ज्ञान उदास
मैले जीवनमा अवसर धेरै पाएँ
जति पाएँ अवसर ती सबै गुमाएँ
चाल्नीमा राखेर कर्म चाल्नै जानिनँ
तिनै अवसर कर्ममा सबै बिलाएँ ।
मैले तिमीलाई नगरेको के छ
चाहिँदा पर्दा मबाट नसरेको के छ
साक्षी बकाउने खेल हैन यो
हरेक खेलमा मबाट नझरेको के छ ?
फुल्दा फूलले फूल हुनै जानेन
खुल्दा जूनले आकाश छुनै मानेन
दुवैको सौन्दर्य आ–आफ्नै ठाउँमा छ
झुल्दा मनले बादल चुम्नै सकेन ।