logo
२०८१ मंसिर ९ आईतवार



झ्याउँकीरी गान (कविता)

शनिवार |


झ्याउँकीरी गान (कविता)



वासुदेव अधिकारी

प्रिय बन्दाबन्दी,
कोइली मिठो गाउँछ
एक्लै गाउँछ
झ्याउँकीरी कर्कश गाउँछ
तर समूहमा गाउँछ
तिमीलाई थाहै छ
कसले मिठो गाउँछ ?
कसले ओजिलो गाउँछ ?

कोइलीको गानमा
राग छ
अनुराग छ
ऋतु आमन्त्रण छ
वाह, कोइली !

झ्याउँकीरी
एक्लै बास्दैन
एक्लै गाउँदैन
जब गाउँछ
वनपाखा गुञ्जाउँछ
समूहमा गाउँछ
कोरस नै मन पराउँछ
आवाजमै समर्पित हुन्छ

प्रिय देशवासी,
हामी पनि गायक हौँ माटोको
चलाखहरू कोइली गाऊ
हामी झ्याउँकीरी गाउँछौँ
स्वरमा ईष्र्या किन ?
जसरी पनि देश सुसेल्ने हो
कण कण माटो गाउने हो

माटो गायनको क्षण
कोरसमै रमाऊँ
गुप्ति एसएमएस नहेरुँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?