logo
२०८१ मंसिर ९ आईतवार



वुहान पुनः मुस्कुराएको कथा

शनिवार |


वुहान पुनः मुस्कुराएको कथा


 रञ्जना निरौला

संसारलाई ग्रस्त, रुग्ण र ठप्प पार्दै लाखौँ मानिसलाई आफ्नो सिकार बनाइसकेको कोभिड–१९ को सुरुवात र विस्तारको कथा भने अर्कै छ । कोरोनाबाट सुरक्षित रहन सबै सचेत छन् भने सरकार रोकथाम गर्न र विज्ञान औषधि बनाउन लागिपरेको छ । बन्दाबन्दीको बन्दीगृहमा बस्दाबस्दै एउटा किताब हात प¥यो– ‘साहस र दृढ सङ्कल्पका कथाहरू’ । जसमा चीनको वुहानले भोगेको कोरोनामय सुरुवाती दिन, त्यसको प्रभाव र चिनियाँ सरकारले देखाएको प्रसंशनीय र अभूतपूर्व कार्यको वर्णन छ । डा. विमल सुवेदीले अनुवाद गर्नुभएको यो पुस्तकमा चिनियाँ जनताको माया र वुहानले पाएको प्रेम, सहयोग, धीरता र विश्वास समेटिएका छन् । वुहानवासी र सारा चीन कसरी एकजुट भएर यो भाइरसविरुद्ध लड्दै विनाशबाट जोगिन सफल भयो भन्ने यथार्थ पढ्दा कतिपटक मेरा आँखाहरू भिजे । साँच्चै वुहान नायकहरूको सहर र बहादुर नायकहरूको बस्ती हो । प्रोत्साहन र ऊर्जा भर्ने यो पुस्तकले राष्ट्रप्रेम र निःस्वार्थ भाव पनि जगाएको छ ।
पुस्तकमा कोरोना जन्मिएर बन्दी भएका वुहानका कथाहरू, व्यथाहरू, सहयोग, साहस र लगनशीलतका धेरै कुरा पढ्न पाइन्छन् । पाँच अध्यायमा विभाजित यो पुस्तकको ‘वुहान एकता नै बल हो’ शीर्षकले सम्पूर्ण अध्यायलाई समेटेको छ । अनि सबै अध्यायले कोराना त्यसको असर, रोकथाम र वुहानवासीको धैर्य र सारा चीनको एकताको वर्णन गर्छ । अध्याय एकमा वुहानका नियमित नायकहरू उपशीर्षकमा क्यामेरामेनका आँखामा वुहान, वुहानका बासिन्दा लकडाउनमा, सहरमा नायकहरू, उपचारपछि निको भएकाका कथाहरू छन् । क्यामेरामेनले वुहानको रित्तो सडक, पैदल हिँडेका कर्मचारी, अस्पतालको भीडभाड, बन्दाबन्दी, वृद्धवृद्धाका तस्बिरहरू अक्षरजस्तै इतिहास हुन् भनी कोरोना कहरको छाँयालाई जीवन्त पारेका छन् । महामारीले प्रहार गरेपछि जोखिममा रहेका जीवनको कष्टमय अवस्थाका आफ्ना व्यक्तिगत अनुभवलाई युयान छिङले कोरोनमय सुरुवाती चार दिनको मार्मिक चित्र प्रस्तुत गरेकी छन् । मनोविज्ञान परमर्शदाता चिआङ मिनले बन्दाबन्दीमा वुहानले बिताएका दिन र अवस्थाको वर्णन गरेर आफू र आफ्ना परिवारले वुहानलाई गरेको माया दर्शाएका छन् । कर्मचारीहरूले देखाएको हठी र स्वाभिमानीपन, बिरामीले १४ दिनसम्म अस्पतालमा बिताएको अनुभव, नर्स आफैँ सङ्क्रमित भएपछि कसरी एकान्तवासमा आफैँले आफैँलाई निको पारेर काममा फर्किन भन्ने कुरा यो अध्यायमा पाइन्छ । वुहानवासीले वुहान र वुहानमा रहेकाप्रति गरेको काम, कर्तव्य र साहसका यी कथाहरू मार्मिक छन्, धूँवा र बारुदविनाको युद्धभूमिमा ।
अध्याय दुईमा
‘चिकित्साकर्मी कोरोना भाइरसको जोखिमसँग लड्दै जीवन बचाउँदै’ शीर्षकमा सात उपशीर्षक छन् । मैले देशका लागि, जनताका लागि, वुहानका लागि गर्नैपर्छ भन्ने भावना बोकेर मृत्युको चुनौतीलाई सामना गर्दै निरन्तर सेवाको युद्ध जारी राख्ने ती कर्मठ र लगनशील सेतो पोसाकका देवदूतहरूको अति नै मार्मिक कथा छ । चिकित्सकले आफू निको नहुने रोगबाट ग्रस्त हुँदा पनि एकछिन नथाकी मानवीय सेवाभावको ऊर्जाले कसरी अस्पताल, बिरामी र स्वास्थ्यकर्मीका ऊर्जाका स्रोत बनिरहे भन्ने वर्णन छ । जुन सबैका लागि प्रेरणादायी बनेको छ । कोरोनाको भयङ्कर तर अदृश्य प्रकोपलाई जित्नका लागि चीनभरिका राज्यबाट आएका स्वास्थ्यकर्मी, सुरक्षा स्वास्थ्यकर्मीले रात–दिन नरोकिईकन खटेको कुरा पढ्दा साँच्चै श्रद्धा जाग्दछ ।
अध्याय तीनमा कोरोनाका बिरामीका लागि मात्र भनेर हुओसनसान अस्पताल निर्माण गर्दा प्रत्येक मिनेट–मिनेटले लिएको महŒव दर्शाइएको छ । एक हजार शøयाको सुविधासम्पन्न यस अस्पताल १० दिनमा निर्माण गरिएको हो । सात हजारभन्दा बढी मानिसले दैनिक चौबीसै घण्टा काम गरेर संसारमा चिनियाँ एकता, चीनको शक्ति, श्रम अतुलनीय, अभूतपूर्व र चमत्कारमय छ भन्ने कुरा यो अस्पताल निर्माण गरेर प्रमाणित गरिदिएको छ । अस्पताल बनाउने कर्मचारी, कामदार, स्वयम्सेवक र देशभरिबाट निर्माणसामग्री रातारात जम्मा पार्नु अत्यन्तै प्रेरणायुक्त कथा बनेको छ । यसैगरी, देशभक्तिको भावनाले समयसँग गरेको प्रतिस्पर्धा र अनवरत खटिएका श्रमिकको कथाप्रति श्रद्धा जाग्दछ । वुहानबाट सुरु भएर देशभरि फैलिएको महामारी र समस्त देशबाटै वुहानलाई गरेको सहयोग र माया पठनीय र मननीय छ । २० जनाले १२ घण्टामा तीन लाख मास्क उत्पादनमात्र गरेनन्, अस्पताल र बजारमा पनि पठाए । मातृभूमि र जनतालाई आवश्यक पर्दा ज्यानको बाजी लगाएर लिउ छ्वानचानजस्ता बहादुर विमान चालकले पटक–पटक स्वास्थ्यकर्मीको टोलीलाई वुहान पु¥याए । वुहानलाई चीनका विभिन्न प्रान्तबाट रातारात किसानहरूले तरकारी, प्याज, आवश्यक सामान बोकाएर पठाएका वाहनहरूले ३० घण्टा लामो रिलेदौड गरेर वुहानलाई अभावमुक्त बनाउन गरेका काम घतलाग्दा मात्र छैनन्, हृदयलाई तरङ्गित पार्दछन् । न्यु स्काई हेलिकोप्टर कम्पनीले सित्तैमा औषधि ढुवानी गरेको छ, युवाले आफ्नै खर्चमा मास्क र गगल्स अस्पतालमा पु¥याएका छन्, कोरोना सङ्क्रमणको जोखिम मोल्दै पत्रकार सङ्क्रमण भित्रभित्र छिरेका छन् । समुद्रपारि बस्ने चिनियाँहरूले जहाँबाट जे गरेर सहयोग गर्न सकिन्छ, त्यो गरेका छन् । गीत रचेर, गाएर, साना–साना वाक्यहरूका प्रोत्साहन लेखेर, वी च्याटमार्फत जानकारी दिएर । वुहान र वुहानवासीलाई चाँडै निको हुन गरेको प्रयास, सहयोग, सद्भाव कम लोभलाग्दो छैन ।
यस्तै ‘साझा भविष्ययुक्त विश्व समुदाय’ शीर्षकमा चीनले महामारी फैलनलाई रोक्न अभूतपूर्व उपाय अवलम्बन गरेको वर्णन छ । अस्त्रशस्त्रविनाको यो घातक युद्धमा विश्वका धेरै देशले चीनलाई गरेको सहयोग र मायाले वुहानलाई चाँडै निको हुन सहयोग ग¥यो । फ्रान्स, अमेरिका, बेल्जियम, अरब, रसिया, बेलायत, कम्बोडिया, पाकिस्तानलगायत देशले गरेको माया, सहयोग, सद्भाव र प्रोत्साहनलाई आपतकालमा नै सही मित्रको पहिचान हुन्छ भनेर चीन कृतज्ञ बनेको छ ।
यो पुस्तक कोरोनाका विषयमा आमसञ्चारको ठूलो क्षेत्रलाई समावेश गरिएर लेखिएका लेख र प्रतिवेदनहरूको सङ्ग्रह हो । २०२० को चिनियाँ नव वर्ष ढोकैमा आइपुग्दा चीनको वुहानमा राज गर्न आएको कोरोनाले वुहानमा खुसीका सबै ढोका बन्द गरिदिएको थियो । महामारीको विध्वंसकारी युद्धमा होमिएका चिनियाँहरूले रोग नियन्त्रण गर्न जनाएको समर्पण, ऐक्यबद्धता, उत्साह, जाँगर, सद्भाव र अनुशासनको मार्मिक र साहसिक कथाले भरिएको यो पुस्तकका प्रत्येक अक्षर–अक्षरले प्रेरणा र प्रतिकूल अवस्थामा पनि संयमसाथ अघि बढ्ने शिक्षा दिन्छ ।
कठिन परिस्थितिमा एकले अर्कोलाई गर्ने सहायता र एकता नै विजयका लागि शस्त्र हो । रोग देखापर्नासाथ २४ घण्टे उद्धार र उपचार अभियान, जनताको उच्च आत्मविश्वास, धीरता, एकता, अनुशासन साथै विश्वका अन्य राष्ट्र एवम् जनताको सहयोग र सद्भावबाट यो शस्त्र प्राप्त भयो र चार महिनाभन्दा कम समयमै यो महामारी नियन्त्रण हुन सक्यो । पुस्तकमा लेखिएका महान् र वीर योद्धाका वास्तविक कथा असाध्यै डरलाग्दो युद्ध प्रतीत हुन्छ ।
सुदृढ र प्रभावकारी उपाय अवलम्बन गरेर सिङ्गो चीन र यसका प्रदेशले महामारीको केन्द्रबिन्दु वुहानमा रोगविरुद्धको युद्धमा सामेल भएर वुहानमा पुनः चेरी फुल्ने र वुहान मुस्कुराउने वातावरण बनाउन गरेका सङ्घर्षका कथा असाध्यै मननीय र मार्मिक छन् । उच्चस्तरको भाषा अनुवादद्वारा पुस्तक एक जीवन्त र सुन्दर गद्य साहित्य बनेको छ । पढ्दापढ्दै वुहान पुगेको आभास गराउने यो पुस्तकका शब्द–शब्दसँग मन आन्दोलित हुन्छ, प्रार्थना गर्छ र ती वीर योद्धाप्रति श्रद्धा गर्छ । म यही भन्छु, हो वुहान ! एकता नै बल हो । साहस र दृढसङ्कल्पका नायकहरूलाई सलाम छ । वुहान तिमी चाँडै उठ र मुस्कुराऊ । अनि चेरी तिमीले फुलेर सदाझैँ वुहानको शृङ्गार गर ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?