logo
२०८१ मंसिर ९ आईतवार



समयको बुलेट पाङ्ग्रा

कथा

शनिवार |


समयको बुलेट पाङ्ग्रा


विनोद दीक्षित

मित्र शान्तबहादुरको ‘अर्ली मुन’ रेस्टुराँमा हामी तीन मित्र अर्थात् म, सुरेश मानन्धर र दिनेश शर्मा पुग्यौँ, अनि कुनामा रहेको एउटा टेबुलनिर गएर बस्यौँ । झोलाबाट सिन्जानो निकालेँ । सुरेशले हातमा लिएर ओल्टाइपल्टाइ हेरेपछि भन्यो, ‘यसमा त २५ प्रतिशत मात्रै अल्कोहल छ ।’ अनि एकछिनपछि इसाराले शान्तबहादुरलाई बोलाएर ‘मलाई ब्ल्याक लेबल पठा, आइस बक्स र सोडासहित’ भनेपछि फेरि उसले भन्यो, ‘शान्त सुन् न, घरीघरी किन ? मैले कति खान्छु तँलाई थाहा छँदैछ, बरु सबै एकैपटक पठा ।’
गिलासमा राखेको आधी जस्तो हामीले सिध्याइसकेका थियौँ, दिनेशले नाम मात्रको बीस एम्एल् जति सिध्याएको थियो । ऊतिर हेर्दै सुरेशले भन्यो, ‘के ग¥या बाज्या ?’
सङ्कोचले भए पनि सकिनसकी गिलासको सबै सिध्यायो दिनेशले । ‘आज मुड खराब भएको छ, प्यासिभ छ ।’ सुरेश मानन्धरले चिकेन पकौडा चपाएपछि भन्यो । म र दिनेश मुस्कुरायौँ, मैले भनेँ, ‘अर्को कुनै आइटम मगाएपछि मुड याक्टिभ भइहाल्छ ।’
‘के भनेको ?’ सुरेशले बुझेन ।
‘एक प्लेट मात्र देखेर मुड खराब भएको ?’
‘होइन, बिहानैदेखि मुड खराब छ । त्यसैले त तिमीहरूलाई आज जसरी भए पनि आऊ भनेको, मेरो मुड कोहीसित चित्त नबुझेर, श्रीमतीसित झगडा वा कसैसित कचिङ्गल भएर होइन । मेरो मुड दुःखित छ, हृदयविदारक घटना सम्झिएर र आज बिहान त्यही घटनाको नराम्रो विसर्जन भएको प्रत्यक्ष देखेर ।’
अचानक सुरेशमा गम्भीरता देखेर हामी छक्कै प¥यौँ ।
उसले भन्यो, ‘समयको गतिसँगै मानवका मूल्य–मान्यतामा फरक आउँदोरहेछ । हेर्दा ठीकै लाग्छ, गरोस् पनि के ? तर होइन, आमा भनेको आमा नै हो, जन्म दिने, हुर्काउने, बढाउने ।’ गालाभरि मुस्कानसहितको उज्यालो अनुहार भएको दिनेशले भन्यो, ‘मातृऋण त कुनै सन्तानले तिर्न सत्तैmन, आमा भनेको आमा हो । ...मेरो घरबाट अलि भित्र केशवमानको घर पर्छ । केही कोठा भाडामा दिएर उसको बुबा एक दशकभन्दा अगाडिसम्म जिम्बु, हिङ, हर्रोबर्रो, सुठो इत्यादिको पसल नै नखोली घरैबाट व्यापार गर्थे अर्थात् त्यस्तो सामानको जुन हत्तपत्त बजारमा पाइँदैन, असन नै जानुपर्छ र दुईचार पसल चहार्नुपर्छ किन्नलाई । सुनेअनुसार बूढा पैसा जोगाइराख्न खप्पिस थिए । त्यस्तै पर्दा मात्रै, नत्र लुगाफाटा र चाहिने सामान पनि किन्दैनथे । खाना पनि साधारण । दुई छोरा र दुई छोरीमध्ये जेठो छोरा सानै हुँदा बितेछ अनि छोरी, त्यसपछि केशवमान अनि उसकी बहिनी ।
जेठी छोरीको राम्रै ठाउँमा बिहे भयो । कान्छी छोरीलाई रामेछापको एक सिपाहीले भगाएर लगेछ । तीनवटा बच्चा पाएर बाबु जीवित हुँदा नै जेठी छोरीको देहान्त भयो भने कान्छी छोरी बाह्रतेह्र वर्षअघि आफ्ना दुई छोरामध्ये कान्छोलाई लिएर आएकी थिइन् । केशवमानका पिताको मृत्यु भएको दस वर्षजति भइसकेछ । केशवमानले बीए पास गर्न नसके पनि बिहेचाहिँ ग¥यो । सासू–बुहारीबीच नित्य झगडा हुने, केशवमानचाहिँ आफ्नी श्रीमतीपट्टि लाग्ने । खरिदारको पदमा जागिर खाएको केशवमान पछि नासु भयो र अहिले तेह्रथुमको सरकारी अस्पतालमा सेक्सन अफिसर स्तरको पदमा छ ।’ यति भनेपछि सुरेश चुप लाग्यो र डबल पेगजति हालेर सोडा हालेपछि गिलासमा रहेको आधीजति रक्सी सिध्यायो ।
‘हाम्रो कानुनमा केही संशोधन गर्नुपर्छ जस्तो लाग्छ ।’ सुरेशले प्रसङ्ग बदलेर भन्यो । ‘कस्तो, कुन कानुनमा ?’ मैले सोधेँ । ठ्याक्कै मैले सोध्ने बेलामा दिनेशले भन्यो, ‘बाबुआमा रहुन्जेल छोराछोरीहरूलाई सम्पत्ति दिन नपाइने वा दिए पनि एउटा खास रकमसम्मको सम्पत्ति मात्र तर पूरै पास गर्न नपाइने ।’
‘हो–हो, त्यस्तै–त्यस्तै, बूढो बाउ र आमालाई बिल्लीबाठ हुने गरी छोराछोरीलाई सम्पत्ति दिन नपाइने ।’ सुरेशले भन्न थाल्यो, ‘घरलाई बैङ्कमा जम्मा एक लाखमा बन्धकी राखेर पन्चानब्बे हजार वृद्धाश्रमलाई ति¥यो । अनि आमालाई त्यहाँ पु¥यायो । आमा बस्न नसकेर ती अवधिमा तीन पटक भागेर घरमा आइन् । तर केशवले बिहानै फेरि पठायो । सातआठ दिनपछि फेरि भागेर आइन् । केशवले दोस्रो पटक वृद्धाश्रम लग्दा बूढी आमा बच्चाले रोएको जस्तो डाँको छोडेर रोइन् ।
वृद्धाश्रममा राखेको एक महिनापछि नासुको तलब पाउने गरी आफ्ना बच्चा र श्रीमतीलाई लग्यो । दसौँ वर्ष भाडामा बसेको एक परिवारलाई अरू कोठाको पनि भाडा उठाउने अख्तियारी सबैका सामु दिएर बैङ्कको सावाँ ब्याज हरेक महिना तिर्नू, रसिद र कागजअगाडिको सानो ग्रोसरीको मालिकलाई, जो टाढाको नाता पर्दथे, दिनू भनेर बिदा भयो । अढाई वर्ष भयो केशवमान गएपछि आएन । महिनाअघि श्रीमतीको अनुरोधमा हामी दुवै बूढीलाई हेर्न गयौँ । दुब्लाएकी रहिछिन् । कम बोल्ने भइछिन् । सोध्दा टाउको हल्लाएर, हात हल्लाएर जवाफ दिने । उनले भनेको कुरा ठम्याउनै गाह्रो ।
श्रीमतीले फलपूmल र केही मिठाई लगिदिएकी थिइन् । हिँड्ने बेलामा उनले सयसयका दसवटा नोट, बिस्कुट, हर्लिक्स खानुहोला भनेर छोडिन् । बूढी सारै दङ्ग परिन् । अनि बल्ल होसमा आएको जस्तो भयो हामीलाई, सोध्न थालिन् छिमेकबारे ।
आज बिहानै ग्रोसरीका मालिकले बूढीको राति देहान्त भयो भनेर जानकारी दियो । मेरो गाडीमा हामी पाँच जना गयौँ । लास हामी पुगेको एक घन्टापछि मात्र ल्याए । हामीले मुखमा जल चढायौँ । नातेदार कोही थिएन । केशवको हजुरबुबाको सौतिनी बहिनी पर्नेको नाति ग्रोसरीवाल र उसकी श्रीमतीबाहेक ।
आज बिहान घर फर्कंदा साढे नौजति बजेको थियो । छोरा केशवमानलाई फोन गरिदियौँ उसको अफिसमा । मृत घोषणा भएपछि उनको सामान वृद्धाश्रमले एकातिर राख्न खोज्दा ती दसवटा सयका नोट जस्ताको तस्तै डस्नामुनि रहेछ, अनि मृत भएको खबर ग्रोसरीका मालिकलाई भन्दा ती नोट के गर्ने भनेर सोधेछन् । उनले जबाफमा दाहसंस्कारमै खर्च गदिदिनू भनेर उचित कुरा भने ।’
यसपछि दिनेश बोल्यो, ‘मेरो मामाको छोराको भैँसीपाटीतिरको घरछेउमा अलि फराकिलो ठाउँ छ । त्यहाँ वडाका केही धनाढ्य व्यक्तिको र वडाको सहयोगमा भव्य शिव मन्दिर बन्यो । मन्दिरका चारैतिर बस्ने फलामको बेन्चहरू पनि राखिए । मन्दिरले ओगटेको जग्गा तीन रोपनीजति छ । अनि गर्भगृहमा पस्न छसात खुट्किला चढ्नुपर्छ । माथि चारैतिर स्ट्यान्डर्डका ढुङ्गा छापिएका छन्, तलको कम्पाउन्डमा जस्तै फलामका तीनचार जना बस्न हुने चारवटा बेन्च छन् ।’
‘भाइकी छोरीको बिहे भएकाले चारपाँच दिन बस्ने गरी पोहोर म भैँसीपाटी गएको थिएँ ।’ भन्दै थियो दिनेश । बिहान बार्दलीबाट हेर्दा धोती, अनि पाकेट भएको सिलाएको गन्जीलाई रामनाम लेखिएको पातलो ओढ्ने ओढेर बिस्तारैबिस्तारै मन्दिरतिर हवाई स्लिपर लगाएर एक बूढा गइरहेका थिए । अनुहार उनको हेर्दा लाग्यो, उनी पहाडिया मूलका तराईमा बस्ने ब्राह्मण हुनुपर्छ ।
भोलिपल्ट म मन्दिर दर्शन गर्न भनेर र उनीसित कुरा गर्ने हिसाबले गएँ । उनले पूजापाठ गरी चन्दन लगाएर सके श्लोक पाठ गर्दै थिए एकदमै सुस्तसुस्त तवरले मानौँ शरीरमा कुनै ताकत बाँकी छैन जस्तो । म उनलाई कुरेर बसेँ ।
केहीबेरपछि आएर बेन्चमा बसे । मैले, ‘हजुर, म ऊ त्यो घरमा बस्छु ।’ भनेर आफ्नो नाउँ र केटाकेटीमा हुर्केको तराईको सहर र गाउँको नाउँ लिनेबित्तिकै—‘मेरो गाउँ भने पनि जे भने पनि अहिलेको महोत्तरीमा पर्छ, यता जनकपुरमा पनि घर थियो । हुन त जनकपुर पनि धेरै पहिलेको महोत्तरीमै छ ।’ ती वृद्ध ब्राह्मणले भने ।
‘जनकपुरको घर के भो ?’
उनी आक्रोशित हुँदै भने, ‘अब गाउँमा केही धुर मात्र जग्गा बाँकी होला । गाउँको सम्पूर्ण जमिन कान्छोले खायो, अमेरिकामा सपरिवार छ । जेठो छोरोले जनकपुरको घर सस्तोमा बेच्न लगायो र मलाई काठमाडौँमा ल्यायो र मेरो यो गति बनायो ।’ मैले भनेँ, ‘जनकपुरको घर बेच्ने सहमति किन दिएको त, गल्ती तपाईंकै हो ।’
‘हैन, अब हामी पहाडियालाई अनेक सास्ती दिएर लखेट्नेछन् भन्ने छोरा र अन्यका कुरा सुनेर म डराएँ ।’ उनले भने ।
‘दुवै छोराप्रति आक्रोशित हुनुभएको बुझियो ।’
‘हेर्नोस् बाबु, सन्तान साना हुँदा सोचिन्थ्यो, यो छोरा बढ्ला, कमाइ गर्ला...।’
‘गलत सोचाइ, तपाईंले आफ्ना लागि र छोराका आमाका लागि सोच्नुपर्ने, जस्तोसुकै गिडगिडाहट पनि सम्पत्तिका नाउँमा आफ्नो हातै काटेर दिन नहुने ।’
‘आफ्ना बाबुआमालाई हेर्नुपर्ने हाम्रो रीतिरिबाज हो, हाम्रो धर्म र संस्कृति हो । अहिले बूढी त छैन, जनकपुरमै हुँदा वैकुण्ठधाम गई, छोरी सुमिताले हेर्थी उनलाई जनकपुरमा । तर म एक्लो बूढोलाई झुक्क्याउँदै बाँकी भएभरका सम्पत्ति बेच्न लगाएर आपूm मोज गर्ने अनि मलाई राम्रो, स्वस्थ पार्ने डाक्टरलाई पनि नदेखाउने, बिहान र बेलुका दालभात तरकारी, दिउँसो पाउरोटी चिया मात्र खुवाउने, छोराहरू बोर्डिङमा पढ्छन्, आपूm दुवै जना काम गर्छन् । मलाई चाहिँ उपेक्षा, म कुकुर बिरालो हुँ । त्यस्तै ठान्छन् त !’
दिनेशले यसो भनेपछि हामीलाई लाग्यो; समयले समयलाई पछाडि छोड्यो प्रत्येक पल घामको रफ्तारबाट अगाडि बढिरहेछ बुलेट पाङ्ग्रा हालेर भन्ने कुरा मानिसहरू बुझ्दैनन् । पुस्ता दरपुस्ताबीचको खाडल त्यसैले त हुने गर्छ ।
मैले भनेँ, ‘सुरेश, तिमीले भनेको र दिनेशले गर्ने गरेका व्यवहारका चरित्र एकैखाले हुन् । यो रोक्न त सकिन्न तर कानुनद्वारा केही हल्का रूपमा सुधारसम्म गर्न सकिन्छ सम्पत्तिको हकमा ।
बाबुआमाले जसरी आफ्ना छोराछोरी हुर्काउँछन्, माया गर्छन्, तिनका चित्त बुझाउँछन्, त्यसै गरी समय बितेपछि ठूला भएका आफ्ना छोराछोरीबाट बूढो भएपछि त्यस्तै किसिमका मायाप्रेमको आशा गर्छन् । छोराछोरी ती बूढाबूढीका आशा पूरा गर्न सत्तैmनन्, बरु ती आफ्ना छोराछोरीतर्पm आफ्ना मायाको अधिकांश भाग खर्च गर्छन्, आफ्ना बच्चाप्रति ध्यान दिन्छन् । बाबु वा आमाका निम्ति औषधी किन्नु छ भने ‘जाउँला नि’ भन्ने, तर बच्चा बिरामी हुँदा एक पल पनि ढिला नगरी औषधी लिन जान्छन् । बूढा बाबुआमा यी सब टुलुटुलु हेरिरहन्छन् । मनमनै मुर्मुरिन्छन् तर सहन नसक्दा सङ्ग्रह भएका आफ्नो आक्रोश एकैपटक पोख्छन् । पुस्तापुस्ताबीचको खाडल यही हो । बाबुआमा आफ्नो जवानीलाई भुल्छन् अर्थात् आफूले आफ्ना बाबुआमालाई आफ्ना छोराछोरीभन्दा बढी माया गरेकै हो वा हैन ?
यही हो मानवजगत्को रीत । त्यसैले त श्रवणकुमारलाई यो समाजले सम्झने गर्छ ।’
सुरेशले भन्यो, ‘सम्पत्ति अलिकति हुनेले पूर्ण जीवन बाँच्न पाउनुपर्छ आफ्नै घरमा, आफ्नै औकातअनुसार । वृद्धाश्रम त कोही नभएका, सम्पत्ति नभएका, आयस्रोतको सम्भावना नभएकाहरूका निम्ति मात्र हुनुपर्छ ।’
‘आमाको नाउँमा रहेको सम्पत्ति केशवमानले आफ्नो नाउँमा गरेजस्तो नियम–कानुन होइन, बाँचुन्जेल आमाबाबुले उपभोग गर्न पाउने गरी संशोधन गरिनुपर्छ ।
हजुरबा–हजुरआमाले छोराछोरीसित चित्त दुखाएर आफ्नो भान्छा अलग गरे पनि वा छोरा–बुहारीसित बोलचाल बन्द गरे तापनि झ्यालमा बसेर साना नातिनातिनाका अबोध बोली सुन्न पाउनुपर्छ, तिनीहरूले खेलेको हेर्न पाउनुपर्छ ।’
मैले यसो भन्दा वाह, वाह भनेर आफ्ना गालाभरि हँसिलो मुस्कान छर्दै सुरेशले ताली बजायो, अनि दिनेश पनि केको चुप लाग्थ्यो, उसले पनि ताली बजाएर सुरेशलाई साथ दियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?