपर्दो र विश्वासिलो बनाउनेतर्पm सबैको ध्यान जाओस् ।