logo
२०८१ मंसिर ९ आईतवार



विचलन र विसङ्गतिमाथि प्रहार

शनिवार |


विचलन र विसङ्गतिमाथि प्रहार


नेपाली कवितामा विभित्र प्रयोग र परीक्षण भएका छन् । आफ्नो समयमा सबैले एकैखाले कविता लेखेनन् । जसले जे लेखे त्यही शैली र भाषा तिनका मौलिक परिचय बनेका छन् । कालक्रमिक चेतनामा आधारित राजनीतिक, सामाजिक, आर्थिक वा भूूसांस्कृतिक विम्ब र प्रतीकका घनत्वले निर्मित समकालीन कविताको शैली र स्वरूप धेरै फराकिलो भइसकेको छ । साहित्यका अन्य विधाका तुुलनामा सङ्ख्यात्मक रूपबाट धेरै लेखिने विषय कविता विधा नै हो । यो सरल भएर त्यसो भएको होइन । अभिव्यक्ति सम्प्रेषणमा यसको लोकप्रियताको सम्भावना प्रशस्त भएर नै कविता लेखनको सङ्ख्यात्मकता वृद्धि भएको हुनुुपर्दछ ।
कवितामा अनेकौँ आन्दोलन आए । वादका प्रसङ्गहरू पनि देखा परे तर केही कविलाई ती आन्दोलन, वाद र परीक्षणले अलिकति पनि असर पारेन । स्वयं तिनीहरू आफ्नो राजमार्ग निर्माण गरेर अघि बढिरहे । तिनमा एक्लो यात्री बनेर देखापर्ने कवि हुुनुहुुन्छ– आर.डी. प्रभास ‘चटौत’ । उहाँको काव्यगुुणको आफ्नै मौलिक परिचय छ र आफ्नै धरातलीय स्वरको साङ्गीतिक सारेगम पनि । नेपाली कवितामा पृथक् व्यञ्जनका स्वाद र शैलीले देखापर्नुुभएका आर.डी. प्रभासलाई अरू कसैसित तुुलना गर्न सकित्र । उहाँका अधिकांश कवितामा देश र जनताका पीडा छन् । मानवतावाद र अन्तर्राष्ट्रवादका पृष्ठपोषणमाथि उपचारकका उद्घोषहरू छन् ।
नेपालको सुदूूर पश्चिम डडेल्धुुराको दिव्यावती डुुंगरी बगरकोट भत्रे गाउँमा वि.सं. १९९३ मा जन्मनुभएका कविवर आर.डी. प्रभास ‘चटौत’को नयाँ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ‘सत्ताको सत्ता’ । यसमा ४७ वटा कविता सङ्कलित छन् । ‘सत्ताको सत्ता’मा ‘कालपात्र र कालचिन्तन’को विशिष्ट प्रस्तुतिमाथि आकर्षक विमर्श गरिएको छ । प्रत्येक कविता भित्राभित्रै भावभूूमिमा लेखिएका छन् । तिनले वर्तमान नेपाल र नेपालीका दर्द, कष्ट, चुुनौती र विसङ्गतिलाई काव्य सम्प्रेषणको कुुशाग्रताद्वारा पाठकीय ग्राह्यकर्मका निकट पुु¥याएका छन् । देशमा व्याप्त भ्रष्टाचार, अन्योल, अनियमितता, सांस्कृतिक विचलन, प्राकृतिक प्रकोप, प्रेमानुुभूूतिमाथि उत्पत्र सङ्कट, शहीद र वीरहरूप्रति गरिएको उपेक्षामाथि क्षोभ, वृद्ध बाबुुआमाप्रति गरिएका तिरस्कारबाट उब्जाएको अन्योलग्रस्तता जस्ता समाजका सूूक्ष्म विषयमाथि केन्द्रित भएर लेखिएका यी कविताले समस्यामात्र देखाएका छैनन्, निराकरणका उपाय पनि खोजी गरेका छन् । देश दुुनियाँमा देखापरेका विकृति र असामान्य अवस्थितिको उद्घाटन गर्ने क्रममा कविले ‘बौद्धिक दिवालियापन जस्तो अनर्थ र शक्तिको मदान्धता’लाई पनि संवेदनशील ढङ्गबाट सम्प्रेषण गर्नुुभएको छ । यस सङ्ग्रहका कविता प्रयुुक्तिमा तसलिमा, गोर्की, पुुस्किन, रेहनेह र पोपजोन द्वितीयजस्ता अन्तर्राष्ट्रिय चरित्रका पात्रहरूलाई भित्र्याएर प्रतीक प्रयोगको नवीनता थालिएको छ । लौकिक रूपमा कवि ‘विशिष्ट प्रकारको रमणीय र अनुकरणीय रचनाको सर्जक’ भएको हुुँदा आर.डी. प्रभासको ‘कविर्मनीषि परिभूू स्वयम्भूूः’ भित्र परिकारमा देखापरेको नूूतन काव्य व्यञ्जन सावित भएको छ ।
नेपाली कवितामा ‘कल्पनातत्वको महत्ता र उपयोगिता’ माथि बढी चर्चा र प्रयोगहरू भएका छन् । मनको ऐश्वर्य, वैभव र तर्कको उच्चतर मानसिकताको दोस्रो नामलाई कल्पनाशक्ति ठह¥याएका छन् वर्डस्वर्थले । यिनै कल्पनाशक्तिका ऊर्जामा जीवन र जगत्का अनेक अनुुभूति समेटिएका हुुन्छन् । तथापि यी अनुुभूूतिका योगमा कवि चटौतको कल्पनाचाहिँ सौन्दर्यगत सत्यका निकट छ, यथार्थपरक सार्वभौम निकट ‘दिव्य प्रेरणा’ र ‘परिष्कृत आनन्द’ बनेको छ । आर.डी. प्रभासको कवि सस्तो लोकप्रियताको चर्चामा नआएको मात्र हो तर उहाँ साधारण मनुुष्यमा असाधारण प्रतिभाका रूपमा लुकेको एउटा दिव्य ओजचाहिँ हो किनभने उहाँ लौकिक जगतका सूूक्ष्म अनुुभूूतिलाई साकार रूप प्रदान गर्ने प्रचेष्टामा एउटा कुुशल शिल्पी चरितार्थ हुुनुुभएको छ, यहाँ पङ्क्ति पङ्क्ति कविताभित्र ।
‘कविरिदं कार्यभावो वा’ भनिएको छ संस्कृतमा । कविले प्रकट गर्ने भाव नै कविता हो, काव्य हो । भावका संसारमा जहाँ वस्तु, शैली र आनन्द प्रदान गर्ने शक्ति जस्ता तत्वहरूको केमेस्ट्रीमा शब्द क्रीडा गर्छ कविले । त्यसैले भनिएको हो, कविले ‘सशक्त भावनाको सहज प्रवाह’ सम्प्रेषण गर्छ । कविताकर्म पनि त्यसबेला सहज हुुन्छ, जब अर्थ गाम्भीर्यको ओज, रीति संयोजन, रस र ध्वनिहरूको योगले आफ्नो गन्तव्य कबुुल गर्छ । यी परिप्रेक्ष्यमा आर.डी. प्रभासमा अन्तर्निहित काव्य ओज सम्प्रेषणको सैद्धान्तिकीबाट विचलित भएको अनुुभव हुँदैन । ‘सत्ताको सत्ता’मा प्रयुक्त प्रत्येक कविता आफ्ना धरातलीय यथार्थसित पूूर्ण परिचित छन्, जसले देश, काल र जीवन चेतना व्यक्त गर्न शब्दपीडा नै आत्मसात् गरेका छन्, शब्दक्रीडाकै कोमलता अङ्गीकार गरेका छन् ।
पहिलो रचना ‘ओड टु लाइफ’ नामक कविता (२०२४) बाट लेखनयात्रा प्रारम्भ गर्नुभएका आर.डी. प्रभास ‘चटौत’ले सातदशक अघिदेखिका स्मृति विम्बलाई काव्यभाषामा ओजस्विताबाट अलिकति पनि तल ओर्लिन दिनुभएको छैन । कवितायात्राको लामो कालखण्डमा उहाँले वैयक्तिक अनुुभूतिसँगै समाज र राष्ट्रका निर्वैयक्तिक चेतनालाई जस्ताको तस्तै राखिदिनुभएको छ, एक जीवन्त साक्षी बनेर । यस क्रममा चटौतको ‘काव्यिक सिद्धहस्तता’ रहस्य रोमाञ्चक मात्र भएर देखापरेको छैन, विद्रूपीय चेतकका रूपमा प्रदर्शित भएको छ, यी पङ्क्ति पङ्क्ति दस्तावेजभित्र
कतिपय कवितामा आञ्चलिक भाव भाषाका विम्ब र प्रतीकका प्रयोगले पश्चिम नेपालको पृथक् भूसांस्कृतिकताको ‘आत्मपरिचय’ उद्घोष गरेको छ । आर.डी. प्रभासको आधा शताब्दीभन्दा लामो काव्य साधनाको प्रयोगधर्मितामा कविताभित्र कथा छन्, निर्बन्ध अनुुभूतिका स्वच्छन्द पहरहरू छन् । अर्ती उपदेशात्मकताका आग्रहलाई प्रयोग नगरी रचनात्मक सन्देश र सम्भावनाका वाणीहरूले प्रेरक ऊर्जा प्रदान गर्ने साहस गरेका छन् यहाँ प्रयुक्त अधिकांश कविताले । तथापि आफ्ना वरिपरि उत्पत्र विकृति–विसङ्गति, अन्योल र विचलनकै इतिवृत्तिमा केन्द्रित भएर देखिएका ‘सत्ताको सत्ता’मा प्रयुक्त कविताको पृष्ठभूमि झिल्को पार्ने उद्यममा मात्र सीमित छैन, यसले विस्फोटकको अवस्था पनि सिर्जना गरेको छ । उहाँका कतिपय कवितामा आलंङ्कारिक ओजको दुब्लोपन देखिए पनि अनुभूतिको तीव्रता र भावको गहिराइलाई खोट लगाउने ठाउँ देखिँदैन ।

महेश प्रसाईं

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?