साम्ब ढकाल
भोकहरूको लर्कन
निरीह हुनुको आत्मानुभूति
कोरोनाकहरको सन्त्राश ।
गाउँ सहर जा भन्छ
सहर गाउँ जा भन्छ
राज्य देशै नबस भन्छ ।
आफ्नाहरू पराई हुन् र
उसो भए आफन्त को पराई को
कोरोनाकहर आफन्त र पराईको चेपमा छ ।
कोरोनाकाल
काल÷सहकाल÷महाकाल
अलापिरहेछन् सुधीजन ।
भन्न हुन्न
राज्य÷व्यवस्था÷सरकार
छ कहाँ र भए कसका लागि ?
हेरियो खुबै हेरियो
सबैको खुट्टी हेरियो
बिना खुट्टीका नि मान्छे हुँदारहेछन् ।
दुःखको सागर तर्न
घरबाट निक्लेको
महासागर बोकेर फर्कें ।
एउटा दुःखबाट अर्को दुःख
ताउबाट भुङ्ग्रोमा परिएछ
के पृथ्वीलाई दुःखको घर भन्न मिल्छ ?